विप्लव माओवादी दलाल र भ्रष्टाचारीमाथि थप उग्र बन्ने
काठमाडौं । बेला बखत सशस्त्र क्रान्तिको उद्घोष गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपाली सेना तथा प्रहरीसँग नभिड्ने रणनीतिलाई नै अँगालेर अघि बढ्ने भएको छ । विप्लव माओवादीले आठौं महाधिवेशनबाट शान्तिपूर्ण कार्यक्रमलाई नै पहिलो प्राथमिकताका साथ अघि बढाउने भएको छ ।
विप्लव माओवादीले दलाल तथा भ्रष्टाचारीहरुमाथिको निशानालाई भने झनै महत्व दिँदै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । माओवादीले सांगठनिक रुपमा संसदीय व्यवस्थाभन्दा बाहिर रहेका माओवादीसँग तालमेल र सहकार्यलाई महत्व दिने नीति समेत लिने देखिएको छ ।
करिब २ वर्ष अगाडि मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबाट विभाजन भएर बनेको नेकपा माओवादीले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अघि बढाउँदै आएको जनाएको छ । माओवादीले भ्रष्टाचारीको नाममा विभिन्न व्यक्तिमाथि भौतिक आक्रमण तथा कालोमोसो दल्ने कामसमेत गर्दै आएको छ ।
सोही माओवादीले १ फागुन अर्थात १० वर्षे सशस्त्र जनयुद्ध सुरु भएको दिनदेखि नै आठौं महाधिवेशन सुरु गर्ने भएको छ । माओवादी नेता अनिल शर्माका अनुसार महाधिवेशनको उद्घाटन काठमाडौंको खुल्लामञ्चमा हुनेछ भने बन्दसत्र रोल्पाको थवाङमा गर्ने तयारी छ ।
५ फागुनदेखि १० गतेसम्म हुने बन्दसत्रमा पार्टीले राजनीतिक तथा सांगठनिक विषयमा समिक्षा र सांगठनिक पदपूर्ति समेत गर्ने जनाएको छ । गाउँदेखि शहर जोड्ने भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा लिएको विप्लव माओवादीले पार्टीले अगालेको कार्यदिशालाई अझै प्रष्ट पार्ने तर कार्यदिशामा खासै परिवर्तन नहुने जनाएको छ ।
‘शान्तिपूर्ण रुपमा नै अगाडि बढ्ने हाम्रो पार्टीको पहिलो शर्त हो,’ नेता शर्माले भने, ‘तर शान्तिपूर्ण रुपमा कार्यक्रम गर्दा, संगठन बनाउँदा दमन भए, धरपकड भएमा त्यहीअनुसार बढ्न सकिन्छ ।’
माओवादी नेता सन्तोष बुढामगरले अहिले सेना प्रहरीसँग भिड्ने पार्टीको कुनै रणनीति नहुने स्पष्ट पारे । ‘हाम्रो उद्देश्य देशलाई निकास दिनु हो, अहिले सेना प्रहरीसँग भिड्ने लड्ने हुन्न,’ बुढामगरले भने, ‘तर दलाल र भ्रष्टाचारीहरुविरुद्ध हाम्रा गतिविधि जारी रहन्छन् ।’
माओवादीले संसदीय व्यवस्थाले निकास नदिने भन्दै गाउँमा आफ्नै सत्ता निर्माण गर्न तिब्रता दिने र संगठन विस्तारलाई ध्यान दिने सांगठनिक रणनीति अपनाउने बुझिएको छ ।
पार्टीले बन्दसत्रमा १ हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने आकलन गरेको छ । व्यवस्थापन समितिको जिम्मा पाएका बुढामगरले थवाङमा बन्दसत्रका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । ‘एक हजार बढी अट्ने हल निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ, अहिले बन्द सत्रका लागि यो हल प्रयोग गरिन्छ भने पछि गाउँ र स्कुललाई जिम्मा दिइनेछ,’ बुढामगरले भने ।
बुढामगरका अनुसार श्रमसहित जोड्दा भवन निर्माण लागत डेढ करोड लाग्ने भएपनि आफ्नै श्रम भएकाले ५० लाख रुपैयाँमाथि लागतमा भवन निर्माण भईरहेको हो ।
महाधिवेशन प्रतिनिधिका लागि माओवादीले १० हजार पार्टी सदस्य बराबर १० जना प्रतिनिधि र त्यसभन्दा माथि जति भएपनि १२ जनाको दरले सहभागी गराउने जनाएको छ । ‘विदेशलगायत कतिमा सदस्यहरु बन्ने क्रममा छन्, त्यस्तो ठाउँबाट एक जना प्रतिनिधि सहभागी हुन्छन्,’ नेता शर्माले भने, ‘नत्र १० हजार पार्टी सदस्य बराबर १० जना भन्ने नियम बनाएका छौं, यसो गर्दा १ हजारको संख्यामा प्रतिनिधि पुग्ने देखिएको छ ।’
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











