बस पल्टिँदा घाइते सातमध्ये २ को मृत्यु, मृतकमा तीन महिनाकी बालिका र उनका पिता
चितवन, २० असार । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा यात्रुबाहक बस पल्टिँदा घाइते भएका सात जनामध्ये दुईजनाको ज्यान गएको छ । आज विहान करिव २ बजेतिर काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएको थियो ।
घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु र निजकी तीन महिनाकी छोरीको ज्यान गएको प्रहरीले जनाएको छ । उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
तनहुँको आँबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा पठाएका पाँचजना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । तीमध्ये चालक कैलालीका ४५ वर्षीय दिनेश राना र मृतक थारुकी श्रीमती गम्भीर घाइते रहेको थापाले बताए । अन्य तीनजनाको अवस्था भने सामान्य रहेको छ । बसमा सवार २७ जनामध्ये सकुशल रहेका २० जनालाई अन्य बसमा चढाएर गन्तव्यतर्फ पठाइएको थियो ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












