आफ्नै विद्यार्थी लिन गएको बसले किचेर ९ कक्षामा अध्ययनरत छात्राको मृत्यु
विरगञ्ज, ८ जेठ । विद्यार्थी लिन गएको बसले कुल्चेर एक छात्राको ज्यान गएको छ । आज विहान विरगन्जको महावीरआस्थानमा स्कुलको विद्यार्थी लिन गएको बसले किचेर विरगन्जमा रहेको कादम्बरी एकेडेमीमा कक्षा ९ मा अध्ययनरत दीया अग्रवालको ज्यान गएको प्रहरीले जनाएको छ ।
बिहान ८ः३० बजेतिरको समयमा ना २ ख ८९३ नम्बरको बसले कुल्चेर दीयाको ज्यान गएको हो । घटनापछि अहिले स्थानीय निकै आक्रोशित भएका छन् भने, स्थिति तनावपूर्ण छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । दीया स्कुल जाने तयारीमा थिइन् । त्यतिबेला स्कुलको बस आइपुग्यो ।
छात्रा बसमा चढ्ने क्रममा बसको ढोकामा उक्लदै गर्दा बस गुड्न थालेको थियो । छात्रा अनियन्त्रित भइन् र सडकमा लड्न पुगिन । बसले उनलाई कुल्चियो । गाडि ब्याक गरेर बालिकालाई कुल्चिएको प्रत्यक्षदर्शीले बताएका छन् । कक्षा ९ मा अध्ययनरत १३ बर्षीया छात्रा स्थानीय व्यापारी राम अग्रवालकी छोरी हुन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












