दुई हप्तादेखि जापानीज इन्सेफलाईटिस खोप अभाव, जुन पहिलो साता आउने
काठमाडौं, १८ जेठ । जापानीज इन्सेफलाईटिस खोपको अभाव भएको छ । बालबालिकालाई लगाइदै आएको जापानीज इन्सेफलाईटिस (जेइ) खोप २ हप्तादेखि अभाव भएको हो । पुरानो स्कट सकिएको र चीनबाट ल्याउने प्रकृयामा ढिलाई भएका कारण नयाँ खोप आउन समय लागेको स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख बसन्त श्रेष्ठले बताए ।
‘विगत छ महिनादेखि खोप ल्याउने प्रयास गर्दा गर्दै पनि दुई हप्तासम्मका लागि खोप अभाव भएको छ,’ उनले भने,’चीनबाट मगाउनु पर्ने र त्यसको लागि आवश्यक प्रकिया पुर्याउनु पर्ने हुँदा केही समयको लागि ढिलाई भएको हो ।’ यद्यपी, स्वास्थय मन्त्रालयबाट यही जुनकोे पहिलो हप्तामै खोप आउने जानकारी प्राप्त भएको श्रेष्ठले बताए ।
जापानीज इन्सेफलाईटिस विरुद्ध १२ महिना देखि २४ महिना भित्रका बालबालिकालाई दिइदै आएको यो खोप जुनसुकै बेला लगाउन सकिन्छ । नेपालमा यस वर्ष करिब ६ लाख ६० बालबालिकालाई यो खोप लगाइने महाशाखाको लक्ष्य छ । एक भाइलमा ५ डोज हुने र खोले पछि विग्रने भएकोले पनि महाशाखाले वाषिर्क १० लाख भाइल डोज नेपाल ल्याउने गरेको बताएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












