तरकारी देखि एक सय रुपैयाँसम्म घुस लिने २ हवल्दारसहित १० ट्राफिक प्रहरी निलम्बनमा
काठमाडौं, २० असार । घुस खाएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार कारबाहीमा पर्नेमा दुई हवल्दारसहित आठजना प्रहरी जवान छन् ।
लामाले प्रहरी हवल्दारद्वय लेखनाथ यादव र दीपक बोहोरा, प्रहरी जवानहरू भरत कार्की, मानदेव चौधरी, भरतबहादुर चन्द, लक्षुमन साह, रमेश राउत, विनोदकुमार गिरी, बालेश्वर यादव र गोपाल पोखरेल कारबाहीमा परेको बताए ।
घुसमा तरकारी पनि
कालिमाटीमा तरकारी तथा रकम असुलेको आरोपमा प्रहरी हवल्दार यादव र प्रहरी जवान चौधरी कारबाहीमा परेका छन् । भाडा ट्रकबाट एक सय रुपैयाँ असुलेको आरोपमा स्वयम्भू वृत्तका प्रहरी जवान कार्की परेका छन् । यस्तै, ड्युटीमा मादक पदार्थ सेवन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी हवल्दार भरतबहादुर चन्द कारबाहीमा परेका छन् ।
भाडाको ट्रकबाट दुई सय रुपैयाँ असुली गरेको आरोपमा लक्षुमन साह, माइतीघरमा स्कुटर चालकबाट एक हजार असुलेकोमा यादव र कोटेश्वरमा ट्याक्सी चालकसँग पाँच सय रुपैयाँ लिएको आरोपमा गिरी कारबाहीमा परेका हुन् ।
जमलमा होटेल सञ्चालन गर्ने महिलालाई दुर्व्यवहार गरेकाले राउत कारबाहीमा परे । त्यस्तै, मैतीदेवीमा मोटरसाइकलचालकबाट पाँच सय लिई छाडेको आरोपमा पोखरेललाई कारबाही गरिएको डिआइजी लामाको भनाइ छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












