दैलेख बस दुर्घटनामा मृत्यु भएका सबै ११ जनाको सनाखत
दैलेख, १ असार । दैलेखमा बुधबार बस दुर्घटनामा परी ज्यान गुमाउने सबैजनाको सनाखत भएको छ । आठवीस नगरपालिका–४ खिड्कीजिउलाको नैनेलस्थानमा बस दुर्घटना हुँदा ज्यान गुमाएका सबै ११ जनाको सनाखत भएको हो । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ बस दुर्घटना भएको थियो ।
दुर्घटनामा हामफालेर ज्यान जोगाएका चालक प्रेम सुनार र सहचालक प्रेमबहादुर सिंह दुर्घटना लगतै दौडेर राकम प्रहरी चौकीमा पुगेका थिए । चालकले अघिल्लो टायर चिप्लियर नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताएका छन् । दुर्घटनामा घाइतेमध्ये दुईजनालाई हेलिकप्टर र अरु ९ जनालाई एम्बुलेन्सबाट सुर्खेत र नेपालगञ्ज लगिएको छ । अन्य सातजना घाइतेको ७ राकममै उपचार भइरहेको प्रहरी प्रमुख डिएसपी केदार रजौरेले जानकारी दिए ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा अछामको विनायक नगरपालिकाका सिंहा नेपाली, रुपा नेपाली, अछाम भैरवस्थानका धिरेन्द्र विसी, राजकोट नगरपालिका–६, कालिकोटका युवराज शाही, शान्नित्रिवेणी गाउँपालिका कालिकोटका सुनिल शाही, रासकोट नगरपालिका ५ कालिकोटका धर्मराज शाही, प्रकाश शाही, कविता शाही रहेका छन् । त्यस्तै रासकोट नगरपालिका–६ कालिकोटका मेनका फर्साल, शान्नित्रिवेणी ६ कालिकोटका होइजाली सुनार र बाजुराका मंगल कसेराको सनाखत भएको छ ।
Comments
अरु समाचार
-
आज चार मन्त्री थपिँदै, शपथ पनि आजै
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार)मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले चौंथो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन्...
-
वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक: महामन्त्री विश्वप्रकाश शर्मा !
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचन वैशाखमा सार्न प्रस्ताव गरेका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जालमा...
-
एमाले सचिवालय बैठकमा आज विधान संशोधन प्रस्ताव लैजाने तयारी
काठमाडौ । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक...
-
निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
काठमाडौं । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...












