गोहीबाट भाग्यले बाँचेका अर्जुन- खुसी बोकेर घर फर्के
रत्ननगर (चितवन), २१ वैशाख । चितवन मेडिकल कलेज अर्थाेपेडिक वार्डको २९६ नं श्ययामा हँसिलो मुद्रामा थिए चितवन जगतपुरका १२ वर्षीय अर्जुन हरिजन । घर जान पाउने खबर आएपछि खुसी नहुने कुरै भएन ।
उनकी आमा फूलमायाँ अस्पतालको डिस्चार्ज कागज मिलाउँदै र बाँकी भुक्तानीको व्यवस्थापन गर्दै हुनुहुन्थ्यो । उहाँलाई सहयोग पु¥याउँदै थिए बुबा रामबहादुर र सहयोगी कृष्ण शर्मा ।
हालै गोहीले चपाएर पनि बाँचेका उनी २७ दिनको अस्पताल बसाईमा सात दिन सघन उपचार कक्षमै रहे । “अब घर जाने, ठीक हुन लाग्यो”, हात देखाउँदै अर्जुनले हर्षित हुँदै भने । बुधबार ४ बजे उनलाई अस्पतालले डिस्चार्ज गरेपनि आवश्यक तयारी र वर्षाका कारण राति ८ बजे मात्रै उनी अस्पतालबाट घर हिँडे । “मलाई सहयोग गर्नेहरुलाई धेरै धेरै धन्यवाद, अब म ठीक भएर घर जाँदैछु, बाइबाई”, हात हल्लाउँदै अर्जुनले भने ।
गोहीको आक्रमणबाट जोगिएको उनको हातमा ब्यान्डेज छ । निको हुनलाई अझै महिनौँ लाग्ने चिकित्सकले बताएका छन् । “हप्तैपिच्छे अस्पताल आउनुपर्छ भनेका छन्”, उनका बुबा रामबहादुरले भन्नुभयो, “तपाईंले गरेको सहयोग हामी सुकुम्वासीका लागि ठूलो भो ।” अस्पतालका अनुसार उनको उपचारका लागि रु एक लाख ४३ हजार लागेको छ । सात दिन आइसियु र अरू २० दिन सामान्य श्ययामा बसे अर्जुन ।
डिस्चार्ज हुँदै गर्दा चितवन मेडिकल कलेजले रु ४२ हजार छुट गरेको छ । कलेजका प्रमुख प्रशासक देवराज लोहनी सामाजिक सेवाअन्तर्गत यसरी छुट गरिएको बताउनुहुन्छ । रु एक लाखभन्दा बढी औषधिमा खर्च भएको उपचारमा सक्रिय हुँदै आएका सहयोगी कृष्ण शर्मा बताउनुहुन्छ ।
राससबाट समाचार सार्वजनिक भएपछि अहिलेसम्म देश र विदेशमा बस्ने नेपालीबाट करिब रु चार लाख ५० हजार आर्थिक सङ्कलन भएको छ । उपचारबाट बचेको रकमलाई कोष बनाएर उनको शिक्षादीक्षामा खर्च गरिने सहयोगी अभियन्ता विकास पाठकले बताउनुभयो ।
हात काट्नुपर्ने अवस्थाबाट जोगियो– चिकित्सक
उनको उपचारमा संलग्न चिकित्सकले सुरुको अवस्था देख्दा हात काट्नुपर्छ भन्ने निष्कर्षमा पुगेका थिए । पूरै हातको भित्री हड्डी नै बाहिर निस्किएको थियो । तैपनि हात जोगाउन खटियो टोली । शल्यक्रियापछि हात जोगिएकोमा उनीहरु पनि आश्चर्यमा छन् ।
सुरुमै गोहीको मुखबाट भाग्यले बाँचेका उनको अनुभवी चिकित्सकीय टोलीका कारण शल्यक्रिया सफल हुँदा हात जोगियो । “ओपन फ्याक्चर, हड्डी नै बाहिर आएको थियो, पाता र किला राखेर अड्याएका छौँ”, अर्थाेपेडिक सर्जन डा आकेश प्रजापतिले भन्नुभयो, “हात काटेर फाल्नुपर्ने देखिन्थ्यो, धन्न जोगियो ।”
अर्जुनको परिवार सकुम्वासी हो । भरतपुर नपा–२३ को जगतपुरस्थित घैलाबारी बस्ने उनी चैत २४ गते चितवन निकुञ्जसँगै जोडिएको राप्ती नदीमा पौडी खेल्न गएका बेला उनलाई गोहीले समाएको थियो । भाग्यले गोहीले चपाएर पनि उनी बाँच्न सफल भए । सँगै गएका साथीहरुले गोहीको आँखामा हानेपछि गोहीले छाडेको थियो ।
एउटा हात तीन ठाउँमा भाँचिएर हाड नै बाहिर निस्किएको थियो । टाउको छेक्न खोज्दा अर्काे हातमा पनि गोहीले समाएको थियो । भुँडी र छातीमा प्वाल पारेको छ । “धन्न आन्द्राभुँडी तथा मुटुमा दाँतले भेट्न पाएन”, डा आकेशले थप्नुभयो, “त्यहाँ भेटेको भए ज्यान जोगिन गाह्रो थियो ।”
छातीका विभिन्न ठाउँका घाउ ओभानो भएका छन् । खुट्टाभरि भएको घाउमा खाटा बस्न थालेको छ । उनलाई हप्तैपिच्छे नियमित परीक्षणमा आउन अस्पतालले भनेको छ । रासस
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...













