एमाले मेची महाकाली अभियान सञ्चालन गर्ने
काठमाडौँ, १९ माघ । नेकपा (एमाले)ले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान तथा संविधान कार्यान्वयनका लागि दुई हप्ते मेची महाकाली राष्ट्रिय अभियानको कार्यतालिका सार्वजनिक गरेको छ ।
एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली समाजमा विद्यमान जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक एकता कमजोर पारी राष्ट्रिय एकता र अखण्डतामा नै आँच आउने क्रियाकलाप रोक्न सो अभियान गर्न लागिएको जनाइएको छ ।
आगामी फागुन २१ गते सुखानीका सहिद दिवसका अवसरमा झापाको काँकडभिट्टाबाट शुभारम्भ हुने अभियान विभिन्न जिल्लामा ¥याली, सभा र रचनात्मक कार्यक्रम गर्दै चैत ५ गते सुर्खेतमा जनसभा गरी सम्पन्न हुनेछ ।
एमालेले अभियानका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डलको स्थायी टोली निर्माण गरेको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता र समृद्धिका लागि अभियान गर्न लागिएको बताउँदै ‘हामीले कसैसँग निहुँ खोज्न वा सम्बन्ध बिगार्न यो अभियान सञ्चालन गर्न लागेको होइन, एमालेमाथि फैलाइएका भ्रम चिर्नका लागि यो अभियान सुरु गर्न लागिएको छ भन्नुभयो ।”
उहाँले सत्तापक्षले निर्वाचन घोषणा नगरेको, लेखा समितिको सभापति पनि आफैँ राखेको र बजेटको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












