नेपालमा पहिलो पटक ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा
नवलपरासी, १९ जेठ । नवलपरासीको गैंडाकोट नगरपालिकाले सम्भवतः नेपालमै पहिलो पटक ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा यात्रा गर्न सकिने व्यवस्था मिलाएको छ । गैंडाकोट नगरपालिका कार्यालयले गैंडाकोट नगर क्षेत्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि सिटी बसमार्फत निःशुल्क यात्रा गर्न सकिने गरी व्यवस्था मिलाएको हो ।
गडौंकोटका ज्येष्ठ नागरिकले स्थानीयस्तरमा गैंडाकोट र चितवनको भरतपुरको सबै क्षेत्रदेखि पश्चिममा नवलपरासीको रजहरको शाश्वतधाम, पूर्वमा देवघाटसम्मको धार्मिक यात्रा अब निःशुल्क गर्न पाउने गैंडाकोट नगर कार्यपालिकाले जनाएको छ । अबदेखि गैंडाकोटको महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्रमा, घनाबस्ती भएका सम्पूर्ण क्षेत्रमा कुना कुनामा सिटी बस जाने भएको छ । त्यसका लागि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले आ–आफ्नो वडा कार्यालयबाट निःशुल्क यात्राको सिफारिस लिई सिटी बसको कार्यालयमा गएर परिचयपत्र बनाउन सकिने गैंडाकोट नगरकार्यपालिकाले जनाएको छ ।
ग्लोबल मेट्रो सिटी बस प्रालिका अध्यक्ष बद्रीप्रसाद अधिकारीका अनुसार बिहान ६ देखि बेलुका ७ बजेसम्म नारायणगढदेखि शाश्वतधामसम्म ६ वटा बस सञ्चालनमा आउनेछन् । त्यसैगरी, स्थानीयस्तरमा पनि सिटी बसमा निःशुल्क यात्रा गर्न ज्येष्ठ नागरिकलाई व्यवस्था मिलाइएको गैंडाकोट नगरकार्यपालिकाले जनाएको हो ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











