श्रीमतीको नाममा रहेको घर नबिक्दा राजपा नेता राजकिशोर यादव समस्यामा
काठमाडौं, २ असार राजपाका अध्यक्षमण्डलका अध्यक्षसमेत रहेका राजकिशोर यादवलाई चुनावको चटारोभन्दा अर्कै विषयमा चिन्ता बढिरहेको छ । अरू नेता चुनावको चटारोमा रहँदा राजकिशोरलाई भने घर बिक्री नहुँदा चिन्ता बढेको छ । निकटवर्तीसँग उनले गौरीघाटमा आफू बस्दै आएको घर डेराको भन्दै ढाँट्दै आएको भए पनि सो घर उनी सञ्चारमन्त्री भएपछि खरिद गरेका थिए ।
दुईतले उक्त घर अहिले उनलाई समस्याको जड हुनुको कारण हो त्यो घर उनको श्रीमतीको नाममा छ । घर मात्र होइन, गाडी पनि श्रीमतीको नाममा छ । जनआस्था साप्ताहिकका अनुसार कुनै समय श्रीमतीकै कारण जोगी झैं हिँड्ने यादव अझै पनि श्रीमतीप्रति पूर्णतः विश्वस्त छैनन् ।
उनीनिकट सूत्रका अनुसार श्रीमतीले छाडेर गएको खण्डमा पार्टी त सिद्धिन्छ नै आफ्नो सर्वश्व नै सकिन्छ । त्यही कारण यादव सकभर छिटो श्रीमतीको नाममा रहेको गौरीघाटको उक्त घर बेचेर नयाँ खरिद गर्न चाहन्छन् र सिफ्ट हुन खोजिरहेका छन् । तर, भन्नेबित्तिकै खोजेको स्थानमा घर नभेट्दा र आफ्नो घर नबिक्दा यादव तनावमा छन् ।
उनी अहिले सो घर बेचेर उपत्यकाभित्रै सकेसम्म भक्तपुरतिर गतिलो स्थानमा घर खोजिरहेका छन् । उनले धेरैसँग भनसुन पनि गरिसकेका हुन् । तर, कतैबाट तार लागेको छैन । न त श्रीमतीको नाममा भएको घर नै बिक्छ भनेजस्तो स्थानमा नभेटेका कारण छटपटीमा छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












