राति सुतेको अवस्थामा घरभित्रै पसेर नेपाली अपहरण गर्ने भारतीय समूह प्रहरी फन्दामा
डोटी, १८ जेठ । बुधवार राति एक नेपालीलाई अपहरण गर्ने भारतीय समूहलाई प्रहरीले पक्राउ गरेको छ । डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा निवासी लालबहादुर आउजीलाई अपहरण गर्ने भारतीय समूहलाई प्रहरीले पक्राउ गरेको हो । यद्यपी प्रहरीले अपहरणकारी को थिए भन्ने खुलाएको छैन ।
मध्यराती अपहरण गर्ने ब्यक्तिहरु भारतीय भएको स्थानीयले बताएका छन् । स्थानीयबासीका अनुसार राती करिब दुई बजे भारतमा काम गर्ने लडागडाकै प्रसाद पार्की र अन्य तीन जना भारतीयले घरमै सुतेका बेला लालबहादुरको अपहरण गरेका हुन् ।
‘प्रसादले मध्यरातमा ढोका ढक्ढक्याएपछि लालवहादुरकी श्रीमतिले ‘को हो भनी सोध्दा उनले आफ्नो परिचय दिएपछि ढोका खोलियो’ एक स्थानीयले भने ‘ढोका खोल्नासाथ उक्त समूह भित्र पसी लालवहादुरलाई हात खुट्टा बाँधी जवरजस्ती गाडीमा हालेर लगे ।’ उनी भन्छन् ‘डोरीले हात खुट्टा बाँधियो र मुखमा पट्टी पनि बाँधियो ।’
घटनापछि स्थानीयले तत्काल ईलाका प्रहरी कार्यालय लडागडामा खवर गरेका थिए । घट्नाको सुचना जिल्ला प्रहरी कार्यालय डोटीसम्म पुगेपछि जिप्रकाको पहलमा अपहरणमा प्रयोग गरिएको गाडी, अपहरणकारी र अपहरित व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले घटना घटना भएको र छानविन भइरहेको बताए ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












