आफ्नो पक्षमा आदेश नआएपछि एमालेद्धारा अदालतविरुद्ध प्रदर्शन
दोलखा, २८ जेठ । दोलखामा आफ्नो पक्षमा आदेश नआएपछि नेकपा एमालेले प्रदर्शन गरेको छ । जिल्ला अदालत दोलखाले जुगु घटनामा त्रुटिपूर्ण आदेश गरेको भन्दै एमाले कार्यकर्ताले सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका हुन् ।
गत वैशाख २६ गते स्थानीय निर्वाचनको चुनाव प्रचारका क्रममा दोहोरो झडप हुँदा गौरिशंकर गाउँपालिका–१ का कुलबहादुर तामाङको ज्यान गएको थियो । एमालेका तर्फबाट वडा सदस्यका उम्मेद्वार गोरे तामाङका छोरा समेत रहेका कुल बहादुरलाई माओवादी कार्यकर्ताले हत्या गरेको भन्दै मृतकका परिवारले ४० जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिएका थिए ।
घटनापछि प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । शुक्रवार सो मुद्धाको सुनुवाई गर्दै जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले थुनामा रहेका सवैलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएका थिए । न्यायाधीश श्रेष्ठले यस्तो आदेश गरेसँगै आईतबार एमाले कार्यकर्ताले सदरमुकाम चरिकोटमा प्लेकार्ड सहित न्यायालयबिरुद्ध मौन जुलुस निकालेका छन् ।
मृतकका परिवारले पुर्व मन्त्री देवी खड्का, विशाल खड्का, गंगा कार्की (विश्व) समेतलाई कर्तब्य ज्यानको अभियोगमा किटानी जाहेरी दिएका थिए । जुगुमा उक्त घट्ना घटेको दिन गंगा कार्की पार्टी विशेषको कामले रामेछाप गएको तथा विशाल खड्का चरिकोटमै रहेको माओवादी केन्द्रले दावी गर्दै आएको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











