काठमाडौंका सबै स्थानीय तहमा १ साताभित्र कर्मचारी खटाउन मुख्यसचिवको निर्देशन
काठमाडौं, २४ जेठ । काठमाडौं उपत्यकाभित्र रहेका स्थानीय तहमा एक हप्ताभित्र कर्मचारी खटाईसक्न मुख्यसचिव सोमलाल सुवेदीले निर्देशन दिएका छन् । बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचन अन्तर्गत काठमाडौं उपत्यकाका महानगरपालिका र नगरपालिमा एक हप्ताभित्र कर्मचारी खटाइसक्न निर्देशन दिएका हुन् ।
स्थानीय तहको चुनाव भएको करिब एक महिना पुगिसकेका भन्दै उनले तत्काल कर्मचारी खटाएर स्थानीय तहलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएका हुन् । स्थानीय तहमा कर्मचारी खटाउने सन्दर्भमा विषयगत मन्त्रालयका सचिवहरु र सहसचिवहरुसँगको छलफलपछि मुख्यसचिव सुवेदीले यस्तो निर्देशन दिएका हुन् ।
यसका लागि सामान्य प्रशासन मन्त्रालयको सचिवको नेतृत्वमा स्थानीय विकास मन्त्रालयका सचिव र विषय मन्त्रालयको सचिव गरी तीनजनाको कार्यदल बनाउन सुवेदीले निर्देशन दिएका छन् । सो कार्यदलले एक हप्ताभित्र उपत्यकाभित्रका महानगरपालिका र नगरपालिकामा आवश्यक कर्मचारी खटाइसक्नुपर्ने छ ।
मुख्यसचिव सुवेदीले कम्तिमा एक महिनाभित्र सबै स्थानीय तहमा कर्मचारी खटाइसक्न निर्देशन दिएका छन् । उनले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न विस्तृत ओ एण्ड एम सर्भे सम्पन्न पश्चात सोही बमोजिम हुने गरी स्थानीय तहमा कर्मचारी खटाउन भनेका हुन् ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












