स्थानीय तह पुनर्संरचना प्रतिवेदन आयोगमै फिर्ता हुँदै
काठमाडौं, १४ माघ । जेठभित्र स्थानीय निकायको निर्वाचनलाई असम्भव बनाउँदै सरकारले स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न गठित आयोगको प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित पूर्णता दिन फिर्ता पठाउने तयारी गरेको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। आयोग प्रतिवेदनमा मधेसी मोर्चाको चर्को विरोध एवं सत्तारूढ कांग्रेस र माओवादी केन्द्रसमेत असन्तुष्ट देखिएपछि परिमार्जन गर्न आयोगमै फिर्ता पठाउने तयारी भएको हो। आयोग प्रतिवेदन सरकारले फिर्ता गरे स्थानीय तहको निर्वाचन पुरानै संरचनामा हुने वा चुनावै पर धकेलिने अन्यौल बढ्ने छ। प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै यो विषयमा मन्त्रिपरिषद्मा छलफल गरी निर्णयमा पुग्ने तयारी गरेको दाहाल निकट स्रोतले जनाएको छ। ‘स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सरकारले तोकेअनुसार नभए फेरि आयोगलाई नै फिर्ता गरी परिमार्जन गर्ने संवैधानिक अधिकार छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले अन्नपूर्णसँग भने, ‘सोही आधारमा सरकारले दलहरूको असन्तुष्टि सम्बोधन गर्ने गरी फिर्ता पठाउने विषयमा छलफल गरेको हो।’ संविधानमा स्थानीय तह पुनर्संरचना आयोगले पेस गरेको प्रतिवेदनलाई सरकारले परिमार्जन गर्नसक्ने अधिकार छैन। आयोग गठन हुँदा दिएको आधार र मापदण्डअनुसार स्थानीय तहको सीमा र संख्या निर्धारण नभएको भए पुनः फिर्ता गरेर संशोधन गराउनसक्ने अधिकार छ। संविधानमा स्थानीय तहको सीमा र संख्या तोक्ने अधिकार सरकारलाई नभई सोही आयोगलाई छ। ‘आयोगको प्रतिवेदन स्वीकार गरे त्यो लागू भएको मानिन्छ’, ती सचिवले भने, ‘सरकारले आफूले दिएको मापदण्ड र आधारअनुसार नभएको पाए फिर्ता पठाएर परिमार्जन गराउन सक्छ तर अस्वीकार गर्न सक्दैन।’ संविधानमा स्थानीय तहको संख्या र सीमा उक्त आयोगले निर्धारण गर्ने उल्लेख भए पनि गाउँपालिका र नगरपालिकाको वडा निर्धारण संघीय कानुनअनुसार हुने उल्लेख छ। त्यसैले उक्त आयोगले पेस गरेको प्रतिवेदनलाई सरकारले स्वीकार गरी राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै लागू भएको मानिन्छ। आयोगको समय फागुन मसान्तसम्म भएकाले पनि सरकार उक्त प्रतिवेदनमा देखिएका असन्तुष्टिलाई फिर्ता पठाएर समेट्ने तयारीमा जुटेको हो। ‘सरकारले आयोगमा फिर्ता नगर्ने हो भने त्यसलाई स्वीकार भएको मानिन्छ’, उनले भने, ‘त्यसैले मापदण्डअनुसार छ कि छैन भन्ने चेक गर्ने र त्यस्तो देखेमा पुनर्विचारका लागि फिर्ता गर्नसक्छ।’ प्रधानमन्त्री दाहालले सत्ताको प्रमुख घटक कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरी प्रतिवेदन फिर्ता पठाउने औपचारिक निर्णयमा पुग्ने स्रोतको दाबी छ। सरकारले उक्त प्रतिवेदन अझैसम्म गोप्य राखेको छ। तर, स्थानीय तहको संख्या भने आयोगले नै सार्वजनिक गरिसकेको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











