युरिक एसिड हुने कारण र बच्ने ८ उपाय
युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र विस्तारै गाउटको रुप लिन्छ। एउटा स्वस्थ मानिसमा युरिक एसिडको मात्रा ६ दशमलब ८ एमजी/डिएल हुनुपर्छ। जसलाई गाउट वा युरिक एसिडको समस्या छ त्यस्ता व्यक्तिमा युरिक एसिडको मात्रा ५ एमजी/डिएलभन्दा कम राख्नुपर्ने हुन्छ।
कुनै व्यक्तिमा युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखाइ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट नभएर ‘हाइपरयुरेसिमिया’ भएको हुन सक्छ। त्यसले जोर्नीमा असर गर्दैन। जसलाई युरिक एसिड भएकै कारण जोर्नी (खुट्टाको बुढी औँला र आसपास) मा दुख्छ, त्यो गाउट हो भनेर बुझ्नुपर्छ। युरिक एसिडबाट हुने बाथरोग नै गाउट हो। यो वंशाणुगत समस्या पनि हुन्छ। यसलाई दुई तरिकाले हेर्न सकिन्छ।
दीर्घकालीन गाउट: यो कडा खालको जोर्नी दुख्ने समस्या हो। लामो समयसम्म युरिक एसिडको समस्या हुनेहरु दीर्घकालीन गाउटका बिरामी हुन्। यस्तो अवस्थाका बिरामीलाई औषधि खाँदा केही समय निको हुने र पछि फेरि बल्झिने र जोर्नीहरुमा अत्याधिक दुखाइ हुने गर्छ। प्रायःजसो ६ महिना वा वर्ष दिनभन्दा बढी युरिक एसिडको समस्या भएकाहरुलाई गाउटको दीर्घरोगीका रुपमा लिन सकिन्छ। यस्तो समस्या भएकाहरुमा दुखेको जोर्नी माथिबाट ‘टोफाइ’ भन्ने सानो कमलो मासुको डल्लो जस्तो देखा पर्छ। यस्तो समस्या भएकालाई खुट्टाको बुढी औँला र आसपासमा मात्र होइन शरीरका अन्य जोर्नीमा पनि दुखेको महसुस हुन्छ।
एक्युट: तुरुन्तै खुट्टाका जोर्नीहरु रातो भएर सुन्निनु वा अचानक दुख्नु एक्युटको लक्षण हो। छुँदा पनि दुख्ने र हिँड्न असहज हुने यस्तो समस्या भएकाहरुले औषधि खाँदा वा खानपिनमा नियन्त्रण गर्दा सन्चो हुन्छ। यो समस्या मध्यपान र धूमपान गर्नेलाई बढी देखिन्छ।
सामान्यतया जोर्नी दुख्दैमा गाउट भएको भन्न मिल्दैन। जोर्नी दुख्ने विभिन्न कारण हुन्छन्। गाउट भए/नभएको जान्नका लागि जोर्नी दुखेको वा सुन्निएको ठाँउबाट पानी झिकेर जाँच गराउनुपर्छ। जाँच गराउँदा जोर्नीहरुमा सुइको टुप्पो जस्तो आकार भएका साना-साना ‘क्रिस्टल’हरु देखा परेपछि गाउट भएको थाहा पाउन सकिन्छ।
कसरी हुन्छ युरिक एसिड?
युरिक एसिड पहिलो पटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोर्नीहरुबाट दुख्न सुरु हुन्छ। यसलाई ‘मेटाटार्सल जोइन्ट’ भनिन्छ। प्रायः राति सुतेको बेला जोर्नीहरु अत्याधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ। सुरुसुरुमा खुट्टाको बुढी औँलामा मात्र हुने दुखाइ समयमा उपचार नहुँदा अन्य ठूला जोर्नीहरुमा पनि सर्न थाल्छ। युरिक एसिड भएको थाहा नपाएकाहरुलाई रातो मासुको अधिक प्रयोग र मध्यपान सेवन गर्दा एक्कासी बुढी औँलाको जोर्नी सुन्निने र दुख्ने समस्या आउँछ। युरिक एसिडको समस्या महिनावारी नरोकिएका महिलालाई भने निकै कम मात्रामा देखिन्छ। महिनावारी हुँदा निस्कने हर्मोनले जोर्नी दुख्ने समस्यालाई कम गराउँछ।
खाना पूरै बार्नेभन्दा सन्तुलित भोजन जरुरी
युरिक एसिडको समस्या भएकाहरुलाई प्रायः मुख बार्नुपर्छ भनेर बुझाइन्छ र अधिकांशले त्यसै गर्छन्। तर, यो बुझाइ नै गलत छ। युरिक एसिडको समस्या भएकाहरुले गेडागुडी, रातोमासु, काउली खानै नहुने होइन, खान सक्छन् तर त्यसको मात्रा मिलाएर खान सक्नुपर्छ। एकैचोटि धेरै होइन कि थोरै-थोरै गरेर खान सकिन्छ। यस्तै, चिकित्सकको परामर्श अनुसार औषधिको नियमित प्रयोग गरेमा खाना बार्नुपर्दैन। तर, यस्तो समस्या भएकाहरुले धूमपान र मध्यपान भने गर्नु हुँदैन। अमिलो हालेको, खाँदेको वा गालेको अचार, तामा जस्ता खानेकुरा चाहिँ बार्नुपर्छ।
यस्ता खानेकुराले युरिक एसिडको दर बढाउँछ। युरिक एसिड ‘प्युरिन मेटाबोलिजम’को गडबडीले हुने भएकाले प्युरिन तत्व भएका खानेकुरा (जस्तै: फूलगोभी, च्याउ, पालुङ्गो, गेडागुडी आदि) कम खानुपर्छ। यस्तै, गुलियो पदार्थले पनि युरिक एसिड बढाउँछ। यस्तै, सामुद्रिक खानाले पनि युरिक एसिडको मात्रा बढाउँछ। क्यान्सर र पिसाब लगाउने औषधिको अत्याधिक प्रयोगले पनि युरिक एसिडको मात्रा ह्वात्तै बढाउँछ।
युरिक एसिडको समस्या भएका वा गाउटका बिरामीले दूधजन्य पदार्थ भने ढुक्कले खाँदा हुन्छ। यस्ता पदार्थले कुनै बिगार गर्दैन। युरिक एसिडको समस्या प्रायः ३० वर्ष नाघेकाहरुमा बढी देखिन्छ। क्यान्सर, मुटुरोग र मिर्गौला रोगीहरुमा युरिक एसिडको समस्या आउन सक्छ। ट्युमरका कोषहरु टुक्रेर पनि युरिक एसिड बन्छ। त्यस्तै उच्च रक्तचाप चिनीरोग र मोटोपना धेरै भएकाहरुमा पनि युरिक एसिडको समस्या आउन सक्छ। एकचोटि युरिक एसिडले दुखेको जोर्नी फेरि नदुख्न पनि सक्छ तर प्रायः दुईदेखि ६ महिनाभित्रमा फेरि दुखाइ सुरु हुन्छ।
लक्षण
– खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निनु।
– जोर्नी राति बढी दुख्नु।
– दुखाइ सहनै नसक्ने हुनु।
– लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु।
– ज्वरो आउनु, आदि।
असर
युरिक एसिड बढेमा वा गाउटको समयमै उपचार नभएमा मिर्गौलामा असर पार्न सक्छ। यसले मिर्गौला फेल बनाउन सक्छ र मिर्गौलामा पत्थरी हुनसक्छ। गाउटले जोर्नीहरुमा ‘डिफर्मेसन’ (जस्तैः खुट्टाको बुढी औँला र जोर्नीहरुको आकार वा स्वरुप बिग्रनु) ल्यादिन्छ। युरिक एसिडले विस्तारै मुटुमा पनि असर पुर्याउँछ। यस्तै, शरीरका विभिन्न अंगमा जटिल समस्या ल्याइदिन सक्छ।
बच्ने उपाय
१. नियमित व्यायम गर्ने।
२. पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ।
३. धूमपान र मध्यपानबाट टाढै बस्ने।
४. प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने।
५. गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने।
६. शरीरको वजन घटाउने।
७. नियमित औषधिको प्रयोग गर्ने।
८. समय-समयमा चिकित्सकको परामर्श लिने।
(बाथरोग विशेषज्ञ डा. रेग्मी ग्रान्डी इन्टरनेसनल हस्पिटलमा कर्यरत छन्)
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












