गोर्खाल्याण्ड आन्दोलनबारे प्रशान्त तामाङ भन्छन्, ‘आमामाथि लाठीचार्ज हुँदा चुप बस्न सक्दिन’
काठमाडौं, ९ असार । चर्चित कलाकार प्रशान्त तामाङले गोर्खाल्याण्ड आन्दोलनबारे गीत बनाईरहेको बताएका छन् । सन् २००७ का इण्डियन आइडल अर्थात् थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका तामाङले गोर्खाल्याण्ड आन्दोलनले आफ्नो मन अशान्त भईरहेको भन्दै त्यसबारेमा गीत रचना गरिरहेको बताएका हुन् ।
स्थायी घर दार्जिलिङ भएका नेपाली भाषी भारतीय कलाकार तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका छन् । दार्जिलिङमा हुर्किएका प्रशान्त पछिल्ला दिनमा दिल्ली बसाइँ सरे पनि उनका आफन्त दार्जिलिङमै बस्दै आएका छन् । उनले दार्जिलिङसँग आफ्नो आत्मीय सम्बन्ध भएकाले त्यहाँको आन्दोलनको समर्थन नगरी बस्न नसक्ने बताएका छन् ।
गोर्खाल्याण्ड माग गर्दै सुरु भएको आन्दोलनमा बंगाल सरकारले गोली चलाएको र त्यहाँका नागरिकको मृत्यु भएको खबरले आफूलाई पीडा हुने गरेको समेत तामाङ बताएका छन् । ‘म आज जे छु, त्यो दार्जिलिङ अर्थात् पहाडका मानिसकै कारण भएको हुँ,’ इण्डियन्स एक्सप्रेससँग कुरा गर्दै प्रशान्तले भनेका छन्, ‘त्यसैले म गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्छु ।’
गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएका शान्तिपूर्ण प्रदर्शनमा पश्चिम बंगाल सरकारले सेना परिचालन गरेकोप्रति समेत प्रशान्तले आपत्ति जनाएका छन् । उनले दार्जिलिङ युद्धभूमि नभएको र सरकारले बिनाकारण सेना परिचालन गरेकोप्रति उनको आक्रोश छ।
प्रशान्तले बंगाल सरकारप्रति प्रश्न गर्दै भनेका छन्, ‘दार्जिलिङमा किन सेना खटाइएको छ ? के दार्जिलिङ युद्धभूमि हो ? बोर्डर हो ?’ सँगै प्रशान्तले दार्जिलिङका जनतामाथि अर्थात् आम नागरिकमाथि लाठी प्रहार हुनुलाई आफ्नी आमामाथिको दमनको रुपमा लिएको उल्लेख गरेका छन् । ‘गोर्खाल्याण्डका लागि जारी आन्दोलन रोकिँदैन’, प्रशान्तले भनेका छन्, ‘ तपाईंकी आमालाई लाठीचार्ज भइरहँदा के तपाइँ चुप लाग्न सक्नुहुन्छ ।’
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












