रसुवाको एउटा नमुना मतदान केन्द्र बन्दै, महिला कर्मचारी मात्र खटिए
रसुवा २८ बैशाख । वैशाख ३१ हुने पहिलो चरणको स्थानीय तह चुनावको लागि रसुवाको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ ।
रसुवाको गोसार्इंकुण्ड गाउँपालिका–६ धुन्चेमा रहेको रसुवा मावि मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म सबै महिला कर्मचारी खटाइएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन स्थल महिलामैत्री र नमुना केन्द्रका रूपमा स्थापित गर्नका लागि महिलाकै नेतृत्वमा निर्वाचन केन्द्र सञ्चालन गर्नका लागि महिला जनशक्ति मात्र खटाइएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय रसुवाका जनस्वास्थ्य अधिकृत बसुन्धरा शर्मा मतदान अधिकृत, जिल्ला नापी कार्यालय रसुवाका सर्वेक्षक अन्जु नेपाल सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी, दुईजना कार्यालय सहयोगी समेत महिला रहेका छन् । मतदान केन्द्रमा ६ सय ९४ जना मतदाता रहेका छन् ।
चुनावका लागि जिल्लामा दुई सय ५२ जना कर्मचारी परिचालन गरिएको छ । पाँच गाउँपालिका रहेको जिल्लामा ३४ मतदान स्थल र ४२ मतदान केन्द्र रहेको छ । २७ हजार ८ सय ५४ जना मतदाता रहेको रसुवामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका लागि ५ सय १२ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।
Comments
अरु समाचार
-
आज देशभर बादल लाग्ने, मध्यम वर्षा/हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी,...
-
आज ईद उल फित्र पर्व मनाइँदै, राष्ट्रपति पौडेलले दिए शुभकामना
काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
प्रतिकुल मौसमका कारण उडान प्रभावित, धेरै विमान गन्तव्यमा अवतरण नगरी डाइभर्ट
काठमाडौँ । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान
काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...












