ताजा समाचार

ट्राफिक अदालत गठनको कानून निर्माण गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, २९ जेठ । ट्राफिक अदालत गठनका लागि कानून निर्माणको आदेशको माग गर्दै आईतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई आइतबार अधिवक्ता विकास भट्टराई र जनकराज आचार्यले संयुक्त रुपमा दायर गरेको रिट निवेदनमा माग गरिएको हो ।

ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित गर्न, अन्तर्राष्ट्रियस्तरको मापदण्ड बमोजिम बनाउन, प्राकृतिक न्यायको सिद्धान्तलाई परिपालना गर्न, ट्राफिक प्रहरी र सवारी धनी तथा चालकबिच हुने खिचातानीलाई हटाउन कानुन निर्माण गर्न निवेदकले माग गरेका छन् ।

नेपालको संविधानको धारा १२७ (२) मा ट्राफिक अदालत गठन गर्न आवश्यक कानुन निर्माण गर्न सकिने व्यवस्था भएकाले सोहीअनुसार कानुन निर्माण गरी सवारी चालक र ट्राफिक प्रहरीबिचको विवाद समाधान गर्न सहज हुने रिट निवेदनामा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org