जेठ १० भित्र स्थानीय निर्वाचन गर्नुपर्छ : महामन्त्री कोइराला
भक्तपुर, २४ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले निर्णय गरेअनुसार कुनै पनि हालतमा जेठ १० गतेभित्र स्थानीय निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले कुनै हालतमा पनि निर्वाचन हुने भन्दै निर्वाचनमा होमिन आमजनतालाई आग्रह गर्नुभयो ।
महामन्त्री डा कोइरालाले भन्नुभयो–“पहिला स्थानीय निकायको निर्वाचन गरेर सरकारले २०७४ माघ ७ गतेभित्र प्रदेश हुँदै प्रतिनिधिसभा समेतको तीन तहको निर्वाचन गर्न नसके संविधान पूर्णरुपमा असफल हुन्छ, त्यसैले सरकारले कुनै पनि बाहनामा निर्वाचन रोक्न पाउँदैन ।”
काँग्रेस स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट्याउँदै उहाँले भन्नुभयो–“नेपाली काँग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर सङ्घीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा छैन, पार्टीका केही नेताले भन्दैमा संविधान संशोधन गर्न सकिँदैन ।”
उहाँले पाँच नम्बर प्रदेशलाई पहाडबाट विभाजन गर्दा सामाजिक एकता तथा सद्भावना खल्बलिने भएकाले काँग्रेस पहाडलाई विभाजन गरेर सङ्घीय प्रदेश बनाउनु हुन्न भन्ने पक्षमा रहेको स्पष्ट गर्नुभयो ।
विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संशोधन संशोधन गर्न नसकिने बताउँदै उहाँले मधेसी मोर्चालाई निर्वाचनमा गएर दुईतिहाई बहुमत पु¥याई संविधान संशोधन गर्न सुझाव दिनुभयो ।
महामन्त्री कोइरालाले पार्टी महाधिवेशन भएको डेढ वर्ष बितिसक्दा पनि पदाधिकारीले पूर्णता पाउन नसक्नु बिडम्बना भएको टिप्पणी गर्नुभयो । रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












