संविधान संशोधनबिना निर्वाचन हुनेमा आशङ्का
देशभर निर्वाचनको माहोल तातेको छ । प्रमुख राजनीतिक दलहरु स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वार चयन र पार्टीको घोषणापत्रलाई अन्तिम चरणमा पु¥याउने कसरतमा छन् । संसदमा प्रतिनिधित्व गर्ने दलहरु र संसद बाहिरेका दलहरु समेत स्थानीय निर्वाचनमा आ–आफ्नो पक्षमा परिणाम ल्याउने दाउमा जनताको घर–घर चहार्न थालेका मात्रै छैनन्, आफ्नो क्षेत्रमा चुनावी प्रचार– प्रसारलाई तीव्रता समेत दिन भ्याई नभ्याई छ । चुनावी सभासम्मेलन लगायत कार्यकर्ता प्रशिक्षण गर्नमा व्यस्त छन् भने कतिपय स्थानमा पार्टी प्रवेश गराउने कार्यक्रमहरु पनि गरेका छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिर्द गर्दा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राजनीतिक गतिरोध अन्त्य नभएको भन्दै मधेसी मोर्चाको माग सम्बोधन गराएर मात्रै चुनाव गरिनुपर्ने धारणा राखेका कारण निर्वाचन हुने या नहुनेमा शंका उत्पन्न भएको छ ।सरकारमा सहभागी दलले नागरिकहरुलाई एकातिर कुनै हालतमा चुनाव रोकिंदैन भन्ने अर्कातिर आफूखुसी अन्य दलहरुसंग सहमति गर्दै जाँदा समस्या समाधान भन्दा पनि समस्या थप्ने काम भएको छ । मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन सहमतिमा ल्याउन स्थानीय तहको संख्या थप्नमा समेत माओवादी केन्द्र सकारात्मक रहेको देखिएता पनि यही गतिले आगामी बैशाख ३१ गते निर्वाचन हुनेमा आशंका पैदा गराएको छ ।
विशेष गरी तराई मधेश केन्द्रित नागरिकहरुको मताधिकार कायम गराउनका लागि तराई–मधेश केन्द्रित दलहरुले हालको अवस्थामा ‘मेरो गोरुको वाह्रै टक्का’ भनेर विरोध गर्नुको कुनै तुक छैन । तराईका विभिन्न जिल्लाहरुका स्थानीयहरु निर्वाचनको पक्षमा छन् । तर, उनीहरु मोर्चाको धाकधम्कीका कारण चुनावी कार्यक्रममा सहभागी हुन र त्यहाँका स्थानीय दलहरु चुनावी माहौल बनाउन सकिरहेका छैनन् ।
निर्वाचनमा देखापरेका समस्याहरु समाधान दलहरुबीच वार्ता, सम्वाद र एकताबाट मात्र संम्भव देखिन्छ । तर, दलहरुको ध्यान त्यतातिर गएको देखिदैन । नयाँ संविधान जारी हुनुभन्दा पहिले मधेशी, आदीवासी जनजातीहरु र थारु समुदायहरुले आफ्नो मागहरुलाई लिएर आन्दोलन गरेका थिए । र, तीनै मागहरु पुरा नभएको भन्दै हालसम्म आन्दोलित हुंदै चुनावमा भाग नलिने निर्णय गर्नु लोकतान्त्रिक मूल्य र मान्यता विपरीत हो ।
निर्वाचन गराउन निर्वाचन आयोगले मधेसका विषयमा विशेष गरी दुई नंम्बर क्षेत्रको केही दिनभित्रै सरकारबाट ठोस निर्णय आउनुपर्ने र त्यसो हुननसकेमा निर्वाचन आयोगले पुरानै मतदान केन्द्रलाई आधार मानी निर्वाचनको तयारीलाई अगाडि बढाउने साहासिक निर्णय गरेको छ । अहिलेको समयमा निर्वाचन आयोगको भूमिकालाई प्रशंसनीय र महत्वपूर्ण मान्नुपर्दछ । नेपाल सरकारले चाँडोभन्दा चाँडो शान्तिसुरक्षाको प्रत्याभूति देशभर गर्नुपर्छ ।
अब कुनै पनि वहानामा निर्वाचन रोक्ने,भाड्ने अनेक प्रपञ्च कहींकतैबाट हुनुहुंदैन् । करिब १९ बर्षदेखि रिक्त रहेको स्थानीय निकायमा निर्वाचन गराई संविधानको मेरुदण्ड चुनावलाई राजनीतिक दलहरु र पेसागत संघसंस्था लगायत सबै एकजुट भएर होस्टेमा होस्दै गर्दै अघि बढ्नुपर्दछ । जस्तोसुकै त्याग र बलिदानी दिनुपरे पनि अब निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र धांधलीरहित रुपमा सम्पन्न गराउनको लागि निर्वाचन आयोग डटेर लाग्नुपर्दछ ।
लेखक अधिवक्ता हुन् ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












