भूमिगत राजनीति, सेना निर्माण र समानान्तर सत्ता
आज भन्दा एक दशक अगाडिको अवस्थालाई सम्झने हो भने आङै जिरिङ्ग हुन्छ । आप्mनो घरमा कोही अङ्गभङ्ग भइ घाइते भएका सदस्य छैनन् र सहिद पनि भएका छैनन् भने ती परिवारले प्रायः ती दिन विर्सदै गएका छन् ।
अपाङ्गताको किसिम फरक–फरक होला तर दश वर्षे सशस्त्र आन्दोलनले बनाएको जिउँदा सहिद मुकेश कायस्थ जस्ता धेरै अपाङ्ग यो देशमा छन् । तिनीहरूलाई दिनहुँ स्याहार्ने ती परिवारका सदस्यले बिगतका दिन बिर्सन सक्ने अवस्था आजसम्म पनि छैन । त्यतिबेलाको सशस्त्र युद्धको अवस्थामा राज्य र बिद्रोही दुबै पक्षका समानान्तर आक्रमण हुने गथ्र्याे। जसको मारमा राज्यका तर्फबाट भए तत्कालीन आतङ्ककारी माओवादी परिवार र माओवादीका तर्फबाट भए सुरक्षा निकायका परिवारले निकै कष्ट बेहोर्नु परेको थियो ।
राज्यका तर्फबाट आतङ्ककारी घोषणा गरिएको तत्कालीन माओवादीले सर्वसाधारण जनतालई भ¥याङ् बनायो, कतिलाई स्कूलको कक्षाबाट पढ्दापढ्दै तानेर लगे कतिलाई राती सुतिरहेको ठाउँबाट तानेर लगे, कतिलाई अगाडि हिँडाएर पछाडिबाट गोली ठोकेर मारे, कतिलाई हात गोडा बाँधेर गोली ठोके । कलिलै उमेरका बालबालिकालाई बन्दुक बोक्न लगायो जसका कारणले गर्दा कतिका काख रित्तिए, कति टुुुहुरा भए । यस्ता घटना सम्झँदा आजभोलि ज्यानमा काँडा उम्रन्छ । यी कुरा अब इतिहास बनेर रहने छन् । राज्यको तर्फबाट ती आन्दोलनका पीडितलाई केही सहयोग गरेको अवस्था देखिएन । जसलाई जस्तो प¥यो उसले त्यस्तै सहँदै आयो । त्यसको जगमा देशमा यहाँसम्मको परिवर्तन त भयो तर यो परिवर्तन संस्थागत हुन सकेको छैन ।
२०६२/०६३ सालमा भएको तत्कालीन सात राजनीतिक दल र बिद्रोही माओवादीबीच भएको १२ बुँदे सहमतिलाई शान्ति सम्झौताको नामले चिनाउने गरिन्छ तर देशमा यतिबेलासम्म पनि पूर्ण रुपमा शान्ति आएजस्तो लाग्दैन । दस वर्ष पहिलेको अवस्थालाई हेर्दा तुलनात्मक रूपमा अहिलेको अवस्थालाई शान्ति स्थापित भएको नै मान्नु पर्छ तर यसले पूर्णता पाएको छैन । अहिलेको अशान्ति र त्यस बेलाको अशान्ति फरक खालका हुन् । अहिले शान्ति खलबल्याउने कारक र त्यसबेलामा शान्ति खलबल्याउने माध्यम फरक छन् । त्यतिबेला बन्दुकको जमाना थियो अहिले बन्दुककै अवस्था भने छनै ।
देशमा स्थापीत भएका परिवर्तनहरू संस्थागत भइसकेकै छैनन् । दश वर्षे सशस्त्र युद्ध पछि शान्ति प्रकृयामा आएको भनिएको अवस्था गन्तव्यमा नपुग्दै पुनः झन्डै दश वर्षकै अन्तरालमा तत्कालीन माओवादीको एउटा फुच्चे गुट पुनः त्यस्तै खाले युद्धमा जाने तयारी गरिरहेको छ । काठमाडौँमा अधिवेशन उद्घाटन गरेर बन्द सत्रको लागि रोल्पाको थवाङ््मा आफ्नै लगानीमा निर्माण गरिएको हलमा भेला भएको विप्लव नेतृत्वको नेकपा माओवादी भित्र आप्mनो पार्टीले सेना तयार पार्नुपर्ने, समानान्तर सत्ता चलाउनुपर्ने र फेरी हतियार उठाउन आवश्यक रहेको जस्ता संवेदनशील विषयले व्यापक चर्चा पाएको भन्ने कुराहरू बाहिर आइरहँदा देशमा कतै फेरी युद्धको सुरु हुने त होइन भन्ने त्रासको पनि सृजना भएको छ ।
एउटै नाम जोडिएका धेरै पार्टीहरू भएको हुँदा उसको पार्टीको नाम नै फेर्नुपर्ने प्रस्तावले समेत प्रवेश पाएको छ । पार्टीको नाम फेर्नु आवश्यक पनि छ किनकि अहिले माओवादी नामकै पार्टी तीनवटा भन्दा बढी छन् । एकपटक युद्ध भोगेको भुक्तभोगि पार्टीले त्यबाट कुनै उपलब्धी हाँसिल नगरिसकेपछि फेरी युद्धमा जाने कुरा गर्नु कुन हिसावले आवश्यक ठान्यो होला । पहिलेका त्यति धेरै जनसेनाको व्यवस्थापन हुन नसकेर अहिले कुन कन्त विजोग छ त्यो देख्दा देख्दै पुनः सेना निर्माण गर्ने दिवा सपना कुन दिनमा देख्यो होला । पार्टी नेतृत्वले त आफू माथि पुग्न र आफ्नो स्वार्थ पूरा गर्न जस्तोसुकै कदम पनि चाल्न सक्छ तर त्यसको पछाडि लाग्ने अन्य कार्यकर्ता वा दोस्रो तहका नेताहरू फेरी त्यसकै पछिपछि दगुर्ने किन होला । हिँजो प्रचण्डको नेतृत्वमा लडेको माओवादी भन्दा अगाडि कुनै पनि राजनीतिक दल यसरी दशकसम्म भूमिगत राजनीतिमा होमिएको थिएन र त्यस किसिमको राजनीतिले केही भइहाल्छ कि भन्ने सोचर त्यसबेलामा एउटा राजनीतिक दलले युद्धको बाटो रोजेको थियो ।
अब त्यो बाटोबाट पनि राजनीतिक सफल हुन सक्दैन रहेछ भन्ने कुरा प्रष्ट भइसकेको देख्दा देख्दै पनि पुनः पुरानै ढङ्गबाट हिँड्न खोज्नु भनेको जाना जानी भीरबाट हाम फाल्नु जस्तै हो । हिँजो प्रचण्डले जे गरेका थिए आज विप्लवले त्यही सिको गरिरहेका छन् किनकि उनलाई भोलि आजको प्रचण्ड बन्नु छ । अब विप्लव माओवादी होस् या अर्को कुनै राजनीतिक दल होस् उसले भूमिगत राजनीति गर्न जाने ठाउँ कहाँ हो ? अब कुनै पनि राजनीतिक दलले लुकेर राजनीति गर्ने ठाउँ सायदै होला जुन ठाउँमा तत्कालीन माओवादी पुगेको नहोस् । त्यसबेलाको बिद्रोही माओवादीले घुमिसकेको त्यही संसारमा नै अबको भूमिगत राजनीतिक दलले राज्यका बिरुद्ध आन्दोलन गर्ने हो जुन बाटो सहज छैन । किनकि त्यसबेला घुमेका तत्कालीन माओवादीका सेना थोरै भए पनि अहिलेको नेपाली सेनाभित्र मिसिएको छ जसको सहयोगमा अब भूमिगत बन्ने पार्टीलाई सजिलै सिध्याउन सहयोग मिल्ने छ । क्रान्तिको बाटोबाट राजनीति पूरा नभइसकेको अवस्थामा फेरी पनि क्रान्ति नै गर्छु भन्नु खुकुरीको धारमा टेकेर यात्रा गर्नु बराबर हो ।
प्रचण्डको नेतृत्वमा सशस्त्र युद्ध हुँदा पनि डा बाबुराम भट्टराईको नेतृत्वमा समानान्तर सत्ता चलाएकै हो त्यसको नतिजा कुन चाहिँ सकारात्मक आयो र फेरि पनि त्यस्तै समानान्तर सत्ता चलाउने कुराको हौवा फैलाउँदै छ विप्लव माओवादी ? अहिले पनि उसको सबै पूरानै प्रवृत्ती छ जनतासँग चन्दा माग्ने, लुट्ने, विद्यालयमा तोडफेड गर्ने यी यावत कुरा पूरानै हुन् यही प्रकृयाबाट यहाँसम्म आएको पार्टी हो यो यी सबै प्रकृया फेल भइसकेपनि ऊ पुनः किन त्यसैमा जान खोज्दैछ । नबुझेको कुरा यही हो । अब पनि पूरानै ढङ्गले राजनीति गरेर सहजै पार लगाउन सक्ने अवस्था छैन । अहिलेको अवस्थामा हतियार बोक्नु, कुनै राजनीतिक दलले सेना निर्माण गर्नु र सशस्त्र युृद्ध थाल्नु भनेको राजनीतिक पतनको बाटोतिर उन्मुख हुनु भन्दा केही होइन । सम्बन्धित दलले त्यतातिर सोच पु¥याउनु उपयुक्त हुनेछ ।
सफल र फरक तरिकाले राजनीति गरेर सफल हुने हो भने चलिआएका राजनीतिक दलभन्दा भिन्दै पाराले चल्ल सिक्नु पर्छ यहाँ विप्लवको केही पनि नयाँ तरिका देखिएको छैन । तै पनि ऊ क्रान्ति पूरा गर्न बाँकी छ भनेर बन्दुकको कुरा गर्न छोडेको छैन । हिँजोका दिनमा केही हुन्छ कि भनेर कतिपय मानिस आफू खुशी पनि बन्दुक बोक्न उत्सुक भएका थिए तर आजको अवस्था त्यस्तो छैन हिँजो तिनै प्रचण्डलाई कसरी जोगाएर यहाँसम्म ल्याए आज उनले के गरे त्यो सबै हामीले देखे भोगेको कुरा हो । भोलि विप्लव आजका प्रचण्ड भन्दा फरक हुने आधारहरू केके छन्, जनताले विश्वास गर्ने ठाउँ कहाँ कहाँ छन् खोइ ति कुरा बाहिर आएको त्यतिकै मुठ्ठीका भरमा क्रान्ति गरेर अब सफल हुन सकिँदैन जनता ५२ सालका नेपाली जनता र अहिलेका नेपाली जनतामा धेरै भिन्नता आइसकेको छ । अब कोही पनि सहजै बन्दुक बोकेर फेरी जङ्गल पस्न तयार हुँदैनन् केवल धम्क्याए कसैलाई जान बाध्य पारिन्छ भने त्यसले आन्दोलन सफल हुँदैन । अब गर्ने राजनीति भनेको स्व स्फुर्त किसिमको हुनुपर्छ । जनताले आफू खुशी साथ दिएको राजनीति मात्र सफल हुन सक्छ फेरी ०५२ सालमा फर्केर सशस्त्र युद्धको राजनीति थाल्नुले आप्mनै पराजयको बाटो रोज्ने छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











