ताजा समाचार

पत्रकार एवं क्यानडा नेपाल डटकमका सम्पादक विनोद ढकालले पाए सफाइ

काठमाडाैं । पत्रकार एवं क्यानडा नेपाल डटकमका सम्पादक विनोद ढकालले विद्युतीय कारोबार (इलेक्ट्रोनिक ट्रान्जेक्सन) सम्बन्धी कसूरको मुद्दामा सफाइ पाएका छन्।

जिल्ला अदालत सुनसरीले सम्पादक ढकालविरुद्ध दायर गरिएको विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा अभियोग दाबी पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिने फैसला सुनाएको हो।

काशीनाथ दंगालले ढकालविरुद्ध जिल्ला अदालत सुनसरीमा विद्युतीय कारोबार ऐनअन्तर्गत कसूर गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए। उक्त मुद्दामाथि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश इन्दिरा कार्कीको एकल इजलासले अभियोग दाबी पुग्न नसक्ने निष्कर्षसहित ढकाललाई सफाइ दिएको हो।

अदालतको यस फैसलासँगै लामो समयदेखि विचाराधीन अवस्थामा रहेको उक्त मुद्दाको टुंगो लागेको छ। फैसलाले सम्पादक ढकालविरुद्ध लगाइएको अभियोग कानुनी रूपमा पुष्टि हुन नसकेको स्पष्ट पारेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org