भारतीय सीमा सर्भे टोलीले पुनर्बासमा रहेको सीमा स्तम्भ नम्बर १९९ रातारात मेटायो
कञ्चनपुर, ३० जेठ । भारतले कञ्चनपुरको पुनर्वासको आनन्द बजार क्षेत्रमा रहेको सीमा स्तम्भ नम्बर १९९ रातारात मेटाएको छ । भारतीय सीमा सर्भे टोलीले रातारात उक्त सीमा स्तम्भ नम्बर मेटाएको हो । यसअघि सो स्तम्भ मुख्यस्तम्भ मानिदैं आएको थियो । गोविन्द गौतमले सहादत प्राप्त गरेपछि थालिएको सीमा सर्भेका क्रममा सो स्तम्भ नक्कली ठहरिएपछि भारतीय पक्षले त्यसको नम्बर मेटाएको हो ।
केही दिन अघिसम्म १९९ नम्बर सीमास्तम्भ लेखिएको प्रष्ट देखिन्थ्यो तर अहिले सो सतम्भको नम्बर मेटिएको छ । भारतीय पक्षले नम्बर मेटेको नेपाली पक्षले बताएका छन् । धारिलो औजार प्रयोग गरी नम्बर मेटाइएको देखिन्छ । बर्षौँदेखि लेखिएको नम्बर भारतीय पक्षले रातारात मेटाएको स्थानीय राजु शाहीले बताए ।
नेपाली नापी टोलीका प्राविधिक कासिलाल चौधरीले भारतले १९९ लाई मुख्य स्तम्भ मान्दै आए पनि संयुक्त सर्भेका क्रममा त्यो रिफरेन्स पिल्लर मात्रै भएको पाइएको बताएका छन् । नक्कली सीमा स्तम्भ भेटिएपछि सीमारेखा ५ सय मिटर दक्षिणतर्फ सर्ने अवस्था आएको नेपाली टोलीको भनाई छ । सीमारेखा परिवर्तन गर्न भारत तयार नहुँदा नेपाली टोलीले शनिबार मध्यरातमा पुनर्वास छोडेका थियो ।
१९९ नम्बर स्तम्भ खडा भएपनि २०० नम्बर भने भारतले २०३२ सालतिर उखेलेर फालेको स्थानीय शेरबहादुर बिकले बताए । भारतीय सुरक्षाकर्मीले गोविन्द गौतममाथि गोली प्रहार गर्दै हत्या गरेपछि नेपाली र भारतीय पक्ष सीमा सर्भे गर्न तयार भएको थियो । चैत्रबाट सीमा सर्भे टोली गठन गरेर नेपाल र भारत दुवै पक्षका टोली फिल्डमा खटिएका थिए ।
नेपाली पक्षले गत शनिवारदेखि काम छोडेर फिर्ता भएको थियो । वर्षाद लागेका कारण देखाउँदै नेपाली सर्भे टोली फिर्ता भएको थियो । तर त्यसको कारण भने वर्षाद नभएर भारतीय पक्षको दवाव रहेको बुझिएको छ । सर्भेका क्रममा पाँच सय मिटर भूभाग भारततर्फ जाने देखिएपछि भारतीय पक्षले नेपाली पक्षलाई दवाव दिँदै आएको थियो । भारतले नेपाली पक्षलाई वार्ताको लागि पटक पटक बोलाएको थियो । नेपाली पक्षले माथिबाट आदेश नआएको भन्दै वार्तामा वस्न अस्वीकार गर्दै आएको थियो ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












