निर्वाचनलाई मध्यनजर गरी दल दर्ता
काठमाडौँ २१ माघ । निकट भविष्यमा हुन गइरहेका स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा दल दर्ता भएका छन् ।
कास्की ः जिल्ला निर्वाचन कार्यालय, कास्कीमा २३ दल दर्ता भएका छन् । जिल्लामा विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा २६ दलले भाग लिएको कार्यालयका प्रमुख गङ्गा सुवेदीले जानकारी दिनुभयो । अघिल्लो निर्वाचनमा भाग लिएका हरियाली पार्टी, सङ्घीय गणतान्त्रिक र नेपाल मजदुर किसान पार्टीले भने यस पटक निर्वाचन कार्यालयमा दर्ता भएका छैनन् ।
दर्ता भएका राजनीतिक दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय शिव सेना, नेपाल परिवार दल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी फोरम नेपाल, विवेकशील नेपाली, सद्भावना पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् ।
यस्तै, नेकपा संयुक्त, युनाइटेड ग्रिन अर्गनाइजेसन, तराई मधेस लोकतान्त्रिक पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा (माले), राष्ट्रिय यथार्थवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त समाज, अखण्ड नेपाल पार्टी, नेकपा माले (जनसमाजवादी) पार्टी पनि निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।
कार्यसमितिको सदस्य सङ्ख्यामा नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा वढी नौसय ९९ र सबैभन्दा कम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र राष्ट्रिय यथार्थवादी पार्टीले सात÷सातजना सदस्य सङ्ख्या रहेको विवरण कार्यालयमा बुझाएका छन् ।
त्यस्तै, नेपाली काँग्रेसले ४४, एमालेले ८० र राप्रपाले एकसय एकजना सदस्य सङ्ख्या रहेको विवरण बुझाएको बताइएको छ ।
भोजपुर ः स्थानीय तहको निर्वाचनमा भाग लिन भोजपुरमा १३ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । दल दर्ताको अन्तिम समयसीमा सकिँदासम्म भोजपुरमा १३ दलले निर्वाचन कार्यालय भोजपुरमा आफ्नो पार्टी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगमा दर्ता भएका एकसय ११ दलको सूची जिल्लामा पठाएर आयोगले त्यसैका आधारमा दल दर्ताको विवरण पठाउन देशका सबै जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरेको थियो ।
निर्वाचन आयोगको निर्देशन सहितको परिपत्रअनुसार जिल्ला निर्वाचन कार्यालयले जारी गरेको सूचनाभित्र रहेर आफ्नो दल दर्ता गर्नेमा क्रमश ः नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, खुम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, जनजागरण पार्टी नेपाल, नेपाल परिवार दल र नेपाल कम्युनिष्ट पार्टी (जनसमाजवादी) रहेका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका दलले मात्र निर्वाचनमा भाग लिन पाउने भएकाले जिल्लामा पनि दल दर्ता गरेर यहाँको विवरण आयोगमा पठाइएको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी दिव्यश्वरी शाक्यले जानकारी दिनुभयो ।
सिन्धुली ः जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) दुईपटक दर्ता गरिएको छ । दुईजना व्यक्तिले आफू पार्टीको आधिकारीक व्यक्ति भन्दै दुईपटक दल दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) सिन्धुलीको प्रमुख आफू रहेको भन्दै माघ २ गते बुद्धिराम श्रेष्ठले पाँचौँ नम्बरमा कार्यालयमा पुगेर दल दर्ता गराउनुभएको थियो ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) सिन्धुलीको आफू आधिकारिक व्यक्ति भन्दै हिरण्यलाल श्रेष्ठले माघ १० गते जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा ११औँ नम्बरमा दल दर्ता गराउनुभएको छ । दुवै व्यक्तिले दल दर्ता गराएपछि विवादित बनेको नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)का बारेमा निर्वाचन आयोगलाई जानकारी गराइएको निर्वाचन अधिकारी जोशीले बताउनुभयो ।
यस्तै, सिन्धुलीमा निर्वाचन आयोगले दिएको समयसीमा भित्रमा २० वटा दल दर्ता भएका छन् । सबैभन्दा पहिले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले दल दर्ता गराएको छ । त्यसपछि क्रमशः नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी), नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, मुस्कान सेना, नेपाल परिवार दलले दल दर्ता गराएका छन् ।
त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा, अखण्ड नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले जनसमाजवादी), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र युनाइटेड ग्रिन अर्गनाइजेसनले दल दर्ता गराएका छन् ।
गुलरिया (बर्दिया) ः स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि बर्दियामा २१ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय बर्दियामा दर्ता भएका छन् ।
निर्वाचन आयोगले आजसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार बर्दियामा २१ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका जिल्ला निर्वाचन अधिकारी पवन शाहीले जनकारी दिनुभयो ।
पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका २१ दल रहेका छन् ।
महोत्तरीः महोत्तरी जिल्लामा २९ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले जिल्ला÷जिल्लामा दल दर्ता गर्न दिएको गत सोमबार सम्मको अवधिमा २९ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको हो ।
जिल्लामा दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेस समता पार्टी नेपाल रहेका छन् ।
त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेकपा (माले), नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय शिब सेना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल रहेका जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले जानकारी दिनुभयो ।
जिल्लामा दर्ता भएका अन्य दलमा बहुजन शक्ति पार्टी, नेकपा (माले) (जनसमाजवादी), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, बहुजन समाज पार्टी नेपाल, राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, नेपाल जनता पार्टी, राष्ट्रवादी पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन र युवा नेपाल पार्टी रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । रासस
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...
-
रास्वपा सभापति लामिछानेले पार्टी सांसदलाई निर्देशन दिँदै भने- गुटबन्दीमा नलाग्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि...












