अविरल वर्षासँगै आएको बाढीले सप्तरीका विभिन्न ठाउँ डुबानमा, बाँध बाध्न सेना परिचालन
सप्तरी, २१ असार । लगातारको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका विभिन्न ठाउँ डुबानमा परेका छन् । खाडो खोला, महुली, सुन्दरी र दूधेला खोलामा आएको बाढीका कारण तिरहुत गाउँपालिका, कंचनरुप नगरपालिका, रुपनी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न गाउँ डुवानमा परेका जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
कञ्चनरुप नगरपालिका– ५ रघुनाथपुरका चार घर बाढीमा परेको छ । यस्तै तिरहुत गाउँपालिकाको मैनाकडेरी र भेरिया धेरै जोखिममा परेको छ । खाँडो खोलाको बाढीले रुपनी गाउँपालिकाको बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रसमेत जलमग्न भएको छ । औद्योगिक क्षेत्रको पर्खाल भत्काएर बाढी भित्र पसेको स्थानीयबासिन्दाले बताएका छन् ।
यस्तै महुली खोलामा आएको बाढीले पोर्ताहा ४, ६, ७, र ८ का झण्डै तीन सय भन्दा बढी घर डुबानमा पर्ने खतरा छ । सुन्दरी खोलाको बाँध भत्किदा लोहजारमा रहेका घरसमेत डुबानमा परेको छ भने तिलाठी कोइलाडी गाउँपालिको तिलाठी पनि खाँडो खोलाको बाढीले जलमग्न भएको छ ।
यसअघि सख्खरपुरा हुँदै बहने खोलाले धार परिवर्तन गर्दै तिलाठीतर्फ बग्दा त्यहाँ जोखिम बढेको हो । त्यहाँ बाँध बाँध्न तिलाठीका बासिन्दाले नै अवरोध गरेका सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । बाँध बाँध्ने क्रममा जग्गाको मुआब्जा माग्दै स्थानियबासिन्दाले अवरोध गरेका थिए ।
यसैबिच महुली खोलामा आएको बाढीले भत्काएको बाँध बनाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । सेनाका ७०, सशस्त्रका ५० र नेपाल प्रहरीमा २० जना बाँध निर्माणमा खटिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












