कहाँ हरायो दुई ‘सिफ्ट’ सरकारी सेवा ?
सरकारी काम कहिले जाला घाम भन्ने आरोप खेपिरहेका निजामती कर्मचारीहरुलाई नेपाल सरकारले २०७१ पौष १ गते देखि बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्म १२ घण्टा अतिआवश्यकीय सेवाप्रदायक कार्यालयहरुमा दुई सत्रको व्यवस्था गरेको थियो ।
नागरिकहरुलाई छिटोछरितो र प्रभावकारी तरिकाबाट सेवा उपलब्ध गराउने उद्देश्यबाट सरकारले संचालन गरेको कार्यालयहरुबाट चुस्तदुरुस्त,समयमै काम हुन सकोस् भन्ने उद्देश्य राखीएको सेवा अहिले कहां पुगयो ? आम नागरिकहरुको भावना र मर्मलाई बुझेर सरकारले दुई सिफ्ट व्यवस्था सकारात्मक कार्य भएता पनि अहिले सेवाग्राहीहरुले ती सेवा कतिको उपभोग गरिरहेका छन? सार्वजनिक सेवा उपलब्ध भएपछि सरकारी कर्मचारीहरु र आम नागरिकहरु लाभान्वित हुनुपर्ने ठाउंमा दुई सिफ्टको सेवाबाट लाभ प्राप्त गर्नसकीरहेका छैनन् ।
कुनैपनि सरकारी कामका लागि महिनौ धाउनुपर्ने वाध्यताबाट सेवाग्राही लाभान्वित हुनुपर्ने हो । पर्याप्त मात्रामा सेवा सुविधा दिनुपर्ने र दुई सिफ्ट् बारे थाहा हुननसक्दा आम नागरिकहरु अहिले आएर मर्कामा परिरहेका छन् । राजाको काम कहिले जाला घाम भनेजस्तै सरकारी काम कारवाहीहरु चुृस्तदुरुस्त हुनसकिरहेको छैन् ।
२०७१ पौष १ गते देखि सरकारले गृह मन्त्रालय अन्तर्गत सबै क्षेत्रका जिल्ला प्रशासन कार्यालय, काठमाडांैस्थित सम्पूर्ण मालपोत कार्यालय, केन्द्रिय राहदानी विभाग, यातायात व्यवस्था विभाग र बैदेशिक रोजगार विभागहरुमा दुई सिफ्ट सेवा प्रदान गरिने सरकारी निर्णय गरिएको थियो । सरकारले व्यवस्था गरेको दुई सिफ्ट बाट किताकाट, कम्पनी दर्ता एवं नविकरण, घरजग्गा स्वामित्व हस्तान्तरण, सवारी साधन दर्ता, नविकरण, स्वामित्व हस्तान्तरण अनुमतिपत्र वितरण आदी कार्यहरुमा प्रत्यक्ष रुपमा नागरिकहरु लाभान्वीत हुन सक्ने आशा गरिएता पनि व्यवहारमा भने त्यसो हुन सकेको छैन । त्यस्तै नेपाल टेलिकम र खानेपानी संस्थानले पनि देशैभरी दुई सिफ्ट प्रणाली लागु गरी सेवाग्राहीहरुलाई सेवा दिने बताएको थियो तर कार्यान्वयन हुनसकेन् । कर्मचारीतन्त्रमा हुने राजनैतिक नियुक्ति, सरुवा, बढुवा, कार्यालय समयमा नपुग्ने, पुगेपनि विभिन्न बहानामा काम नगर्ने परिपाटीको अन्त्य हुनुपर्दछ ।
भ्रष्ट्राचार लगायतका घुसतन्त्र लाई निरुत्साहित गर्न सरकार पछि पर्नु हुंदैन् । यदी त्यसो गर्न नसकिएको अवस्थामा सरकारले लागू गरिएको दुईसिफ्ट व्यवस्थाको कुनै अर्थ र महत्व राख्नेछैन । सरकारले अस्पताल जस्तो संवेदनशील ठाउंहरुमा १० देखी ५ बजे सम्म खोलीने जनाएतापनि व्यवहारमा लागू भइरहेको छैन् । नेपाल सरकारले कुनै पनि कार्यक्रमको घोषणा गर्नुपुर्व ती कार्यक्रमहरु लागु गर्न सकिने हो कि होईन, कार्यान्वयन गर्न सकिने होकि होईन् यकीन गरी घोषणा गरेको खण्डमा राम्रो हुने थियो । दुईसिफ्ट सेवा अहिले कहां पुग्यो सम्बिन्धत निकायले जवाफ दिनु आवश्यक रहेको छ ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












