दुई हप्तादेखि जापानीज इन्सेफलाईटिस खोप अभाव, जुन पहिलो साता आउने
काठमाडौं, १८ जेठ । जापानीज इन्सेफलाईटिस खोपको अभाव भएको छ । बालबालिकालाई लगाइदै आएको जापानीज इन्सेफलाईटिस (जेइ) खोप २ हप्तादेखि अभाव भएको हो । पुरानो स्कट सकिएको र चीनबाट ल्याउने प्रकृयामा ढिलाई भएका कारण नयाँ खोप आउन समय लागेको स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख बसन्त श्रेष्ठले बताए ।
‘विगत छ महिनादेखि खोप ल्याउने प्रयास गर्दा गर्दै पनि दुई हप्तासम्मका लागि खोप अभाव भएको छ,’ उनले भने,’चीनबाट मगाउनु पर्ने र त्यसको लागि आवश्यक प्रकिया पुर्याउनु पर्ने हुँदा केही समयको लागि ढिलाई भएको हो ।’ यद्यपी, स्वास्थय मन्त्रालयबाट यही जुनकोे पहिलो हप्तामै खोप आउने जानकारी प्राप्त भएको श्रेष्ठले बताए ।
जापानीज इन्सेफलाईटिस विरुद्ध १२ महिना देखि २४ महिना भित्रका बालबालिकालाई दिइदै आएको यो खोप जुनसुकै बेला लगाउन सकिन्छ । नेपालमा यस वर्ष करिब ६ लाख ६० बालबालिकालाई यो खोप लगाइने महाशाखाको लक्ष्य छ । एक भाइलमा ५ डोज हुने र खोले पछि विग्रने भएकोले पनि महाशाखाले वाषिर्क १० लाख भाइल डोज नेपाल ल्याउने गरेको बताएको छ ।
Comments
अरु समाचार
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...












