पर्सामा म्यादी प्रहरी जथाभावी रकम उठाउन थालेपछि सर्वसाधारण आतंकित
वीरगञ्ज, २३ जेठ । स्थानीय तहको निर्वाचनमा भर्ना गरिएको म्यादी प्रहरीले जथाभावी रकम उठाउन थालेपछि पर्सामा सर्वसाधारण आतंकित भएका छन् । नेपाल–भारतको सीमा क्षेत्र इनर्वा, छपकैया, सिरसियालगायत ठाउँमा म्यादी प्रहरीको बाक्लो उपस्थिति रहेको र भारतबाट घरायसी प्रयोजनका लागि सामान ल्याउँदा गाली–गलौज गर्ने, अभद्र व्यवहार गर्ने, सामान खोस्ने, मागअनुसारको रकम लिने गरेको पीडित उपभोक्ताको गुनासो छ ।
जिल्लामा एक हजार ४९२ म्यादी प्रहरी छन् । पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले यसबारेमा केही थाहा नभएको तर वास्तविकता पत्ता लगाइने स्पस्ट गरे । देशमा सबभन्दा बढी राजस्व दिने मानिएको वीरगन्ज भन्सार क्षेत्रमा रहेका म्यादी प्रहरीले प्रतिव्यक्ति रु २५ देखि ५० सम्म रकम उठाउने गरेको पीडितको गुनासो छ ।
‘पहिले–पहिले भारतबाट सामान ल्याउँदा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई महिनावारी रकम दिने गरिएको, अहिले म्यादी प्रहरीलाई रकम दिनुपर्ने बाध्यता रहेको’ मीनाबजारका एक व्यापारीले नाम उल्लेख नगरिदिने सर्तमा बताएका छन् ।
ट्राफिक प्रहरीको जिम्मामा रहेको सवारीजाँच गर्ने अधिकार अब म्यादी प्रहरीले पनि प्रयोग गर्न थालेको भनी सवारीधनी तथा चालकले दिक्दारी व्यक्त गरेका छन् । घरायसी प्रयोजनका लागि भनेर दुई साडी ल्याउँदा भन्सार क्षेत्रमा रहेका म्यादी प्रहरीले खोसेको तथा साँझ परेपछि रकम लिएर उक्त साडी फिर्ता दिएको छपकैयाकी एक गृहिणीले गुनासो गरिन् ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति सरेपछि ब्यारेकभित्र बस्नुपर्ने म्यादी प्रहरीलाई वीरगन्ज सहरको कुनाकाप्चामा खटाइएपछि जनताले सास्ती भोग्दै आएका छन् । अहिले सीमावर्ती भारतको रक्सौलबाट घरायसी प्रयोजनका लागि समान ल्याउँदा भन्सार नाकामा रहेका भन्सार जाँचकी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तथा सादा पोसाकमा रहेका घुमुवालाई अतिरिक्त रकम दिनुपर्ने बाध्यता रहेको वीरगन्जवासीको गुनासो छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












