मिडाट अस्पतालले गल्ती स्वीकार्दै मृतकका परिवारलाई ३० लाख रुपैयाँ दिने
ललितपुर, २१ जेठ । ललितपुरको लगनखेलस्थित मिडाट अस्पतालले आफ्नो गल्ती स्वीकार गर्दै मृतकका परिवारलाई ३० लाख रुपैयाँ दिने भएको छ । मिडाट अस्पत्तालले गल्ति स्वीकार गर्दै मृतकका परिवारलाई सहयोग स्वरुप ३० लाख रुपैयाँ सहयोग गर्ने सहमति गरेको हो ।
अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै विरामीका आफन्तले अस्पताल परिसरमा नाराबाजी सहित विरोध जनाएपछि अस्पतालले उक्त रकम दिन सहमति जनाएको हो । विरामीका आफन्तले दोषीलाई कारवाही हुनुपर्ने तथा मृतकलाई उचित क्षतिपूति दिइनुपर्ने माग राख्दै अस्पताल परिसरमा केही बेर नारा जुलुस गरेपछि अस्पतालले क्षतिपुर्ति दिन सहमति जनाएको हो ।
यद्यपी पीडित पक्ष र अस्पताल प्रशासनबीच सम्झौता हुन अझै बाँकी छ । मृतकका आफन्तले अस्पताल समक्ष ६० लाख रुपैयाँ क्षतपूर्ति बापतको रकम माग गरेका थिए । पेट दुख्ने समस्याका कारण गत जेठ १५ गते मिडाट अस्पताल भर्ना भएकी बनेपा १० नमोवुद्ध अस्थाई घर भएकी बनेपा ८ की ५३ वर्षीया रोजकुमारी श्रेष्ठको गत जेठ १६ पाठेघरका शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया पश्चात्त उपचार गर्ने क्रममा विरामीलाई पेट फुल्ने समस्या तथा असहज महसुस भएपछि विरामीको ज्वाई लगायत आफन्तको दवावमा अस्पताललाई त्यसबारे थप उपचार गर्न लगाइएको थियो । उपचारका क्रममा भिडियो एक्सरे गर्दा पाठेघरको शल्यक्रियाका क्रममा नजिकैको आन्द्रा काटिएर त्यसमा प्वाल भएको र त्यसबाट दिशा चुहिएर पेटमा संक्रमण भएको पाइएको थियो ।
लगत्तै, अस्पतालका अर्का चिकित्सक मनिस श्रेष्ठको टिमले उक्त आन्द्राको शल्यक्रिया गरेको थियो । त्यसको करिब १५ घण्टा जति पछि बिरामीलाई स्वास फेर्न अप्ठेरो भई समस्या देखिए पछि बल्ल अस्पतालले आफूकहाँ आईसीयू नभएकोले पाटन अस्पताल लैजान भनेको थियो । पाटन अस्पताल लगेको करिब १५ मिनटमै विरामीको मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












