समग्र कार्यसम्पादन स्तरमा हामी निकै अगाडि छौ : झलकराम अधिकारी, प्रमुख कर प्रशासक
विसं. २०३२ सालमा कास्कीमा जन्मनुभएका झलकराम अधिकारी नेपालको निजामती प्रशासन क्षेत्रमा सुपरिचित नाम हो । ०५४ सालमा गाविस सचिवका रुपमा सरकारी सेवा प्रवेश गर्नुभएका सहसचिव अधिकारी ०५९ मा शाखा अधिकृत, २०६६ मा उप-सचिब र ५ वर्षमै प्रतिस्पर्धाबाट सह-सचिब हुनुभएका उहाँ अत्यन्तै मिलनसार, साहसी, कर्तव्यनिष्ठ, जिम्मेवार र जवाफदेही प्रशासक मानिनुहुन्छ । सहसचिव अधिकारीले १९ वर्षको सरकारी सेवाका सिलसिलामा जाजरकोटको सहायक प्रमुख जिल्ला अधिकारी, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय, लेखनाथ नगरपालिकाको कार्यकारी अधिकृत भएर काम गरिसक्नुभएको छ । उपसचिवमा वढुवा भएपछि उहाँले पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र धनुषा जिल्लाको स्थानीय विकास अधिकारीका रुपमा विकास प्रशासनको समेत नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका अधिकारी भर्खरै अर्थ मन्त्रालय प्रवेश गर्नुभएको छ । हाल आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र नं. १ को प्रमुख कर प्रशासकको रुपमा कार्यरत श्री अधिकारी को समग्र अवस्थाका बारेमा केन्द्रित रहेर न्युज-नेपालका सम्पादक सजिब कालाखेतिले गर्नुभएको कुराकानी :
आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र नं. १ को कार्यक्षेत्र कति छ ?
भुगोलको आधारमा का.म.न.पा. का १,६,७, ८,९, १०, ३१, ३२, ३३,३४ त्यस्तै काठमाण्डौका पुर्बि भेगका बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाहरु पर्दछन भने कारोवारको आधारबाट हेर्दा ५ करोडभन्दा माथि ४० करोड सम्म कारोवार भएका करदाता (भौगोलिक कार्यक्षेत्र भित्र पर्दछ) हाम्रो कार्यक्षेत्र अन्तर्गत पर्दछन् । हामी मातहत पुतलीसडक, कोटेश्वर, नयाँबानेश्वर, बत्तिसपुतली, चावहिल करदाता सेवा कार्यालय पर्छन् । तर ती कार्यालयले वार्षिक ५ करोड कारोबारसम्मको करप्रशासन मात्र हेर्छन् । अहिले हाम्रो कार्यालयमा १ हजार २ सय १६ करदाता छन् । जसमध्ये ९२७ करदातहरु ख्ब्त् मा दर्ता भएका छन् । कारोवारको आधारमा संरचनागत अवस्था हेर्दा ५ देखि १० करोड सम्म कारोवार गर्ने ६३५ १० देखि २० करोड सम्म कारोवार गर्ने २०५ २० देखि ३० करोड सम्म कारोवार गर्ने ७५ र ३० देखि ४० कारोड सम्म कारोवार गर्ने ३५ करदाता रहेको अवस्था छ ।
करअसुलीको अवस्था कस्तो छ नि ?
मुलुकको औसत राजस्व असुलीको वृद्धिदर २० प्रतिशत छ । यस कार्यालयको औसत बृद्धिदर ३०५ु हाराहारीमा रहेको छ । गत आ.व. को भन्दा करीव ३५५ बढी लक्ष्य तोकिएको भएतापनि तोकिएको लक्ष्य पुरा गर्न हामिले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौ । सो को लागि द्यबअप या उबिललष्लन तर्जुमा गरी रणनितिक रुपले समग्र कार्यसम्पादनमा श्रेष्ठता हासिल गर्न कार्ययोजनागत रुपमा हामी अघि बढिरहेका छौ । समग्र कार्यसम्पादनको हिसावले यो कार्यालय चालु आ.व. ६ महिनाको अवधिमा देशभरका आन्तरिक राजस्व कार्यालयमा उत्कृष्ट कार्यालको रुपमा पर्न सफल भएको छ । यसको निरन्तरता आम्रो चुनौती हो । आ.व. २०७३/०७४ को लागि ५ अर्व ३८ करोड लक्ष्य कायम भएकोमा हाल ३ अर्व ७३ करोड असुली भई वार्षिक लक्ष्यको ७०५ प्रगती हासिल भई सकेको अवस्था छ । चैत्र महिनामा मात्रै लक्ष्यको १०८ ५ प्रगती हासिल भएको अवस्था रहेको छ ।
उत्कृष्ट कर कार्यालय घोषणा गर्ने मापदण्ड के हो ?
उत्कृष्ट आन्तरिक कर कार्यालय छनोट गर्ने ५६ वटा सूचकांक छन् राजस्व संकलन, अभिलेख ब्यवस्थापन, वेरुजु फछर्यौट, बक्यौता असुली, ननफाइलर, कानुनी कारवाही, करपरिक्षण र अनुसन्धानको प्रभावकारीता जस्ता मुख्य सूचाड्ढ ५न । जसको प्रगतीको कुरा गर्दा बेरुजु फस्र्याेटे तर्फ झन्डै ६० प्रतिशत बेरुजु चालू आर्थिक वर्षको ६ महिनामै फस्यौट भइसकेको छ । यो ठूलो उपलब्धि हो । वक्यौता असुलीमा हामीलाई एक वर्षभित्र तोकिएको लक्ष्य ६ महिनाभित्रै पूरा भइसकेको छ । करिब ७० प्रतिशत वक्यौता असुली पुरा गरिसकेका छौं । यी दुवै सूचकांकमा हामी उत्कृष्ट छौं । राजस्व संकलनका दृष्टिले पनि हामी उत्कृष्ट कार्यालयमा परेका छौं । ननफाइलर करदाताको संख्या हामीले उल्लेख्य रुपमा घटाएका छौं । लामो समयसम्म कर बक्यौता राख्ने १५० भन्दा बढी करदाताको सार्वजनिक सूचना सूची प्रकाशन गरी प्रारम्भिक कारवाही अधि बढाइएको छ । करीव १५० भन्दा बढी बक्यौता राख्ने करदाताको प्रचलित कानुन बमोजिम अन्तिम कारवाही तर्फ आवस्यक कदमहरु अघि बढाइएको छ । यसबाट बक्यौता असूलीमा प्रभावकारीता आई कर तिर्ने र नतिर्ने विचको भिन्नता अनुभूत गर्न सकिने गरी स्थापित हुने विस्वास लिएका छौ । ननफाइलर, निरन्तर रुपमा क्रेडिट विवरण बुझाउने ब्यवसाय परिवर्तन गर्दा साविकको कर बाँकी राख्ने जस्ता समस्याहरुलाई संबोधन गर्न ब्यापक रुपमा बजार अनुगमन, सूचनाको संकलन, विश्लेष्ण र तदनुसारको Fact base strategic plan मा अधारीत Action oriented कार्यहरु सघन रुपमा सम्पादन गर्दै हाम्रो उपस्थितिलाई Meaningful बनाउन हामी केन्द्रित भएका छौ ।
यस कार्यालयअन्तर्गत वक्यौता कति थियो र अहिलेसम्म कति फस्र्याेट गरिसक्नुभयो ?
झन्डै ९० करोड वक्यौता रहेकोमा चालु आव को ६ महिनामा ५८ करोड असुल एवं समायोजन गरिसकेका छौं । यो उत्साहजनक परिणाम हो । वक्यौता असुलीमा हामी शुन्य सहनशिलता साथ लागि परेका छौ । कर वक्यौता राख्ने, अटेर गर्ने करदाताको सूची प्रकाशन गरी प्रारम्भिक कारवाही अधि बढाइएको छ । करीव १५० भन्दा वढी वक्यौता राख्ने करदाताको प्रचलित कानून बमोजिम अन्तिम कारवाहि तर्फ आवस्यक कदमहरु अघि बढाइएको छ । यसबाट बक्यैता असूलीमा प्रभावकारीता आई कर तिर्ने र नतिर्ने विचको भिन्नता अनुभूत गर्न सकिने गरी स्थापित हुने विस्वास लिएका छौ ।
बेरुजु फस्र्याेटको स्थिति कस्तो छ ?
हाम्रो कार्यालयमा चालु आर्थिक वर्षसम्ममा कुल बेरुजु ३५ करोड रुपैयाँ थियो । त्यसमा चालु आर्थिक वर्षभित्र २८ करोड रुपैयाँ फछर्याैट गर्नुपर्ने विभागीय लक्ष्य कायम छ । त्यसमा चैत्र मसान्तभित्र १९ करोड रुपैयाँ बेरुजु फस्र्याेट भइसकेको छ । बाँकी ७ करोड रुपैयाँ वैशाख भित्रै फस्र्याेट गरिसक्छौं । यसका लागि प्रक्रिया पूरा भइसकेको छ । यसरी चालु आवभित्र लक्ष्यभन्दा बढी नै वेरुजु फस्र्याेट गर्छाैं । लक्ष्य भन्दा बढी वेरुजु फछर्यौट गर्दै वित्तिय अनुशासनको हिसाबले समेत उत्कृष्ठता कायम गर्न प्रयत्नशिल छौ ।
सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न कस्तो कार्य पद्धति विकास गर्नुभएको छ ?
यो कार्यालय महाभूकम्पले क्षति पुर्याएपछि रेक्टोफिटिङ गरी सञ्चालनमा ल्याइएको छ । पहिलेको संरचना केही थिएन । म यहाँ प्रमुख कर प्रशासक भएर आएको भर्खरै सात महिना भएको छ । म आउँदा यहाँ नागरिक बडापत्र बोर्डसमेत थिएन, हेल्प डेक्स पनि थिएन । अहिले हामीले नागरिक बडापत्र, हेल्पडेक्स, सुचना केन्द्र राखेका छौं । प्रत्येक कर्मचारीको शाखागत विभाजनलाई प्रस्ट गरेका छौं । यहाँ रहेका १२१६ वटा सबै फाइल व्यवस्थित गर्न विद्युतीय अभिलेख राख्न स्क्यानिङ्ग गरिरहेका छौं । करदातासँग नजिक रहेर कर तिर्ने भावनाको विकास गर्न, करप्रशासनमा संस्थागत सुधार गर्न हामीले कार्यालयको लेआउटलाई करदाता भैत्री बनाइदै लगेका छौ । यो अवधिमा हामीले ७२ पटक करदाता स्थलगत भ्रमण सम्पन गरेका छौं । ७ पटकभन्दा बढी करदाता शिक्षा कार्यक्रम संचालन गरेका छौं । यसबाट करदातासंग नियमित भेटवार्ता हुने, अन्तरक्रिया हुने, उनीहरुका समस्या समाधान गर्ने अवस्था सिर्जना भएको छ । करदाताहरुलाई एसएमएसबाटै हाम्रा सूचनाहरु प्रवाह गर्ने खालका सुधारका काम हामीले गरेका छौं । सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउदै सेवा प्रवाहलाई प्रभावकारी वनाउदै लगिएको छ ।
बजार अनुगमन प्रभावकारी नहुँदा व्यवसायीले ग्राहकलाई पान, भ्याट विल नदिने, नलिने प्रचलन बढ्दो छ । यस्तो प्रवृत्ति नियन्त्रण गर्न कार्यालयले के कस्ता काम गरिरहेको छ ?
बजार अनुगमनका क्रियाकलापमा हामीले करदाता सेवा कार्यालयहरुलाई परिचालन गर्छाैं । करदाता सेवा कार्यालय करदाताहरुको सबैभन्दा नजिकको कर कार्यालय भएकाले बजार अनुगमनमा करदाता सेवा कार्यालयको भूमिका वढी रहेको छ । विल बिजक जारी कसरी गराउने भन्ने कुरामा छलफल गर्दैछौं । भ्याटमा समस्या नै विलविजकको छ विल नै जारी नगर्दा भ्याटको मर्म माथि प्रहार हुन्छ । यसले गर्दा विल लिनेदिने प्रथालाई संस्कारको रुपमा विकास गर्न व्यापारीले पनि तपाईले विल लिनुपर्छ भन्ने उपभोक्ताले पनि व्यापारीसंग विल दिनुहोस् भन्ने भावना विकास गर्न हामीले हाम्रो क्षेत्रका सबै करदाताको घरआँगनसम्म पुग्ने कार्यक्रम बनाउँदैछौं । वैशाखबाट त्यो कार्यक्रम सघन रुपमा समन्वयमा अगाडि वढाइने छ ।
भ्याट पूर्ण रुपमा कार्यान्वयन हुन निकै चुनौती छन् नि ?
सरकारले २०५४ सालमा भ्याट लागू गर्यो । त्यसवेला भ्याटलाई राजस्वको मुल मेरुदण्डका रुपमा विकाश गर्ने भनिएको थियो । भन्सारको योगदान घटाउँदै जाने, आयकरको दायरा बढाउँदै जाने र समग्र कर संरचनामा भ्याटको योगदान बढाउँदै जाने नेपाल सरकारको ध्येय अनुसार भ्याट लागू गरिएको थियो । यो १९ वर्षको अवधीमा भ्याट जति सशक्त हुनुपर्ने थियो त्यति सशक्त हुन सकेको छैन । हाम्रो कार्यालयमा कुल राजस्व लक्ष्यमा भ्याटको योगदान ८६ प्रतिशत छ । हाम्रो कार्यालयमा ९२७ वटा व्यवसायीहरु भ्याटमा दर्ता भएका छन् । त्यस मध्ये करिब ३ सय व्यवसायीहरुले नियमित कर र भ्याट तिर्छन् । करिव ३ सय व्यवसायीहरुले कारोवार नै नगरेको भन्दै शुन्य विवरण पेस गर्छन् । करिब ३ सय व्यवसायीहरुले सरकारसंग भ्याट फिर्ता माग गर्छन् । त्यसैले भयाट जुन रुपमा राजस्व प्रशासनको मेरुदण्ड हुनुपर्दथ्यो, त्यो हुन सकेको छैन । यसको मुल कारण विल विजक जारी गर्ने र नगर्ने, भ्याट तिर्ने र नतिर्ने विचको भिन्नता कायम हुन नसक्नु नै हो । यो विचकोभिन्नता स्थापित हुन नसकेकै कारण भ्याट कार्यान्यनमा समस्या देखिएको हो । यो ग्यापलाई कसरी कम गर्ने भन्ने कुरामा हामी सामुहिक रुपमा प्रयास गरी रहेका छौं ।
अहिलेसम्म समग्रमा आयकर, भ्याट, बहालकर, ब्याज कर, शिक्षा सेवा शुल्क र स्वाश्थ्य सेवा कर असुलीको अवस्था कस्तो छ ?
स्थिति सन्तोषजनक छ । चैत्र मसान्तसम्म आयकरमा १०० प्रतिशत, घर बहाल करमा ९७, व्याजकरमा १२० प्रतिशत, भ्याटमा ८९ प्रतिशत, शिक्षा सेवा शुल्कमा ९९ प्रतिशत र स्वास्थ्य करमा ९३ प्रतिशत गरि कुल राजस्व असुलीमा १०२.१०५ प्रतिशत असुली गरेका छौं । आयकरमा सरकारले तोकेको लक्ष्य चैत्र महिनामा १ अर्व ८६ करोड असुल गरिसकेका छौं । घर वहाल कर १२ कारोड २९ लख असुली गरेका छौं । यो राम्रो असुली हो । ब्याज कर १२ कारोड ९१ लख असुली छ । ९ महिनामै ७० प्रतिशत असुल हुनु अत्यन्तै सकारात्मक पक्ष हो । शिक्षा सेवा शुल्कमा १२७ प्रतिशतको प्रगतिमा छौं । स्वास्थ्य सेवामा १०५ प्रतिशतको दरमा छौं । यसरी हेर्दा सवै प्रकारका करमा हामी लक्ष्य भन्दा अत्यन्तै अगाडि छौं तर भ्याटको हकमा भने हामीले लक्ष्य भेटाउन सकिरहेका छैनौं । समग्र ध्यान VAT को असुली बढाउने तर्फ केन्द्रित गरेका छौ ।
अरु करको लक्ष्य नै कम तोकिएर बढी कर असु्ली भएको हो कि ?
असुलीको अवस्था हेर्दा लक्ष्य कम तोकिएकाले बढी राजस्व संकलन भएको हो कि जस्तो पनि लाग्छ तर वृद्धिदर हामीले समग्रमै हेर्नुपर्छ ।
कर प्रशासकको नेतृत्वको कारण पनि बढी असुली भएको हो भन्न मिल्छ ?
त्यो पनि हो । हामी संधै करदाताको सम्पर्कमा रहने, करदाताको करविवरण फाइलिङ्ग गर्ने, करको चुहावटको विन्दु विश्लेषण गर्ने, जोखिमको पहिचान गर्ने त्यसका आधारमा करदाताकोमा गएर कर विवरण अध्ययन गर्ने गरेका कारण आउनुपर्ने राजस्व सवै उठेका कारण पनि लक्ष्यभन्दा बढी राजस्व असुल भएको हो । नेपाल सरकारले तोकेको लक्ष्य यो आर्थिक वर्षमा हामी सबै पूरा गर्छौं ।
अन्त्यमा कार्यालय प्रमुखको नाताले आफ्नो क्षेत्रका करदातामा के सन्देश दिन चाहनुहुन्छ ?
आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. १ करदाता मैत्री व्यवहारबाट संचालन हुन र अगाडि बढ्न चाहन्छ । कर तिर्नु भनेको राष्ट्रबाट सम्मानित हुने अवसर पनि हो । कर हामीले करदाताको आम्दानी र स्वेच्छाले तिर्ने बानी विकास गर्न लागिरहेका छौं । करदाताहरुले कर तिर्नुपर्ने आफ्नो दायित्व समयमै पुरा गर्नु हुनेछ । हामीले आफ्नो तर्फबाट करदाताहरुलाई गर्नुपर्ने सहयोग सदैव गर्दै आएका छौं, गरिरहनेछौं । कर तिर्नु भनेको राष्ट्र निर्माणको अभियानमा सरिक हुन पाउने अवसर भएकाले हामीले प्रशासनिक प्रक्रियाद्धारा करदाताहरुलाई कानुनी प्रक्रियामा जानुपर्ने स्थिती आउनु निश्चय नै सुखपद होइन । तसर्थ कर वक्यौता राख्ने प्रबृतीलाई निरुसाहित गर्दै समग्र कर प्रशासनलाई प्रभावकारी बनाउन आदरणिय करदाताहरुको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । तसर्थ कर वक्यौता गर्ने करदाताहरुको नामावली सार्वजनिक गरिसकेका पनि छौं । आफुले नेपाल सरकारलाई बुझाउनु पर्ने कर दायित्व समयमै बुझाएर फस्र्याैट गरेर बस्न पनि म सबै करदाताहरुलाई अनुरोध गर्न चाहन्छु । अन्तमा नयाँवर्षको उपलक्ष्यमा उत्तरउत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु ।
Comments
अरु समाचार
-
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछः उपप्रधान एवं अर्थमन्त्री पौडेल
काठमाडौं । (नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका...
-
सुशासन प्रर्वद्धन र भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका महत्वपूर्ण छः प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले सुशासन प्रर्वद्धन गर्दै भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ: एमाले अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुन्। विचारमा स्पष्ट...
-
गणतन्त्र नेपाली जनताका लागि महत्वपुर्ण छ, त्यसैले यसलाई फलाउन, फुलाउन र जोगाउन लागौँ: अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै...
-
‘‘मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव’’–डा राजीव झा
काठमाडौं । मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन...
- नेपाल र कतारबीचको श्रम सम्झौता समयसापेक्ष बनाउने पहल गर्दैछु: राजदूत डा. ढकाल
-
‘राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ’
काठमाडाैं । हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन...
-
‘सरकारमा भन्दा कानुन निर्माणमा साझेदारी चाहिन्छ’
काठमाडौँ । पछिल्ला वर्षहरूमा सत्ता साझेदारीमा भएको फेरबदलले कानुन निर्माण प्रभावित भएको छ । राजनीतिक दलको अभ्यास गठबन्धन सरकार बनाउने,...