सुत्केरी र शिशुको मृत्यु भएपछि पोखराको मणिपाल अस्पताल तनावग्रस्त
पोखरा, २४ जेठ । पोखराको मणिपाल शिक्षण अस्पत्तालमा सुतकेरी र शिशुको मृत्यु भएपछि आफन्तहरु आन्दोलित बनेका छन् । फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकको लापर्वाहीले सुत्केरी र शिशुको ज्यान गएको आरोप लगाउँदै आफन्त आन्दोलित बनेका छन् । सुत्केरी गराउँदा चिकित्सकको लापर्वाहीले धादिङ त्रिपुरा ६ घर भई पोखरा नयाँबजार बस्दै आएकी ३५ वर्षीया शान्ता भण्डारी र उनको नवजात शिशुको ज्यान गएको आफन्तले आरोप लगाएका हुन् ।
मृतकका आफन्तका अनुसार भण्डारी मंगलबार दिउँसो साढे १० बजे मणिपाल शिक्षण अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन् । हिँडेरै अस्पताल गएकी उनले बुधबार विहान सवा २ बजे मृत पुरुष शिशुलाई जन्म दिइन् । त्यतिञ्जेलसम्म अस्पतालले आमा र शिशुलाई खतरा भएको बताएका थिएनन् । नर्मल डेलिभरी भएकी शान्ताले मृत शिशु जन्माएको भन्दै अस्पतालले शिशुलाई तत्कालै मृत घोषणा गर्यो ।
शिशु जन्मेको करीब ३ घण्टा पछि अर्थात विहान ५ बजे चिकित्सकले आमा शान्तालाई पनि मृत घोषणा गरेपछि भने उनका आफन्त आक्रोशित भएका हुन् । नर्मल डेलिभरी भएकी उनलाई चिकित्सकले खतरा भएको वा स्वास्थ्यमा समस्या आएको बारेमा केही जानकारी नदिई एकैपटक मृत घोषणा गरेको आफन्तको आरोप छ ।
सुत्केरी आमा र उनको नवजात शिशुको मृत्युमा चिकित्सकको लापर्वाही जिम्मेवार रहेको भन्दै आफन्तले विहानैदेखि अस्पताल प्रशासनमा धर्ना दिँदै उनीहरुले सत्यतथ्य पत्ता लगाएर दोषी चिकित्सकमाथी कार्वाही गर्न माग गरेका छन् ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












