गृहमन्त्री जनार्दनले ‘गुन्डाहरूलाई तह लगाउँछु’ भनेको केहीदिनमै गुन्डा नाइके दावा लामा फरार
काठमाडौं, ३० जेठ । गुण्डा नाइके दावा लामा फरार भएका छन् । गृहहमन्त्री जनार्दन शर्माले ‘गुन्डाहरूलाई तह लगाउँछु’ भनको केही दिनभित्रै ‘डन’ लामा सिङ्गापुरतिर फरार भएका हुन् । गुन्डा नाइके दावा लामा आफ्ना दुई साथी फुर्वा लामा र सञ्जीव तामाङसहित सिङ्गापुरतिर लागेका हुन् । अहिले यी तीन जनाको जोडी सिङ्गापुरमा घुमेर दिन कटाउने गरेको छ ।
नेपाली कांग्रेसबाट काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तीर्थ लामाको संरक्षणमा राजधानीमा गुन्डागर्दी गर्दै आएका दावा लामालाई नयाँ गृहमन्त्री जनार्दन शर्माको सार्वजनिक चेतावनीले तर्साएको छ । सोही डरका कारण दावा लामा डराएर सिङ्गापुरतिर भागेको उच्च सुरक्षा स्रोतको भनाइ छ ।
राजधानीमा जबरजस्ती असुली, अपहरण, ठेक्का पट्टा, कुटपिटलगायतका गैरकानूनी क्रियाकलापमा संलग्न हुँदै आएका दावा लामालाई अघिल्ला गृहमन्त्री विमलेन्द्र निधिले सांसद तीर्थ लामाको दवावमा संरक्षण गर्दै आएका थिए ।
माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्माले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आतंकित बनेका दावा लामा आफ्ना दुई साथीलाई काखीच्यापेर सिङ्गापुरतिर फरार भएको उच्च प्रहरी स्रोतको भनाइ छ । ती दुई साथी फुर्वा लामा र सञ्जीव तामाङले दावा लामाका गैरकानूनी कार्यमा सहयोग गर्दै आएको अपराध महाशाखा टेकुले जनाएको छ ।
दुई महिना अगाडि काठमाडौंको गौरीघाटमा अपरिचित व्यक्तिको गोली प्रहारबाट घाइते भएका दावा लामाको स्वास्थ्यमा सुधार भइसकेको छ । दावा लामाले आफूलाई गोली हान्ने समूहलाई पक्राउ गर्न र अनुसन्धानमा असहयोग गरेको प्रहरीको भनाइ छ । सो घटनाका दोषी पक्राउ पर्दा आफू पनि फस्ने डरले दावा लामाले अनुसन्धानमा असहयोग गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












