भारतीय पक्षको दवावपछि कञ्चनपुरको पुनर्वासमा नेपाली सीमा सर्भे टोली कामै नगरी फिर्ता
कञ्चनपुर, २८ जेठ । नेपाल-भारत संयुक्त सीमा सर्भे टोली कञ्चनपुरको पुनर्बासबाट काम पूरा नगरी फिर्ता भएको छ । चैत्र अन्तिम सातादेखि काम सुरु गरेको संयुक्त सीमा सर्भे नेपाली टोली काम पूरा नगरी पुनर्वास नगरपालिका ८ शहीद गोविन्द बजार (आनन्दबजार) बाट शनिवार फिर्ता भएको हो ।
छेउछाउको करिव साढे चार किलोमिटर सीमा सर्भे गरी सीमास्तम्भ खडा गर्ने जिम्मेवारी पाएको नापी विभागको टोली अचानक फिर्ता भएको हो । नेपाली टोली अचानक फिर्ता भएपछि उक्त मामिला रहस्यमय बन्दै गएको छ । संयुक्त कार्य टोलीको समयसीमा, वर्षात र गरेको कार्यको रिपोर्टको लागि फिर्ता भएको टोलीले जनाएको छ । सर्भे टोलीका प्रमुख निर्मल आचार्यले वर्षात सुरु भएकाले आफुहरुले काम गर्न नसक्ने भन्दै फर्किएको बताए ।
गत चैत महिनामा पुनर्वास पुगेको सर्भे टोलीले सबै राजनैतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवि, समाजसेवी लगायतसँगको छलफलमा काम सकेर मात्र जाने बताएको थियो । तर अहिले आएर एकाएक विभिन्न कारण देखाउँदै टोली फर्किएपछि स्थानीयबासी आक्रोशित बनेका छन् ।
नेपाल–भारत सीमास्तम्भ नम्बर ७६८ अर्थात् साविकको १९८ नम्बर सीमास्तम्भदेखि हालको ७७१ नम्बर सीमास्तम्भ अर्थात २०१ नम्बर स्तम्भसम्मकोबीचमा पर्ने अर्थात १९९ र २०० नम्बर सीमास्तम्भलाई अहिलेसम्म मुख्य स्तम्भ मानिदै आएको थियो । तर, ती मुख्य स्तम्भ नभएको खुलासा भएको नेपाली टोलीका प्रमुख आचार्यले बताएका थिए ।
टोली प्रमुख आचार्यले ती दुई स्तम्भ ‘बर्डर पिलर’ नभएको र ‘रिफरेन्स पिलर’ हुन सक्ने बताए । बर्डर पिलरलाई खास सीमास्तम्भ मानिन्छ भने सीमास्तम्भ पहिचान गर्न सघाउने सहायक स्तम्भलाई रिफरेन्स पिलर भनिन्छ । यसअघिसम्म भारतले ती दुई स्तम्भलाई नै बर्डर पिलर भन्दै आईरहेको थियो ।
टोलीका प्राविधिक कासीलाल चौधरीलेले एक सातादेखि भारतीय टोलीले भारत तर्फ सर्वे गर्न नमानेको बताएका थिए । उनका अनुसार स्ट्रीप म्यापका आधारमा अहिलेको सीमारेखा करिव ५ सय मिटर भारततर्फ सर्ने देखिएपछि भारतले काम रोकेको थियो । काम रोकेर भारतीय टोलीले नेपाली टोलीलाई वार्तामा बोलाएको थियो । तर नेपाल सरकारले वार्ताको आदेश दिएको थिएन । नेपाल सरकारले वार्ताको आदेश नदिएपछि भारतीय पक्षले नेपाली पक्षलाई काम बन्द गर्न निरन्तर दवाव दिएको बुझिएको छ । भारतीय पक्षको दवावपछि नेपाली टोली आफ्नो कामबाट व्याक भएको एक स्थानीयले बताए ।
नेपाली टोली फर्किए पनि भारतीय टोली अझै बसहीमा बसेर काम गरिरहेको स्थानीयको भनाई छ । नेपाली टोलीले वर्षात लागेको कारण देखाउँदै फर्किएको तर भारतीय टोलीले भने अझै काम जारी राखेको भन्दै स्थानीयले भने, ‘नेपाली पक्षको यस्तो हर्कतले त सीमाबासीले समस्या भोग्नुपरेको छ ।’
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












