माओवादी केन्द्रबाट निर्वाचित भोटेकोसी गाउँपालिका अध्यक्ष नै सुन तस्करीका मुख्य नाइके
काठमाडौं, २७ भदौ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्। दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन् । सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेलको खोजी गर्दै आएको हो । ४० वर्षीय पौडेल उम्मेदवारी मनोनयनको केही दिनअघि मात्र टिकट पाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमा लडेका थिए।
पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट सांसद जितेका एक केन्द्रीयस्तरको नेताको ठाडो पहलमा टिकट पाएका उनी त्यसभन्दा पहिले नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । सीआईबीले पौडेलबाहेक राजधानीका एक चर्चित सुन डिलर रमेश खड्काको पनि खोजी गरिरहेको आजको अन्नपूर्ण पोस्टमा खबर छ । ठँहिटीस्थित पसलबाट कारोबार गर्ने खड्काले पौडेलसँग मिलेर चिनियाँ व्यापारीबाट अवैध सुन भित्र्याउँदै आएका हुन्।
उनीहरू दुवैले नेपाल र भारतका बजारमा अवैध सुन वितरण गर्न बलियो सन्जाल बनाएको प्रहरीको दाबी छ । प्रहरीले बरामदीपछिका केही दिन दुवैको खोजीका लागि राजधानीभित्रैका आशंकित स्थानमा व्यापक निगरानी र तलासी गरे पनि फेला पर्न सकेनन् । सीआईबी स्रोतका अनुसार खड्का भारत छिर्न सफल भएका छन् ।
सीआईबीले पौडेल र खड्कासँगको समन्वयमा नेपालमा सुन तस्करी गर्दै आएका केही चिनियाँ तस्करको समेत पहिचान गरेको छ । उनीहरूको राहदानीको प्रतिलिपिसमेत फेला परेको छ । उनीहरूलाई इन्टरपोललगायत च्यानलको सहयोगमा कारबाहीको दायरामा ल्याउन सीआईबी लागिपरेको स्रोत बताउँछ ।
तातोपानी नाका नजिकको फुल्पिङकट्टी गाउँ (हाल भोटेकोसी गाउँपालिका–४) का बासिन्दा पौडेलले उक्त नाकाबाट सस्ता चिनियाँ सामान ओसार्ने सामान्य व्यापारीका रूपमा काम सुरु गरेका थिए । उनको व्यापारिक र सम्पत्ति आर्जनलाई जानकारहरूले असामान्य मान्दै आएका छन् । उनी हिमालपार ट्रक तथा कन्टेनर व्यवसायी संघका पूर्वअध्यक्षसमेत हुन्।
उनले राजधानीको सानो भर्याङ क्षेत्रमा मात्र तीनवटा घर बनाएका छन् । साथै, २२ मेगावाटको अपर चाकु जलविद्युत् परियोजनामा समेत उनको लगानी भएको स्रोत बताउँछ । कतिपय आफ्ना लगानी परिवारका सदस्यहरूको नाममा राखेकाले सम्पत्ति शुद्धीकरणको मुद्दाबाट त्यो पक्षलाई तान्ने सीआईबीले तयारी गरेको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












