नेपालमा पहिलो पटक ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा
नवलपरासी, १९ जेठ । नवलपरासीको गैंडाकोट नगरपालिकाले सम्भवतः नेपालमै पहिलो पटक ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा यात्रा गर्न सकिने व्यवस्था मिलाएको छ । गैंडाकोट नगरपालिका कार्यालयले गैंडाकोट नगर क्षेत्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि सिटी बसमार्फत निःशुल्क यात्रा गर्न सकिने गरी व्यवस्था मिलाएको हो ।
गडौंकोटका ज्येष्ठ नागरिकले स्थानीयस्तरमा गैंडाकोट र चितवनको भरतपुरको सबै क्षेत्रदेखि पश्चिममा नवलपरासीको रजहरको शाश्वतधाम, पूर्वमा देवघाटसम्मको धार्मिक यात्रा अब निःशुल्क गर्न पाउने गैंडाकोट नगर कार्यपालिकाले जनाएको छ । अबदेखि गैंडाकोटको महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्रमा, घनाबस्ती भएका सम्पूर्ण क्षेत्रमा कुना कुनामा सिटी बस जाने भएको छ । त्यसका लागि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले आ–आफ्नो वडा कार्यालयबाट निःशुल्क यात्राको सिफारिस लिई सिटी बसको कार्यालयमा गएर परिचयपत्र बनाउन सकिने गैंडाकोट नगरकार्यपालिकाले जनाएको छ ।
ग्लोबल मेट्रो सिटी बस प्रालिका अध्यक्ष बद्रीप्रसाद अधिकारीका अनुसार बिहान ६ देखि बेलुका ७ बजेसम्म नारायणगढदेखि शाश्वतधामसम्म ६ वटा बस सञ्चालनमा आउनेछन् । त्यसैगरी, स्थानीयस्तरमा पनि सिटी बसमा निःशुल्क यात्रा गर्न ज्येष्ठ नागरिकलाई व्यवस्था मिलाइएको गैंडाकोट नगरकार्यपालिकाले जनाएको हो ।
Comments
अरु समाचार
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...












