त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको आसन्न निर्वाचन र भूमिका
देशका सबै नागरिकहरुलाई शिक्षित बनाउंदै राष्ट्रका लागि दक्ष, योग्य र कर्तव्यनिष्ठ दक्ष प्राविधिकहरु स्वदेशमै उत्पादन गरी राष्ट्रलाई समृद्घ, सुदृढ र सक्षम बनाउने कार्यमा त्रिभुवन विश्वविद्यालय अघि बढीरहेको छ । नेपाल अधिराज्यको संविधान २०७२ मा शिक्षा लाई मौलिक हक अन्र्तगत राखीएको छ र सबै नागरिकहरुलाई शिक्षा बाट वञ्चित गराईने छैन भन्ने मुल ध्येय समावेश गरिएको छ ।
नेपाल सरकारले विद्यालय/विश्वविद्यालयलाई शान्ति क्षेत्र र विद्यार्थीहरुलाई शान्तिका संवाहकका रुपमा घोषणा गरेता पनि व्यवहारमा भने त्यस्तो हुनसकेको छैन् । विद्यालय र विश्वविद्यालयमा विभिन्न राजनीतिक दल तथा संगठनहरुले समय समयमा गर्ने बन्द, हड्तालका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भई शैक्षिक क्यालेण्डर समेत प्रभावित हुन गई दुई बर्षे कोर्स लाई तिन बर्षमा लम्बिन गई विद्यार्थीहरुको भविष्य अन्यौलमा पर्ने गरेको छ । पछिल्लो समय विद्यार्थी संघसंगठनहरु आफ्नो विभिन्न मागहरु पुरा गरी आफ्नो अभिष्ट पुरा गराउनका लागि विभिन्न राजनीतिक दलका कार्यक्रमहरु, सभा समारोहहरु र सरकारी कार्यक्रमहरुमा समेत विद्यार्थीहरुलाई प्रयोग गर्नु नसकारात्मक पक्ष मान्नुपर्दछ । गुणस्तरीय शिक्षा र शिक्षामा वैज्ञानिकीकरण गर्ने र शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्ने प्रतिवद्घताहरु सरकार र राजनैतिक दलहरुले गरेको बर्षौ भईसक्दा पनि कार्यान्वयन हुन सकिरहेको छैन् ।
मुलुककै अग्रणी शैक्षिक संस्था वि.सं.२०१६ साल असार ३० गते श्री ५ त्रिभुवनको ५३ औ जन्मजयन्तीको दिनको अवसर पारेर स्थापित, त्रि.वि. ऐन २०४९ बमोजिम नेपाल सरकारले केन्द्रिय विश्वविद्यालयको रुपमा मान्यता प्रदान गरेको संस्था त्रिभुवन विश्वविद्यालयले समयानुकुल विभिन्न आरोह, अवरोहहरु पार गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षा प्रदान गर्ने विषयमा अनवरत रुपमा अगाडी बढीरहेको छ ।
त्रिभुवन विश्वविद्यालयले विश्व सामु शिक्षा क्षेत्रमा गरेको प्रगतिलाई प्रष्ट्याउंदै आफ्नो छुट्टै पहिचान स्थापित गर्दै अघि बढिरहेको छ । त्रिभुवन विश्वविद्यालयले बर्षेनी विभिन्न शैक्षिक उपाधी हासील गर्ने विद्यार्थीहरुलाई दीक्षित गर्दै दीक्षान्त समारोह गर्दैआइरहेको छ ।
देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा आवश्यकपर्ने उच्च जनशक्तिको उत्पादन गर्ने महत्वपूर्ण कार्य मुलुकमा रहेका नौ वटा विश्वविद्यालयहरुमा रहेता पनि करिब ८० प्रतिशतको हाराहारीमा त्रिभुवन विश्वविद्यालयले वहन गरिरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा उच्च जनशक्ति उत्पादन गर्ने संस्थामा अग्रणी भूमिका त्रिभुवन विश्वविद्यालयले खेलीरहेको छ ।
त्रिभुवन विश्वविद्यालयको साख बचाइराख्नको लागि अनवरत रुपमा अध्ययन गर्न आउने विद्यार्थीहरु, अध्यापन गराउने प्राध्यापक वर्ग र प्रशासनिक कार्यलाई चुस्त र दुरुस्त राख्ने कार्यमा अहोरात्र खटिरहने त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नै हुन् । यी तिनै तहको सामन्जस्यताका कारण त्रिभुवन विश्वविद्यालयले विश्व सामु आफ्नो खुबी प्रदर्शन गर्दै शिक्षा क्षेत्रलाई अगाडी बढाउंदै गईरहेको छ । विश्व माझ शिक्षा क्षेत्रमा अब्बल बनाउनका लागि त्रिभुवन विश्वविद्यालयले समय सापेक्ष शिक्षामा सुधार गर्दै गुणस्तरीय र वैज्ञानिक शिक्षालाई महत्वपूर्णका साथ अगाडी बढाउंदै लगेको छ भने दूर शिक्षालाई समेत प्राथमिकता दिंदै अघि बढेको छ ।
सिमित श्रोत र साधनका बाबजुद त्रिभुवन विश्वविद्यालय अगाडी बढ्नु चुनौतीपूर्ण कार्य हो । त्रिभुवन विश्वविद्यालयको लक्ष्य, उद्घेश्य परिपुर्तिका लागि कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ । वि.सं. २०४६ सालको जनआन्दोलन पश्चात प्राप्त बहुदलीय व्यवस्था अन्तर्गत सम्पूर्ण विद्यार्थीहरुको साझा संस्थाको रुपमा त्रिभुवन विश्वविद्यालयमा वि.सं. २०४७ सालमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको स्थापित भयो । उक्त कर्मचारी संघको विधानको प्रस्तावनामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै तहका प्रशासनिक नसिङ्ग एवम् प्राविधिक(गैर शिक्षण) कर्मचारीहरुको पेशागत हक,हित र स्वतन्त्रता, मर्यादाको संरक्षण सुदृढीकरण र राष्ट्रको लागि आवश्यक योगदानको निमित सामुहिक एवम् संगठित रुपले प्रयत्नशील रहन राष्ट्रिय स्तरमा एक कर्मचारी संघको गठन गर्न वाञ्छनीय देखिएकाले विधान तर्जुमा गरिएको स्पष्ट पारीएको छ ।
केन्द्रीय समितीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र पांचजना उपाध्यक्ष, एकजना महासचिव, एकजना सचिव, एकजना कोषध्यक्ष र अन्य ११ जना केन्द्रिय सदस्य समेत समावेशी २१ जना रहने व्यवस्था गरिएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रिय समितिको सभापति त्रि.वि. सभासदको सिनेटको रुपमा भाग लिन पाउने र पदावधि तीन बर्षको हुने व्यवस्था गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयलाई प्राज्ञिक उन्नयनको मार्गमा दोहो–याउंदै समय सापेक्ष अघि बढाउनका लागि कर्मचारी संघको महत्वपूर्ण भूमिका निर्वाह गर्दै अघि बढीरहेको छ । सिमित श्रोत र साधनका बीच पनि कर्मचारीहरुले सधै विश्वविद्यालयको काम कर्तव्य र अधिकार प्राप्तका लागि अगाडी बढीरहेको छ । त्रिभुवन विश्वविद्यालय भित्रका विकृति, विसंगति हटाउंन भन्दै त्रि.वि. भित्र विशेषगरी प्रगतीशिल संगठन, प्रजातान्त्रिक संघ, राष्ट्रिय कर्मचारी संगठन संगठित भएर काम गरीरहेका छन् ।
दलीय स्वार्थ भन्दा माथी उठेर समग्रमा कर्मचारीहरुको हक, हितका लागि सधै एकत्रित भएर कर्मचारी संगठनहरु लागेता पनि व्यवहारमा भने त्यसो हुनसकिरहेको छैन् । त्रि.वि. मा हुने कर्मचारी भर्ना, सरुवा, बढुवा लगायतका कार्यहरुमा त्रिभुवन विश्वविद्यालय कर्मएचारी संघको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्रि.वि.ले गर्ने ती कार्यहरुमा आफ्ना संगठनका कर्मचारीहरु परेन भनेर विरोधस्वरुप विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने र त्रि.वि. नै बन्द गर्ने जस्ता कार्यहरु यस अघि नभएका होइनन् ।
त्रिभुवन विश्वविद्यालय भित्रमा राजनीतिक गन्ध दिन नहुने भन्दै केही बर्ष अघि देखि त्रि.वि. मा कार्यरत उप–प्रंशासक भन्दा माथीका कर्मचारीहरुलाई मताधिकारबाट समेत वंचित गरिएको छ तर अचम्म लदाग्ने कुरा त्रि.वि. का विभिन्न पदाधिकारीहरु राजनीतिक नियुक्तिको आधारमा नियुक्ति हुने तर ती कर्मचारीहरुलाई चाहीं मताधिकारबाटै वंचित गरिनु न्योयोचित हुनसक्दैन् ।
त्रिभुवन विश्वविद्यालयले आउंदो फागुन ५ गते कर्मचारी संगठनको निर्वाचन गर्ने घोषणा गरेको छ । निष्पक्ष, स्वतन्त्र रुपले निर्वाचन गर्नु त्रि.वि.को कर्तव्य हो तर फागुन ५ गते नै विद्यार्थी स्ववियू निर्वाचनको लागि नोमिनेशन मिति तोकेर त्रि.वि.ले कस्तो खालको निर्वाचन गर्नखोजेको हो? आम कर्मचारीहरु निर्वाचनमा आफ्नो अधिकार प्रयोग गर्ने दिन विद्यार्थीको नोमिनेशन राख्नु त्रि.वि.को लापरवाही हो ।
उक्त दिनको विद्यार्थीहरुको कार्यक्रम त्रि.वि. ले चांढो भन्दा चांढो सच्याउनुपर्दछ । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितीमा प्रगतिशील, प्रजातान्त्रिक र प्रगतिशील र राष्ट्रिय कर्मचारी संगठनको संयुक्त प्यानलले पाँचपाँच पटक विजय हासिल गरिसकेका छन् । यो पटकको निर्वाचनमा पनि प्रगतिशील, प्रजातान्त्रिक, नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन नेपाल र्विाचनमा होमिएका छन् । ती संगठनहरुले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् र चुनावी मैदानमा उत्रिएका छन् ।
विगत देखि नै त्रि.वि. मा कार्यरत कर्मचारीहरुको हक,हित र अधिकार स्थापित गराउनका लागि त्रि.वि. प्रगतिशील कर्मचारी संगठनले अगुवाई गरिरहेको र आम कर्मचारीहरुको मन जितिरहेको दावी गरिरहेको र यो पटकको निर्वाचन पनि जित्ने दावी गरिरहेको छ । प्रगतिशील कर्मचारी संगठनले विश्वविद्यालय सुधार सम्बन्धमा, कर्मचारीहरुको सेवा सुविधा सम्बन्धमा र संघ संचालन सम्बन्धमा आफ्नो स्पष्ट धारणा आफ्नो चुनावी घोषणापत्रमा उल्लेखद गरेको छ । घोषणापत्रमा हालको नेतृत्वले प्राप्त गरेका उपलब्धिहरुको बुंदागत रुपमा बर्णन गरेको छ । व्यापक रुपमा त्रि.वि. को समयानुकुल परिमार्जन हुनुपर्ने, त्रि.वि. मा कार्यरत अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरुलाई स्थायी गराउनको लागि विज्ञापन खुलाउन पहल गर्र्ने, सहकारीको अवधारणा लगायतका कर्मचारीका मागहरु पुरा गराउने उद्घेश्य राखेको छ भने प्रजातान्त्रिक प्यानलबाट सबै पुरानै अनुहारलाई फेरी मैदानमा उतारेको छ र आफ्नो घोषणापत्रमा कर्मचारी हकहितका लागि भन्दै कतिपय पुरा भैसकेका बुंदाहरु समेत प्रस्तुत गरेको छ भने माओवादी निकट रा.क.संगठनले पनि आफ्नो घोषणापत्रमा विपक्षीलाई कडा शब्दमा गाली गलौज गरेको र कर्मचारीको पक्षमा काम गर्ने प्रतिवद्घता व्यक्त गरेको छ भने विप्लब माओवादीका तर्फबाट सात पदमा मात्रै उम्मेदवारी दिएको छ ।
यतिखेर त्रि.वि. मा कार्यरत सम्पूर्ण कर्मचारीहरु आ–आफ्नो संगठनलाई जिताउन कम्मर कसेर लागेका छन् । स्वस्थ प्रतिस्पर्धा र कर्मचारी हकाधिकार स्थापनाका लागि मात्रै समग्रमा त्रि.वि.को विकास र शैक्षिक उननयनका लागि समेत यो निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विभिन्न संघ संगठनहरुले त्रि.वि. मा आआफ्ना मागहरु, धारणाहरु राख्नु स्वाभाविकै हो तर त्रि.वि. लाई राजनीतिको केन्द्रविन्दू बनाउनु कुनै हालतमा सही हुनसक्दैन् । यो बखत त्रि.वि.मा कार्यरत सम्पूर्ण कर्मचारीहरुले सक्षम नेतृत्व छान्नु आवश्यक रहेको छ ।
व्यक्ति, संगठन भन्दा पनि विचारलाई जिताउनु आवश्यक रहेको छ । अस्ताउन लागेको जुनलाई हैन उदाउन लागेको युवा, जोश, जांगर कर्मठ, कर्मचारीप्रति प्रतिवद्घ, त्रि.वि. को सुधार गराउनसक्ने लाई विजयी बनाउनु आवश्यक रहेको छ ।
त्रिभुवन विश्वविद्यालयले बर्षेनी दिक्षान्त समारोह गर्दै आईरहेको छ । यस बर्षको विश्वविद्यालयको बयालिसौ दिक्षान्त समारोह त्रि.वि. अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थानको पुल्चोक क्याम्पसको खेल मैदानमा २०७३ पौष १४ गते विहीबार वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्य र कुलपति प्रधानमंत्री पुपष्कमल दाहाल, सहकुलपति शिक्षामन्त्री, उपकुलपति,शिक्षाध्यक्ष, रजिष्ट्रार, संकायका डीनहरु, क्याम्पस प्रमुखहरु लगायतको उपस्थितीमा २०७२ जेठ १८ गते देखि २०७३ असार १ गतेसम्म स्नातक, स्नातकोतर, एमफिल र विद्यावारिधी (पिएचडी) उतीर्ण गरेका ८३ हजार भन्दा बढी विद्याथीहरुलाई विशेष समारोहबीच दीक्षित गरी उपाधि एवम् प्रमाणपत्र प्रदान गरिएको छ । दीक्षान्त समारोहमा त्रि.वि. का कुलपति प्रधानमंत्री पुष्पकलम दाहालले मुलुकमा बहुविश्वविद्यालयको अवधारणापछि पनि त्रि.वि.ले यस परम्परालाई धान्दै आएको र विश्वविद्यालयबाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न चुनौतीपूर्ण रहेको बताउंदै शिक्षा रोजगारीमूलक हुनुपर्ने बताउंदै नेपालको संविधानले शिक्षा र रोजगारलाई मौलीक हकको रुपमा सुनिश्चितता प्रदान गरेको बताउनुभयो ।
दीक्षान्त समारोहमा संस्कृतविद् सत्यमोहन जोशीले बुद्घको देशमा जन्मेका नेपालीले आफ्नो भावना, चिन्तन र कर्ममा बुद्घलाई प्रवाहित गर्नसक्नुपर्ने र नेपालका शैक्षिक संस्थाका साथै अन्य कार्यक्षेत्रहरु पनि शान्ति क्षेत्र हुनुपर्छ र त्यस्का लागि सबै क्रियाशील हुनुपर्ने खांचो औल्याउनु भयो । दीक्षान्त समारोहमा त्रि.वि.का उपकुलपति तीर्थ खनियां लगायतले त्रि.वि. पुरानो विश्वविद्यालय भएको र ८० प्रतिशत भार बोकेको र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो ।
दीक्षान्त समारोहमा व्यक्त भएका विचारहरुलाई त्रि.वि.ले भित्री हृदय देखि नै मनन् गर्दै व्यक्त भएका प्रतिवद्घताहरुलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्दछ । अहिलेको अवस्थामा शिक्षा क्षेत्रलाई राजनीतिक चुंगलबाट टाढा राख्दै उच्च शिक्षा क्षेत्रमा वैज्ञानिकीकरण र समयसापेक्ष परिमार्जन गर्दै अघि बढ्नुपर्ने र उत्पादीत जनशक्तिलाई रोजगारीको व्यवस्था स्वदेशमै निर्माण गर्नुपर्ने आजको चुनौती रहेको छ । नेपाल अधिराज्यको संविधान २०७३ मा मौलीक हक अन्तर्गत शिक्षा सम्बन्धी हकलाई विशेष प्राथमिकता दिएको छ ।
दीक्षान्त कार्यक्रमले समग्रमा देशको मेरुदण्डको रुपमा कार्य गरिरहेको र यस्ता कार्यक्रमले विद्यार्थीहरु माझ ऊर्जा को रुपमा काम गर्नेमा दुईमत हुनसक्दैन् । त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक उपाधीलाई विश्वका अन्य विश्वविद्यालयहरुले समेत समकक्षता प्रदान गर्दै आईरहेको छ र नव नेपाल निर्माणको लागि समेत यस्ले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । त्रिभुवन विश्वविद्यालय दक्षिण एशियाकै उत्कृष्ट विश्वविद्यालयको रुपमा रहेको र विश्वका अन्य विश्वविद्यालयहरुसंग समेत शिक्षा क्षेत्रमा कडा प्रतिष्पर्धा गर्दै आफ्नो खुबी प्रस्तुत गर्दै अगाडी बढीरहेको छ । त्रिभुवन विश्वविद्यालयले समयानुकुल शिक्षा प्रदान गर्दै समग्रमा देश विकासको लागि आफ्नो दक्षता, सिप प्रस्तुत गर्दै अघि बढीरहेको छ ।
यस अघि दीक्षित भएका विद्यार्थीहरुले देश विकासका क्रममा करिब ८० प्रतिशत हिस्सा ओगटेको पाइन्छ । हाल दिक्षीत भएका विद्यार्थीहरुले पनि देश निर्माण र नव नेपाल निर्माणको लागि सेतुको रुपमा काम गर्नेमा विश्वास लिनसकिन्छ । दिक्षीतहरुले गरेको अध्ययन, अनुसन्धान, खोजले देशमा विकराल समस्याको रुपमा रहेको वेरोजगारी, गरिबी, रोजगारको क्षेत्रमा काम गर्नेमा विश्वास लिनसकिन्छ । गएको बर्षको महाभूकम्प र त्यसबाट त्रिभुवन विश्वविद्यालय आफू बसेको भवन र नेपाल भरी छरिएर रहेका क्याम्पसहरु, विभागहरु लगायतका शैक्षिक संस्थाहरु नराम्ररी प्रभावित भए र भूकम्पमा परि भवनहरु भत्की कार्यालय संचालन गर्न असमर्थ भए । भूकम्प पछि तत्काल त्रि.वि.ले इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीनको अध्यक्षतामा एक कमिटी गठन गरी क्षतीग्रष्त भवनहरुको स्थलगत निरिक्षण गरी करिब ९ अर्ब बराबरको क्षती भएको निष्कर्ष सहित पुनः निर्माणका लागि प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
पछिल्लो समय त्रि.वि. अन्तर्गतका कार्यालयहरु निर्माणका लागि छुट्टै कमिटी बनाएर कार्य शुरु गरिरहेको छ । भूकम्पका कारण धेरै समय भवन अभावका कारण पढाई समेत अवरुद्घ हुनपुग्यो । पुन निर्माण, राहतका कार्यक्रमहरुका साथसाथै त्रि.वि. अन्तर्गतकै शिक्षण अस्पताल महाराजगंज र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानका दक्ष प्राविधिकहरुले भूकम्प जस्तो परिस्थितीमा समेत देश र जनताप्रंति वफादार बन्दै सेवा दिने कार्यमा कहिल्यै विचलित भएन् र हाल सम्म पनि उक्त सेवालाई निरन्तर दिंदै आईरहेको छ । शिक्षामा सुधारका लागि इन्जिनियरिङ्ग, शिक्षाशास्त्र, मेडिसिन लगायतका संकायहरुमा विद्यार्थीहरुको प्रवेश परीक्षा समेत कम्प्युटर प्रणालीबाट विगत बर्षहरु देखि शुरु गरिएको, कर्मचारीहरुको नियुक्तिको लागि समेत कम्प्युटर प्रणाली शुरु गरिनुका साथै सबै क्याम्पसहरुमा यसै बर्ष देखि सेमेष्टर प्रणाली लागु गर्ने उद्घेश्यका साथ त्रिभुवन विश्वविद्यालय अगाडी बढ्नु सकारात्मक रुपमा लिनसकिन्छ ।
राष्ट्रिय राजनीतिमा भएको परिवर्तन संगसंगै विश्वविद्यालयमा समेत राजनीतिक भागवण्डाको आधारमा राजनीतिक नियुक्ति हुने गलत परम्पराले गर्दा त्रिभुवन विश्वविद्यालय समेत अछुतो रहन सकेन् जस्का कारण त्रि.वि. आफ्नो उद्घेश्य र कर्तव्यमा पुग्न सकिरहेको छैन् । नेपाल संस्कृत विश्वविद्यालय, काठमाण्डौ, पूर्वाञ्चल, सुदर पश्चिमाञ्चल, लुम्बिनी लगायतका नयां विश्वविद्यालयहरु खोलीएता पनि त्रिभुवन विश्वविद्यालयमा करिब ८० प्रतिशत विद्यार्थीहरु अध्ययन गर्नुले त्रिभुवन विश्वविद्यालयको महत्व र आवश्यकता कति रहेछ भन्ने कुरा स्पष्ट हुनजान्छ । त्रि.वि.ले समयसापेक्ष आफ्ना पाइलाहरु शैक्षिक गतिविधिमा केन्द्रीत गर्दै अघि बढ्नुपर्दछ भने, त्रि.वि. मा हुने गरिएको राजनीतिक नियुक्ति अन्त्य गर्दै योग्य र बरिष्ठताक्रम अनुसार नियुक्ति गर्नु बेश हुन्छ । त्रि.वि. ले अन्तराष्ट्रिय परिवेश अनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षाको विकास, विस्तार गर्दै अघि बढ्नुपर्दछ ।
त्रि.वि. मा हुने गरिएको राजनीतिक नियुक्ति, सरुवा, बढुवालाई अन्त्य गर्दै योग्यता र क्षमतालाई प्राथमिकता दिंदै शिक्षामा ब्यापक सुधार गर्दै समय सापेक्ष शिक्षा प्रदान गर्नका लागि त्रि.वि. को शैक्षिक क्यालेण्डर अनुरुप पढाउन, परीक्षा समयमै संचालन गरी परीक्षाफल समेत प्रकाशित गर्नुपर्दछ । अहिलेको मुख्य कमजोरी भनेकै तोकिएको समयमा परीक्षा संचालन गर्ननसक्नु, शैक्षिक क्यालेण्डर अनुरुप चल्न नसक्नु र परीक्षाफल समेत प्रकाशित गर्ननसक्नु, राजनीतिक आस्थाकै कारण प्राध्यापक, शिक्षक, कर्मचारीहरु नियुक्ति सरुवा, बढुवा गर्ने जस्तो गलत प्रवृति नै हो यी कुराहरुलाई त्रि.वि.ले सच्याउंदै अघिबढ्नुसक्नुपर्दछ । नेपालभरै छरिएर रहेका सम्बन्धन र आंगिक क्याम्पसहरुलाई समेत समय सापेक्ष तालीम गोष्ठी राखी शिक्षा क्षेत्रमा विकासको लागी अघि बढ्नुपर्दछ । त्रिभुवन विश्वविद्यालयबाट बर्षेनी उत्पादन भएका दक्ष प्राविधिक जनशक्तिहरुलाई समेत सरकारले उचित स्थान दिन नसक्दा शिक्षित बेरोजगारहरु विदेशीन बाध्य भएका छन् ।
नेपालमा विश्वविद्यालयहरुको संख्या थपींदै जाने तर तिनबाट उत्पादीत दक्ष जनशक्तिहरुलाई रोजगारी दिन नसक्नु सरकारको कमजोरीको रुपमा लिनसकिन्छ । त्रि.वि ले समय सापेक्ष आफ्ना ऐन कानुनको परीमार्जन गरी राजनैतिक हस्तक्षेप र ट्रेड युनियन अन्तर्गत खोलिएका संस्थामा सबैलाई मतदानको अधिकार सुनिश्चित गर्दै राजनैतिक आस्थाका कारण शिक्षक तथा कर्मचारीहरुको नियुक्ति गर्ने परम्पराको अन्त्य गरिनुपर्दछ । प्राध्यापक र कर्मचारीहरुको विज्ञापन गर्न समेत त्रि.वि. लाई समय समयमा दवाव दिनुपर्ने परंम्परा र व्याक डोर इन्ट्रीलाई अन्त्य गर्नुपर्दछ ।
त्रिभुवन विश्वविद्यालयले शिक्षामा राजनीति नगरी गुणस्तरीय शिक्षा प्रदान गरी आफ्नो परिचय विश्वसामु राख्नु अर्को चुनौती रहेकोछ भने शैक्षिक क्यालेण्डर अनुरुप परीक्षा लिने र परीक्षाफल प्रकाशित गर्ने, अन्तराष्ट्रिय स्तरका विश्वविद्यालयहरुसंग शैक्षिक गतिविधि आदान प्रदान गर्दै त्रिभुवन विश्वविद्यालयलाई अझ अगाडी बढाउनुपर्ने आजको आवश्यकता रहेको छ । त्रिभुवन विश्वविद्यालयले समय सापेक्ष शिक्षक, कर्मचारी र विद्यार्थीहरुको मागका बारेमा समयमै सम्बोधन गर्दै समस्याको समाधान गर्दै अघि बढ्नुपर्दछ ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












