‘डन’ दावा लामा सिंगापुरमा मस्ती गर्दै, उनलाई गोली हान्ने दिल्लीमा, यता प्रहरीलाई भने तनाव
काठमाडौं, १ असार । यतिबेला कथित डन अर्थात गुण्डा नाइके दावा लामा सिंगापुरतिर फरार छन् । गृहमन्त्री जनार्दन शर्माले गुण्डागर्दीको राज अन्त्य गर्ने बताईरहेका बेला गुण्डा नाइके दावा लामा आफ्ना दुई जना साथीलिएर सिंगापुरमा मोज गरिरहेका छन् । केही समय पहिले दावालाई गोली हान्ने व्यक्ति भने यतिबेला दिल्लीमा रहेका छन् ।
महानगरीय अपराध महाशाखाले दावा लामा गोली काण्डको तथ्यबारे कुनै सुईंको पाउन सकिरहेको छैन् । त्यसको प्रमुख कारण स्वयम उनी दावा नै हुन् । उनी प्रहरीले सहयोग गर्नुको साटो सिंगापुर पुगेका हुन् । प्रहरीलाई सहयोग गरे आफुसमेत फस्ने डरले दावा आफुलाई गोली हान्ने व्यक्तिलाई पक्रन सहयोग गर्नमा कुनै चाँसो दिएका छैनन् । लामामाथि गोली प्रहार हुँदा लोप्साङ राई भन्ने व्यक्तिले एसएसपी छविलाल जोशीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए ।
लामाका दुस्मन रहेका राईले बाफलका डन समिरमानसिंह बस्नेतको निर्देशमा लामामाथि गोली हानेको निष्कर्ष निकाल्दै अनुसन्धान त्यतातिर मोडिए पनि प्रहरीलाई कुनै सफलता हात पर्न सकिरहेको छैन् । किनकी बस्नेत कहिले मलेसिया त कहिले बैंङकक र कहिले दिल्लीमा लुकेर बस्दै आएका छन् ।
प्रहरीले लोप्साङ राई भन्ने व्यक्तिको बारेमा पनि कुनै सुईको पाउन सकेको छैन । लामाका सहयोगी गणेश लामाको समूहले भने आफ्ना दुस्मन रहेका केही व्यक्ति विरुद्ध लामालाई किटानी जाहेरी हाल्न उक्साउँदै आएका छन् । तर, महाशाखाले भने फर्जी भन्दै जाहेरी नै लिन मानेको छैन ।
नेपाली कांग्रेस काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तीर्थ लामाको संरक्षणमा राजधानीमा गुण्डागर्दी गर्दै आएका लामा डरका कारण नै सिङ्गापुरतिर पुगेको स्रोतको भनाई छ । लामाले अब बस्नेतकै शैलीमा विदेशबाट फिरौती धन्दा चलाउन सक्ने भय पनि बढेको छ । किनकी उनी राजधानीमा जबरजस्ती असुली, अपहरण, ठेक्का पट्टा, कुटपिटलगायतका गैरकानूनी क्रियाकलापमा संलग्न हुँदै आएका थिए । लामाका कारण यस अघि शान्ति सुरक्षामा चुनौती बढेको थियो । तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिको ठाडो दवाव र आदेशमा पक्राउ परेका लामालाई प्रहरीले छाड्नु परेको थियो ।
Comments
अरु समाचार
-
अधिकांश क्षेत्रमा रास्वपाकाे अग्रता, कांग्रेस र एमाले धेरै पछाडि
काठमाडौं । देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ। यो समाचार तयार...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...











