PNO परिचयपत्र र भिसा सहुलियतको माग गर्दै सभापति श्रेष्ठसँग छलफल
काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहनुभएका नेपाल सरकारको संसदीय सुनुवाइ समितिका सभापति एवं माननीय बोधनारायण श्रेष्ठ र थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्ति (PNO) तथा गैरआवासीय नेपाली संघ (NRNA) का प्रतिनिधिहरूबीच विशेष भेटघाट भएको छ।
भेटघाटमा PNO का संयोजक कुमार कार्की, गैरआवासीय नेपाली संघ (NRNA) थाइल्याण्डका पूर्वअध्यक्ष भविन्द्र बस्नेत र निवर्तमान अध्यक्ष सञ्जय ढकाललगायतको उपस्थिति थियो।
छलफलका क्रममा PNO संयोजक कार्कीले विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूको मातृभूमि नेपालप्रतिको माया, भावनात्मक सम्बन्ध र नेपालको विकासमा योगदान पुर्याउने चाहनाबारे प्रकाश पारे।
उनले विदेशमा रहेका सबै नेपाली मूलका व्यक्तिलाई मातृभूमिप्रतिको अपनत्व र पहिचानको अनुभूति गराउन नेपाल सरकारले PNO परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग गरे। सोही मागसहितको अनुरोधपत्रसमेत उनले सभापति श्रेष्ठलाई हस्तान्तरण गरे।
त्यसैगरी, नेपालमा अध्ययन गर्न चाहने नेपाली मूलका विद्यार्थी, हाल नेपालमा अध्ययनरत विद्यार्थी तथा उनीहरूका अभिभावकले भोग्नुपरेका भिसासम्बन्धी व्यावहारिक समस्याबारे पनि ध्यानाकर्षण गराइएको थियो। नेपाल आवतजावतलाई सहज बनाउन आवश्यक भिसा सहुलियतको व्यवस्था गर्नुपर्ने मागसमेत गरिएको थियो।
NRNA थाइल्याण्डका पूर्वअध्यक्ष भविन्द्र बस्नेत र निवर्तमान अध्यक्ष सञ्जय ढकालले थाइल्याण्डमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूले नेपाल भ्रमणका क्रममा भोग्नुपरेका समस्या तथा नेपालको विद्यमान भिसा नीतिबारे धारणा राखेका थिए। उनीहरूले विश्वका विभिन्न मुलुकले आफ्ना डायस्पोराप्रति अपनाउँदै आएका नीति तथा उपलब्ध गराउँदै आएका सुविधासँग नेपालको नीतिको तुलना गर्दै नेपाली मूलका व्यक्तिहरूका लागि पनि सहज व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।
छलफलका क्रममा उठाइएका विषय तथा मागलाई सकारात्मक रूपमा लिँदै सभापति श्रेष्ठले नेपाली मूलका नागरिक तथा विद्यार्थीहरूले भोगिरहेका समस्याप्रति आफू संवेदनशील रहेको बताए। उनले प्रस्तुत माग तथा सुझावलाई नेपाल सरकारका सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
मातृभूमि नेपाल र विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, उनीहरूको पहिचान सुनिश्चित गर्ने तथा नेपाल आवतजावतलाई सहज बनाउने विषयमा भएको उक्त भेटघाटलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
Comments
अरु समाचार
-
इपीजीको औचित्य सकिएको भारतको दाबी, सीमा विवादबारे छलफल नै भएन
काठमाडौं । नेपाल–भारतबीच लामो समयदेखि विवादित रहँदै आएको लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद फेरि चर्चामा आएको छ। भारतीय विदेश...
-
स्थानीय तहको निर्वाचनमा संघीय चुनावजस्तो ‘हुरी बतास’ सम्भव छैन: प्रचण्ड
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो ‘हुरी बतास’ आउने...
-
राजनीतिक प्रतिशोधका लागि राज्यका संयन्त्र दुरुपयोग नगर्न गगन थापाको चेतावनी
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक प्रतिशोध साँध्न राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिएका...
-
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी, स्वास्थ्यदेखि अन्तरिक्ष प्रविधि र सहरी विकाससम्म साझेदारी
काठमाडौं। नेपाल र भारतबीच स्वास्थ्य, औषधि, परम्परागत चिकित्सा, अन्तरिक्ष प्रविधि, सुरक्षा, प्रशासनिक क्षमता अभिवृद्धि, कृषि तथा दिगो सहरी विकासलगायत आठवटा...
-
प्रविधि र एल्गोरिदमले समाजलाई भ्रमित पार्ने काम गर्योः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालका एल्गोरिदम र प्रविधिको दुरुपयोगले समाजमा विकृति तथा भ्रम फैलाइरहेको आरोप लगाएका...
-
भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेनबीच २५ मिनेट वार्ता
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र प्रधानमन्त्री शाहबीच २५ मिनेट...
-
प्रधानमन्त्री वालेन्द्र भारत प्रस्थान, राजनीतिक परीक्षा शुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली...
-
स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्ने बताएका...
-
प्रधानमन्त्रीको भारत भ्रमण तय, मन्त्रिपरिषद्ले के गर्यो ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर...













