विप्लव माओवादी दलाल र भ्रष्टाचारीमाथि थप उग्र बन्ने
काठमाडौं । बेला बखत सशस्त्र क्रान्तिको उद्घोष गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपाली सेना तथा प्रहरीसँग नभिड्ने रणनीतिलाई नै अँगालेर अघि बढ्ने भएको छ । विप्लव माओवादीले आठौं महाधिवेशनबाट शान्तिपूर्ण कार्यक्रमलाई नै पहिलो प्राथमिकताका साथ अघि बढाउने भएको छ ।
विप्लव माओवादीले दलाल तथा भ्रष्टाचारीहरुमाथिको निशानालाई भने झनै महत्व दिँदै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । माओवादीले सांगठनिक रुपमा संसदीय व्यवस्थाभन्दा बाहिर रहेका माओवादीसँग तालमेल र सहकार्यलाई महत्व दिने नीति समेत लिने देखिएको छ ।
करिब २ वर्ष अगाडि मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबाट विभाजन भएर बनेको नेकपा माओवादीले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अघि बढाउँदै आएको जनाएको छ । माओवादीले भ्रष्टाचारीको नाममा विभिन्न व्यक्तिमाथि भौतिक आक्रमण तथा कालोमोसो दल्ने कामसमेत गर्दै आएको छ ।
सोही माओवादीले १ फागुन अर्थात १० वर्षे सशस्त्र जनयुद्ध सुरु भएको दिनदेखि नै आठौं महाधिवेशन सुरु गर्ने भएको छ । माओवादी नेता अनिल शर्माका अनुसार महाधिवेशनको उद्घाटन काठमाडौंको खुल्लामञ्चमा हुनेछ भने बन्दसत्र रोल्पाको थवाङमा गर्ने तयारी छ ।
५ फागुनदेखि १० गतेसम्म हुने बन्दसत्रमा पार्टीले राजनीतिक तथा सांगठनिक विषयमा समिक्षा र सांगठनिक पदपूर्ति समेत गर्ने जनाएको छ । गाउँदेखि शहर जोड्ने भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा लिएको विप्लव माओवादीले पार्टीले अगालेको कार्यदिशालाई अझै प्रष्ट पार्ने तर कार्यदिशामा खासै परिवर्तन नहुने जनाएको छ ।
‘शान्तिपूर्ण रुपमा नै अगाडि बढ्ने हाम्रो पार्टीको पहिलो शर्त हो,’ नेता शर्माले भने, ‘तर शान्तिपूर्ण रुपमा कार्यक्रम गर्दा, संगठन बनाउँदा दमन भए, धरपकड भएमा त्यहीअनुसार बढ्न सकिन्छ ।’
माओवादी नेता सन्तोष बुढामगरले अहिले सेना प्रहरीसँग भिड्ने पार्टीको कुनै रणनीति नहुने स्पष्ट पारे । ‘हाम्रो उद्देश्य देशलाई निकास दिनु हो, अहिले सेना प्रहरीसँग भिड्ने लड्ने हुन्न,’ बुढामगरले भने, ‘तर दलाल र भ्रष्टाचारीहरुविरुद्ध हाम्रा गतिविधि जारी रहन्छन् ।’
माओवादीले संसदीय व्यवस्थाले निकास नदिने भन्दै गाउँमा आफ्नै सत्ता निर्माण गर्न तिब्रता दिने र संगठन विस्तारलाई ध्यान दिने सांगठनिक रणनीति अपनाउने बुझिएको छ ।
पार्टीले बन्दसत्रमा १ हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने आकलन गरेको छ । व्यवस्थापन समितिको जिम्मा पाएका बुढामगरले थवाङमा बन्दसत्रका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । ‘एक हजार बढी अट्ने हल निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ, अहिले बन्द सत्रका लागि यो हल प्रयोग गरिन्छ भने पछि गाउँ र स्कुललाई जिम्मा दिइनेछ,’ बुढामगरले भने ।
बुढामगरका अनुसार श्रमसहित जोड्दा भवन निर्माण लागत डेढ करोड लाग्ने भएपनि आफ्नै श्रम भएकाले ५० लाख रुपैयाँमाथि लागतमा भवन निर्माण भईरहेको हो ।
महाधिवेशन प्रतिनिधिका लागि माओवादीले १० हजार पार्टी सदस्य बराबर १० जना प्रतिनिधि र त्यसभन्दा माथि जति भएपनि १२ जनाको दरले सहभागी गराउने जनाएको छ । ‘विदेशलगायत कतिमा सदस्यहरु बन्ने क्रममा छन्, त्यस्तो ठाउँबाट एक जना प्रतिनिधि सहभागी हुन्छन्,’ नेता शर्माले भने, ‘नत्र १० हजार पार्टी सदस्य बराबर १० जना भन्ने नियम बनाएका छौं, यसो गर्दा १ हजारको संख्यामा प्रतिनिधि पुग्ने देखिएको छ ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












