कंगोमा फेरि इबोला संक्रमण फैलियो
काठमाडौं, ३० बैशाख । अफ्रिकी देश कंगोमा इबोला भाइरसको संक्रमण फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कंगोमा इबोलाको प्रकोप फैलिएको घोषणा गरेको हो । कंगोको उत्तरपूर्वी क्षेत्रमा इबोलाका कारण १ जनाको ज्यान गएको पुष्टि भएको बिबिसीले जनाएको छ । ९ जनामा इबोलाको संक्रमण भएको हुनसक्ने आशंका गरिएकोमा तीन जनाको ज्यान गएको र त्यसमध्ये एकजनामा इबोला पुष्टि भएको डब्लुएचओले जनाएको छ ।
मध्य अफ्रिकी गणतन्त्र (कार) सँगको सीमा क्षेत्रमा इबोला संक्रमण भेटिएको र त्यहाँ मानिसहरु बिरामी पर्न थालेका स्वास्थ्यकर्मीले बताएका छन् । ग्रामीण बस्ती र कम जनसंख्या भएकाले संक्रमणदर नियन्त्रण गर्न र रोकथाम गर्न भने सहज हुने डब्लुएचओले जनाएको छ ।
त्यहाँ सन् २०१४ मा अन्तिम पटक इबोलाको संक्रमण फैलिएको थियो । सन् २०१४/१५ मा पश्चिम अफ्रिकी देशमा फैलिएको इबोलाका कारण ११ हजार मानिसको ज्यान गएको थियो । एजेन्सी
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












