कृषि उत्पादन बढाउने अवधारणा कार्यान्वयनमा आएन
काठमाडौँ, १२ चैत । झन्डै कुल जनसङ्ख्याको दुई तिहाइ अर्थात् एक करोड ७६लाख ६३ हजार कृषि पेसामा संलग्न रहे पनि मुलुकलाई खाद्यान्न अपुग छ ।
विसं २०३५ सालसम्म नेपालबाट धान, चामल, गहुँ, मकैलगायतका अन्नबाली भारततर्फ निकासी हुनेगथ्र्यो । अहिले मासिक रु एक अर्बको चामल आयात गर्ने देशको सूचीमा नेपाल पर्छ ।
मुलुकलाई कृषि प्रधान देश भनिए पनि यस वर्ष रु ४५ अर्ब बराबरको तरकारी,फलफूल , मासुजन्य वस्तु र रु ५५ अर्ब बराबरको चामल, गहुँ, तेल, दाललगायतका वस्तुको आयात गरेको बल्खु तरकारी बजार निर्देशनालयले जनाएको छ ।
कृषि उत्पादनमा वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम हुन्छ । तर, पछिल्लोपटक कृषि उत्पादनमा ह्रास आउन थालेपछि भारतसँगको व्यापार घाटा चुलिएको छ । चालु आबमा भारतसँग नेपालको व्यापार घाटा रु ८ खर्ब पुग्ने नेपाल राष्ट्र बैंकको अनुमान छ ।
राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । छैटौँ कृषि गणना २०६८ ले एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको र कृषिबाटै रोजगार गर्न चाहनेका लागि राज्यले सहयोग नगरेको गुनासो गरेको देखाएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्व गभर्नर डा युवराज खतिवडा भूमिहीन, सीमान्तकृत र कृषि मजदुरका हातमा खेतीयोग्य जमिन नहुन्जेल कृषिको उत्पादन बढाउन मुस्किल पर्ने धारणा राख्छन् ।
कृषि गणना, २०६८ अनुसार कृषि मजदुर २० र भूमिहीन सीमान्तकृत वर्ग १५ प्रतिशत रहेको छ । सरकारले पछिल्लोपटक जमिनको चक्लाबन्दी, सामूहिक, करार र सहकारी खेतीको अवधारणा अगाडि सारे पनि त्यसको सफल कार्यान्वयन हुन सकेको छैन ।
कृषि गणना, २०६८ अनुसार एक लाख २९ हजार हेक्टर जमिन बाँझो छ । एक हेक्टर बराबर २० रोपनीका दरले २५ लाख ८० हजार रोपनी जग्गा पूर्णरुपमा बाँझो भएको कृषि विकास मन्त्रालयका सचिव डा सुरज पोखरेलले जानकारी दिए ।
तीन रोपनी जग्गामा खेती गर्दा करिब पाँच व्यक्ति पालिन्छन् भने २५ लाख ८० हजार रोपनी जग्गामा खेती गर्दा पाँच लाख १६ हजार व्यक्तिको राम्रो पालनपोषण हुन्छ ।
पढेलेखेका सहर केन्द्रित हुनु र जमिन खनजोत गर्ने समुदायसँग जग्गा नहुनु नै खाद्यान्न अभावको मुख्य कारण रहेको पूर्व मन्त्री केशव बडालको भनाइ छ । सीमित व्यक्तिका हातमा प्रचुर जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीकरण, परम्परागत आकासे खेतीमाथि निर्भर र सिँचाइको अभाव कृषि क्षेत्रका समस्या हुन् ।
कुल गार्हस्थ्य उत्पादनमा करिब ३५ प्रतिशत योगदान रहेको कृषि क्षेत्रलाई आर्थिक समृद्धिको दरिलो आधार मान्न सकिन्छ । दश वर्षमा गहुँ छ, मकै १२, कोदो १९, जौ ३५, फापर ४०, कोसे दाल बालीमा २१, तोरीमा १३ प्रतिशतले उत्पादन घटेको तथ्याङ्क छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












