जाजरकोटमा पोषण सुधार्न ९२ लाख रकम विनियोजित
जाजरकोट, ५ असार । जाजरकोटमा पोषण संवेदनशील कार्यक्रमका लागि रु ९२ लाख रकम विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७३–७४ का लागि जिल्लामा पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका लागि नेपाल सरकारबाट उक्त रकम विनियोजन गरिएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशिका समितिका अध्यक्ष एवम् स्थानीय जिल्ला विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
यो रकम जिल्ला समन्वय समितिमार्फत पोषण लक्षित शीर्षकमा खर्च गर्नका लागि जिल्ला पशुसेवा कार्यालयमा रु १८ लाख, जिल्ला शिक्षा कार्यालयमा रु १४ लाख, खानेपानी तथा सरसफाइ कार्यालयमा रु १४ लाख, महिला तथा बालबालिका कार्यालयमा रु १४ लाख, जिल्ला पशुसेवा कार्यालयमा रु १८ लाख र जिल्ला समन्वय समितिमा रु १३ लाख रकम गरी जम्मा रु ९१ लाख रकम विनियोजित गरिएको छ । जसमध्ये ५० प्रतिशत रकम यी सम्बन्धित कार्यालयमा भुक्तानी गरिसकेको पण्डितले बताए ।
सुनौला हजार दिनका महिला तथा बालबालिका र किशोर,किशोरीको पोषण अवस्थामा सुधार ल्याउनका लागि पोषण संवेदनशील कार्यक्रम लागू गरिएको बहुक्षेत्रीय पोषण योजना जाजरकोटका कार्यक्रम संयोजक गगनसिंह ठगुन्नाले बताए ।
मानव पुँजी र समग्र सामाजिक आर्थिक विकासमा कुपोषणलाई अवरोधका रुपमा नरहने अवस्था सुनिश्चित गर्नका लागि उल्लेखनीय रुपमा दीर्घरोग कुपोषण, पुड्कोपना, कमतौल र ख्याउटेपन जाजरकोटबाटै न्यूनीकरण गर्न यो कार्यक्रमको लक्ष्य रहेको छ । त्यस्तै यो कार्यक्रम पोषण, स्वास्थ्य, कृषि र यातायातबाट वञ्चित रहेका (साविक) का नायकवाडा, रामीडाँडा, रोकायगाउँ, दह, कोर्ताङ र गर्खाकोट गरी जम्मा छ वटा गाविसमा लागु गरिएको छ ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












