दार्जिलिङको आमहड्तालले पूर्वी नेपालका सीमावर्ती बजार ठप्प
इलाम, १ असार । भारतको दार्जिलिङमा आमहड्ताल भएपछि इलामको पूर्वी सीमावर्ती बजार ठप्प भएका छन् । दार्जिलिङमा चलिरहेको भाषा आन्दोलनका कारण पूर्वी सीमावर्ती एक दर्जन बजारमा कारोबार ठप्प भएको हो । गोर्खा जनमुक्ति मोर्चाको अगुवाइमा एक सातादेखि भएको आमहड्तालले सीमा क्षेत्रका नेपाली बजार र पर्यटकीय क्षेत्र सुनसान भएका छन् । आमहड्तालका कारण सीमा क्षेत्रको पशुपतिनगर, मानेभञ्ज्याङ लगायतका व्यापारिक केन्द्र ठप्प भएका हुन् ।
भारतीय पर्यटक र उपभोक्ताको भीड लाग्ने गरेको सीमावर्ती बजारमा हडतालका कारण पूर्णरूपमा प्रभाव परेको छ । भारतीय हड्तालका कारण पशुपतिनगरको भन्सार कार्यालयमा राजस्व सङ्कलन ठप्प भएको भन्सार प्रमुख प्रकाश पोखरेलले बताए ।
भारतीय सवारीसाधन नेपालतर्फ गुड्नका लागि दैनिक २५ वटा सवारीसाधनले अस्थायी पैठारीका लागि राजस्व काट्ने गरेपनि आमहड्ताल भएपछि ठप्प भएको छ । हड्तालयता दैनिक १५० भन्दा बढी भारतीय सवारीसाधनमार्फत पशुपतिनगर व्यपारिक केन्द्रमा आउने पर्यटक र उपभोक्ता बजार आएका छैनन् ।
पशुपतिनगरमा दैनिक भारु २० लाखको कारोबार हुने गरेपनि अहिले रु २० हजारको पनि कारोबार नभएको व्यापारी बताउँछन् । दार्जिलिङ क्षेत्रको बन्दले सीमा क्षेत्रका नेपाली किसान पनि मारमा परेका छन् ।
सीमा क्षेत्रमा उत्पादन भएको तरकारी भारतीय बजार दार्जिलिङमा जाने गरेपनि अहिले बन्द भएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको हो । नेपालको तरकारी दैनिकरूपमा भारततर्फ निकासी हुने गरेपनि एक सातादेखि निकासी ठप्प हुँदा किसान समस्यामा परेको भन्सार प्रमुख पोखरेल बताउँछन् ।
सीमा क्षेत्रका बासिन्दाले भारतीय बजारमा तरकारी निर्यात गरी दैनिक उपभोग्य सामग्री ल्याउने गरेका थिए । सीमा क्षेत्रका श्रीअन्तु, समालबुङ, पशुपतिनगर, जमुना, जोगमाई क्षेत्रका किसान बढी मारमा परेका छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिने
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












