हर्बो इन्टरनेशनलजस्तै नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने १०२ जना पक्राउ
काठमाडौं, २९ जेठ । गैर कानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने एक सय २ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति पुरानो बानेश्वरको सिद्धार्थ कटेजबाट प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
गैर कानुनी रुपमा नोटवर्किङ व्यवसायबाट ठगी गरेको देखिएकाले उनीहरुलाई पक्राउ गरिएको एसपी मिरा चौधरीले जानकारी दिईन् । रमेश महर्जनलगायत ब्यक्तिले सञ्चालन गरेको व्यवसायमा प्रत्येक व्यक्तिले ३ लाखदेखि लगानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
सदस्य बढाउँदै पिरामिड आकारमा सञ्जाल विस्तार गरी बस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले ठगी गरेपछि सरकारले कानुन बनाएरै यस्तो व्यवसायमा प्रतिबन्ध लगाएको थियो ।
केही वर्षअघि युनिटी लाइफ इन्टरनेश्नल, हर्वो इन्टरनेशनल लिमिटेड लगायतले पिरामिड आकारको व्यवसाय सञ्चालन गरी ठगी गरेपछि सरकारले प्रतिबन्ध लगाएको थियो। पक्राउ परेका सबैसँग बयान तथा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












