गोहीबाट भाग्यले बाँचेका अर्जुन- खुसी बोकेर घर फर्के
रत्ननगर (चितवन), २१ वैशाख । चितवन मेडिकल कलेज अर्थाेपेडिक वार्डको २९६ नं श्ययामा हँसिलो मुद्रामा थिए चितवन जगतपुरका १२ वर्षीय अर्जुन हरिजन । घर जान पाउने खबर आएपछि खुसी नहुने कुरै भएन ।
उनकी आमा फूलमायाँ अस्पतालको डिस्चार्ज कागज मिलाउँदै र बाँकी भुक्तानीको व्यवस्थापन गर्दै हुनुहुन्थ्यो । उहाँलाई सहयोग पु¥याउँदै थिए बुबा रामबहादुर र सहयोगी कृष्ण शर्मा ।
हालै गोहीले चपाएर पनि बाँचेका उनी २७ दिनको अस्पताल बसाईमा सात दिन सघन उपचार कक्षमै रहे । “अब घर जाने, ठीक हुन लाग्यो”, हात देखाउँदै अर्जुनले हर्षित हुँदै भने । बुधबार ४ बजे उनलाई अस्पतालले डिस्चार्ज गरेपनि आवश्यक तयारी र वर्षाका कारण राति ८ बजे मात्रै उनी अस्पतालबाट घर हिँडे । “मलाई सहयोग गर्नेहरुलाई धेरै धेरै धन्यवाद, अब म ठीक भएर घर जाँदैछु, बाइबाई”, हात हल्लाउँदै अर्जुनले भने ।
गोहीको आक्रमणबाट जोगिएको उनको हातमा ब्यान्डेज छ । निको हुनलाई अझै महिनौँ लाग्ने चिकित्सकले बताएका छन् । “हप्तैपिच्छे अस्पताल आउनुपर्छ भनेका छन्”, उनका बुबा रामबहादुरले भन्नुभयो, “तपाईंले गरेको सहयोग हामी सुकुम्वासीका लागि ठूलो भो ।” अस्पतालका अनुसार उनको उपचारका लागि रु एक लाख ४३ हजार लागेको छ । सात दिन आइसियु र अरू २० दिन सामान्य श्ययामा बसे अर्जुन ।
डिस्चार्ज हुँदै गर्दा चितवन मेडिकल कलेजले रु ४२ हजार छुट गरेको छ । कलेजका प्रमुख प्रशासक देवराज लोहनी सामाजिक सेवाअन्तर्गत यसरी छुट गरिएको बताउनुहुन्छ । रु एक लाखभन्दा बढी औषधिमा खर्च भएको उपचारमा सक्रिय हुँदै आएका सहयोगी कृष्ण शर्मा बताउनुहुन्छ ।
राससबाट समाचार सार्वजनिक भएपछि अहिलेसम्म देश र विदेशमा बस्ने नेपालीबाट करिब रु चार लाख ५० हजार आर्थिक सङ्कलन भएको छ । उपचारबाट बचेको रकमलाई कोष बनाएर उनको शिक्षादीक्षामा खर्च गरिने सहयोगी अभियन्ता विकास पाठकले बताउनुभयो ।
हात काट्नुपर्ने अवस्थाबाट जोगियो– चिकित्सक
उनको उपचारमा संलग्न चिकित्सकले सुरुको अवस्था देख्दा हात काट्नुपर्छ भन्ने निष्कर्षमा पुगेका थिए । पूरै हातको भित्री हड्डी नै बाहिर निस्किएको थियो । तैपनि हात जोगाउन खटियो टोली । शल्यक्रियापछि हात जोगिएकोमा उनीहरु पनि आश्चर्यमा छन् ।
सुरुमै गोहीको मुखबाट भाग्यले बाँचेका उनको अनुभवी चिकित्सकीय टोलीका कारण शल्यक्रिया सफल हुँदा हात जोगियो । “ओपन फ्याक्चर, हड्डी नै बाहिर आएको थियो, पाता र किला राखेर अड्याएका छौँ”, अर्थाेपेडिक सर्जन डा आकेश प्रजापतिले भन्नुभयो, “हात काटेर फाल्नुपर्ने देखिन्थ्यो, धन्न जोगियो ।”
अर्जुनको परिवार सकुम्वासी हो । भरतपुर नपा–२३ को जगतपुरस्थित घैलाबारी बस्ने उनी चैत २४ गते चितवन निकुञ्जसँगै जोडिएको राप्ती नदीमा पौडी खेल्न गएका बेला उनलाई गोहीले समाएको थियो । भाग्यले गोहीले चपाएर पनि उनी बाँच्न सफल भए । सँगै गएका साथीहरुले गोहीको आँखामा हानेपछि गोहीले छाडेको थियो ।
एउटा हात तीन ठाउँमा भाँचिएर हाड नै बाहिर निस्किएको थियो । टाउको छेक्न खोज्दा अर्काे हातमा पनि गोहीले समाएको थियो । भुँडी र छातीमा प्वाल पारेको छ । “धन्न आन्द्राभुँडी तथा मुटुमा दाँतले भेट्न पाएन”, डा आकेशले थप्नुभयो, “त्यहाँ भेटेको भए ज्यान जोगिन गाह्रो थियो ।”
छातीका विभिन्न ठाउँका घाउ ओभानो भएका छन् । खुट्टाभरि भएको घाउमा खाटा बस्न थालेको छ । उनलाई हप्तैपिच्छे नियमित परीक्षणमा आउन अस्पतालले भनेको छ । रासस
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...












