तुलसीपुरका व्यवसायी अपहरण गर्ने संदिग्धको स्केच सार्वजनिक, सूचना दिनेलाई १ लाख पुरस्कार
तुलसीपुर, ३० जेठ । प्रहरीले दाङका व्यवसायी राजकुमार श्रेष्ठ र रणबहादुर घर्तीको अपहरणमा संलग्न संदिग्ध व्यक्तिहरुको स्केच सार्वजनिक गरेको छ । प्रत्यक्षदर्शीको बयानको आधारमा अपहरणमा संलग्न संदिग्ध व्यक्तिहरुको स्केच तयार पारिएको हो । साथै प्रहरीले घटनाबारे सूचना दिने ब्यक्तिलाई एक लाख नगद पुरस्कार दिने समेत घोषणा गरेको छ ।
दाङको तुलसीपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक श्रेष्ठ र अर्का व्यक्ति घर्ती गत शुक्रबारदेखि सम्पर्कविहीन छन् । सल्यान जान भनेर हिँडेका उनीहरु हालसम्म घर नफर्किएपछि अपहरणमा परेको निष्कर्षसहित प्रहरीले खोजी जारी राखेको छ । श्रेष्ठ र घर्ती सवार गाडी सल्यानको मुलखोलामा बेवारिसे अवस्थामा फेला परेको थियो । अज्ञात समूहले गाडीमा ढुंगा हानेर रोकेको र अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको अनुसन्धानका लागि मध्यपश्चिम प्रहरी प्रमुख डीआईजी बिजय कायस्थ दाङ आएका छन् । उनले घटनाबारे सुक्ष्म अध्ययन भइरहेको भन्दै दुई चार दिनमै सत्य तथ्य बाहिर आउने बताए । श्रेष्ठको खोजीमा सोमबारदेखि कुकर पनि परिचालन गरिएको छ । घटनामा महिलाको प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












