२ महिनाभित्र १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न विकास समितिको निर्देशन
काठमाडौं, २६ जेठ । संसदको विकास समितिले १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न निर्देशन दिएको छ । ट्राफिक प्रहरीले पछिल्लो पटक जेब्रा क्रसिङ बाहेकका अन्य स्थानबाट बाटो काट्ने पैदल यात्रुलाई २०० रुपैयाँ जरिवाना गर्ने वा ३ घन्टा थुन्न थालेपछि विकास समितिले यस्तो निर्देशन दिएको हो ।
कारवाही प्रक्रियालाई कडाई गरेपछि ट्राफिक प्रहरीको चर्को आलोचना भइरहेको छ । आवश्यकता अनुसार जेब्रा क्रसिङ नै नभएको र पर्याप्त जनचेतना नजगाई कारबाही थालिएको भन्दै ट्राफिक प्रहरीको चर्को आलोचना भएपछि विकास समितिले यस्तो निर्देशन दिएको हो ।
विकास समितिको शुक्रबारको बैठकले उपत्यकाको सडकमा १२० मिटरमा जेब्रा क्रसिङ राख्ने गरी ७ दिनभित्र मापदण्ड बनाउन र २ महिनाभित्र कार्यान्वयन गरिसक्न सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।
साथै पैदलयात्रीहरुलाई सडक अनुशासन पालना गरेको कारबाही गर्नुपूर्व पर्याप्त जनचेतना जगाउन भनेको छ । साथै सात दिनभित्र सडक अनुशासन निर्देशका तथा सडक र सडकपेटी प्रयोग गर्ने निर्देशक बनाएर कार्यान्वयन गर्न निर्देश गरेको छ ।
विकास समितिले ट्राफिक बत्ति पुनः सुचारु गर्ने प्रक्रिया छिटो निष्कर्षमा पुर्याउन भनेको छ । यदि यो प्रक्रियाले समय लिने भए आफ्नो स्रोत वा वैकल्पिक व्यवस्थापनबाट ५ महिनाभित्र ट्राफिक बत्ति पुनः सुचारु गर्न निर्देशन दिएको छ ।
संसदको विकास समितिको शुक्रबारको बैठकले ट्राफिक नियम उल्लंघन गरेवापत गरिने जरिवानाको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई नदिन पनि निर्देशन दिएको छ । समितिले यस्तो भत्ता उपलब्ध गराउनुको साटो ट्राफिक प्रहरीलाई जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन विकास समितिले निर्देशन दिएको छ ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












