नेपाल-भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द
नवलपरासी, ३० बैशाख । स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघि नवलपरासीको त्रिवेणी नाका आज बिहान ७ बजेबाट सिल (बन्द) गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।
दुई देशका सुरक्षा निकायका प्रमुखको भारतका विहारमा भएको दुई पक्षीय सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ । पहिलो चरणमा नवलपरासीको प्रदेश नम्बर ४ मा मात्र निर्वाचन हुँदैछ । तसर्थ प्रदेश नम्बर ४ मा पर्ने नाका त्रिवेणी नाकालाई मात्र सिल गरिएको हो ।
नेपाली सेनासहित दुई हजार सात सय सुरक्षाकर्मी
स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नवलपरासीमा चार सय ७५ जना नेपाली सेनासहित करिब दुई हजार सात सय सुरक्षाकर्मी परिचालन भएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने नवलपरासी जिल्लामध्ये प्रदेश नम्बर ४ मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलगायतका सुरक्षाकर्मी परिचालन भएका हुन् ।
जसअनुसार नेपाली सेना चार सय ७५, नेपाल प्रहरी आठ सय, सशस्त्र प्रहरी पाँच सय, नौ सयको सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।
पहिलो चरणमा नवलपरासीको प्रदेश नम्बर ४ मा पर्ने नवलपुर क्षेत्रमा आठ वटा स्थानीय तहको निर्वाचन हुँदैछ । जसमा तीन वटा गाउँपालिका पहाडी क्षेत्रमा पर्दछन् भने चार वटा नगरपालिका र एक गाउँपालिका राजमार्ग क्षेत्रमा पर्दछन् । रासस
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












