रुकुम र रोल्पामा माओवादी केन्द्रका ७ उम्मेदवार निर्विरोध निर्वाचित
रुकुम, ५ असार । भुमे गाउँपालिकामा माओवादी केन्द्रका ५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । भुमे गाउँपालिकाको वडा नम्बर ७ मा वडा अध्यक्षबाहेक ४ जना सदस्यहरु र वडा नम्बर ६ का दलित महिला सदस्यमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
वडा नम्बर ७ का महिला सदस्य मनकुमारी बुढा, दलित महिला सदस्य रामकुमारी सुनार, वडा सदस्यहरु धनिमान बुढा र रुपधन कामी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, वडा नम्बर६ की दलित महिला सदस्य मीना सुनार पनि निर्विरोध निर्वाचित भएकी छन् ।
गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजमो र स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् । ९ वटा वडा रहेको भुमे गाउँपालिकामा माओवादी केन्द्रले ४७ जना, कांग्रेसले ३६ जना र एमालेको २७ जनाले उम्मेदवारी दिएका छन् ।
रोल्पामा पनि २ सदस्य निर्वाचितः
यस्तै रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका दुई सदस्य निर्विरोध निर्वाचित भएका छन् । थवाङ गाउँपालिकाको वडा नम्बर ३ मा रामकुमारी कामी र वडा नम्बर ४ मा माया विक सदस्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
दलित सदस्यमा अरूको उम्मेदवारी नपरेपछि उनीहरू निर्बिरोध भएको र चुनाव चिन्ह प्रदान गर्ने दिन निर्बिरोध भएको औपचारिक घोषणा गर्ने निर्वाचन अधिकृत कमलबहादुर बिष्टले जानकारी दिए । थवाङमा गाउँपालिकामा कांग्रेस र विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका छन् । एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै चुनाव लडेका छन् ।
थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव समूहका अमित घर्ती र उपाध्यक्षमा कांग्रेसकी श्रीकुमारी रोका उम्मेदवार छिन् । थवाङमा एमालेका हितबहादुर रोका अध्यक्ष र धनकुमारी बुढामगर उपाध्यक्ष तथा माओवादी केन्द्रबाट वीरबहादुर घर्तीमगर ‘वियोग’ अध्यक्ष र रामकिरणी रोकामगर उपाध्यक्षको उम्मेदवार छन् ।
Comments
अरु समाचार
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...
-
मनिष झाभन्दा धेरै मतकाे अन्तरमा पछाडि परे विमलेन्द्र निधि
जनकपुर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले अग्रता बढाउँदै लगेका छन्।...
-
निर्वाचनका दिन देशबाट एक हजारभन्दा बढी यात्रु बाहिरिएकाे तथ्यांक
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन देशबाट एक हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहीबार मतदानका...
-
अधिकांश क्षेत्रमा रास्वपाकाे अग्रता, कांग्रेस र एमाले धेरै पछाडि
काठमाडौं । देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ। यो समाचार तयार...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...











