कुख्यात अपराधी चार्ल्स शोभराजले भने, ‘मलाई अस्पतालमै खतरा छ’
काठमाडौं, २५ जेठ । कुख्यात किलर चाल्र्स शोभराजको मुटुको जाँच गरिएको छ । ‘विकिनी किलर’का नामले समेत संसारभर कुख्याती कमाएका चार्ल्स शोभराजको कडा सुरक्षा घेराबीच मुटुको जाँच गरिएको हो । शोभराज केही दिनअघि हृदयघात भएर केन्द्रीय कारागारमै ढलेका थिए । ७३ वर्षीय कुख्यात अपराधी शोभराज विगत १४ वर्षदेखि नेपालको जेलमा छन् ।
नेपालको जेलमा रहेका शोभराजको आगामी शनिबार ओपन हार्ट सर्जरी हुन लागेको केन्द्रीय कारागार श्रोतले जनाएको छ । भारतीय प्रत्रिका इण्डियन एक्सप्रेसले शोभराजसँग अस्पतालबाटै टेलिफोनबाट कुरा गरेको जनाईएको छ । शोभराजले भनेका छन्– मलाई थाहा छैन, म यसपटक बाँच्छु कि बाँच्दिनँ । मलाई मृत्युको धम्की आइसकेको छ । उसै पनि फ्रान्समा भन्दा नेपालमा ओपन हार्ट सर्जरीमा बढी खतरा हुन्छ । नेपालमा ३ देखि ५ प्रतिशत मान्छेको ओपन हार्ट सर्जरीमा ज्यान जान सक्छ, जब कि फ्रान्समा १ प्रतिशतमात्र खतरा रहन्छ ।
गंगालाल अस्पतालका कार्डियोलोजिस्टहरुले आफूलाई जतिसक्दो चाँडो मुटुको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको शोभराजले बताएका छन् । उनको मुटुको एउटा भल्भ पूरै ड्यामेज भएको र अर्को आधा ड्यामेज भएको विज्ञहरुले बताएका छन् ।
बिगत ५ वर्षदेखि शोभराजको मुटुको नियमित जाँच गरिरहेका एक बरिष्ठ मुटु रोग विशेषज्ञले शोभराजको अवस्था खतरायुक्त नभए पनि धेरै गम्भीर रहेको बताएको इन्डियन एक्सप्रेसले दाबी गरेको छ । चिकित्सकले भनेका छन्– उनको तत्काल मुटुको भल्भ फेर्नुपर्ने देखिएको छ । उनलाई मैले जेलमै गएर नियमित जाँच गरिरहेको छु ।आगामी शनिबार उनको भल्भ फेरिन्छ ।
शोभराजले आफ्नो मुटु रोगको रिपोर्ट आफ्नो साथी मार्फत फ्रान्स र बेलायतका मुटुरोग विशेषज्ञहरुलाई पनि देखाएका थिए । आफू एक वर्षअघि नै नेपालको जेलबाट मुक्त हुनुपर्ने भए पनि यहाँका सरकारी अधिकारीहरुले आफू विरुद्ध जुनसुकै घटना हुने भएकाले उनीहरुलाई मलाई खतरामा पार्न नचाहेको शोभराजको प्रतिक्रिया छ ।
शोभराजले भनेका छन्– हालसालै नेपालको सर्बोच्च अदालतमा भएको एउटा सनुुवाइमा मविरुद्ध केस हाल्ने एउटा स्थानीय व्यक्तिले मलाई फेरि धम्की दियो । उसले मलाई नेपालकै जेलमा मरेको हेर्न चाहान्छु भन्यो । त्यसैले मैले फ्रान्सेली दूतावासमा आफ्नो ज्यान सुरक्षाका लागि लेखेर पठाएको छु ।’
भारतीय पत्रिकालाई शोभराजले भनेका छन्– ‘मलाई उनीहरुले नेपाल सरकारबाट अस्पतालमा पूर्ण सुरक्षाको ग्यारेन्टी गरिएको बताएका छन् । शोभराजले आफूलाई जेलभित्र खाना पकाएर खान नदिइएको भन्दै आफू कमजोर हुँदै गएको बताएका छन् । केही वर्षअघि शोभराजसँग १८ वर्षीया नेपाली किशोरी निहिता विश्वासले जेलभित्रै बिहे गरेकी थिइन् । तर पछिल्लो समयमा उनी शोभराज भेट्न जान छाडेकी छन् ।
आफू अस्पतालमा पनि ह्वीलचेयरमा आएको र उपचारपछि आफूले पुनः रिहाईका लागि पुनरावेदन गर्ने शोभराजले बताएका छन् । पेरिस फर्किएर आफूले धेरै काम गर्ने योजना बनाएको समेत शोभराजले बताएका छन् । शोभराजको जीवन र उनले गरेका अपराधसँग सम्बन्धित किताब प्रकाशन भइरहेको छ ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












