संविधान संशोधनले मधेसको भावनाको कदर हुन्छ : देउवा
नेपालगन्ज,११ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगन्जको सुर्खेत सडकखण्डमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक आज अनावरण गरेका छन्। त्यस अवसरमा उनले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गरे। संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उनले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान गरे। निर्वाचनमा सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प भएको बताए। काँग्रेसका नेता एवम् गणेशमानसिंह फाउन्डेसका अध्यक्ष प्रकाशमान सिंहले ‘नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति हुन्’ भने। जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको समारोहमा सो दलका केन्द्रीय सदस्य किशोरसिंह राठौर, सांसद बादशाह कुर्मी, अञ्जना गुरुङ, सर्वताआलम खान, सञ्जय गौतम र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामोदर आचार्यले पनि राजनीतिज्ञ सिंहको योगदानबारे चर्चा गरेका थिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












