सुत्केरी र शिशुको मृत्यु भएपछि पोखराको मणिपाल अस्पताल तनावग्रस्त
पोखरा, २४ जेठ । पोखराको मणिपाल शिक्षण अस्पत्तालमा सुतकेरी र शिशुको मृत्यु भएपछि आफन्तहरु आन्दोलित बनेका छन् । फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकको लापर्वाहीले सुत्केरी र शिशुको ज्यान गएको आरोप लगाउँदै आफन्त आन्दोलित बनेका छन् । सुत्केरी गराउँदा चिकित्सकको लापर्वाहीले धादिङ त्रिपुरा ६ घर भई पोखरा नयाँबजार बस्दै आएकी ३५ वर्षीया शान्ता भण्डारी र उनको नवजात शिशुको ज्यान गएको आफन्तले आरोप लगाएका हुन् ।
मृतकका आफन्तका अनुसार भण्डारी मंगलबार दिउँसो साढे १० बजे मणिपाल शिक्षण अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन् । हिँडेरै अस्पताल गएकी उनले बुधबार विहान सवा २ बजे मृत पुरुष शिशुलाई जन्म दिइन् । त्यतिञ्जेलसम्म अस्पतालले आमा र शिशुलाई खतरा भएको बताएका थिएनन् । नर्मल डेलिभरी भएकी शान्ताले मृत शिशु जन्माएको भन्दै अस्पतालले शिशुलाई तत्कालै मृत घोषणा गर्यो ।
शिशु जन्मेको करीब ३ घण्टा पछि अर्थात विहान ५ बजे चिकित्सकले आमा शान्तालाई पनि मृत घोषणा गरेपछि भने उनका आफन्त आक्रोशित भएका हुन् । नर्मल डेलिभरी भएकी उनलाई चिकित्सकले खतरा भएको वा स्वास्थ्यमा समस्या आएको बारेमा केही जानकारी नदिई एकैपटक मृत घोषणा गरेको आफन्तको आरोप छ ।
सुत्केरी आमा र उनको नवजात शिशुको मृत्युमा चिकित्सकको लापर्वाही जिम्मेवार रहेको भन्दै आफन्तले विहानैदेखि अस्पताल प्रशासनमा धर्ना दिँदै उनीहरुले सत्यतथ्य पत्ता लगाएर दोषी चिकित्सकमाथी कार्वाही गर्न माग गरेका छन् ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












