सरकार ! उपचार गराउन कहाँ जाने ?
दिनदिनै मानिसहरू बिरामी हुन्छन् । डाक्टरको लापरबाहीले बिरामीको ज्यान जाने घटना बढ्दै गएको पनि छ । कारण सरकारले जुन डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको हो उसैले क्षतिपूर्ति ब्यहोर्नु पर्ने ऐन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि डाक्टरहरूले आन्दोलन गर्न थाले । जस कारण देशको स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ । मैले धेरै दिनदेखि देशभरका ओपिडी सेवा बन्द छन् भन्ने समाचार सुनेको थिएँ तर मलाई सबै बन्द होलान् भन्ने चैं लागेको थिएन । म बसुन्धाराको ईसान बाल अस्पतालमा पन्ध्र महिनाको बिरामी छोरा बोकेर पुग्दा मेरो जस्तै बिरामी बच्चाहरू धेरै देखेँ । यहाँ त उपचार भइरहेको रहेछ भनेर खुसी पनि भएँ । टिकट काउन्टरमा जाँदा–‘बिरामी कस्तो हो ? ओपिडि बन्द छ, आकस्मिक कक्षमा जानुस्’ भनियो । जाँदा ‘डाक्टर हुनुहुन्न’ भनेर एउटी महिलाले भनिन् । उनी पनि बिरामी बच्चा लिएर नएकी रैछिन् । के गर्ने होला ! मेडिकलको औषधीले छोएन । डाक्टर आउँछन् होला भनेर आएको तर आज पनि छैन भन्दै आत्तिदै थिइन् । धेरै दिनदेखि बिरामी परेकोले आत्तिनु पनि स्वाभाविक नै थियो । मेरो बाबुलाई सामान्य ज्वरो आएको हुनाले औषधी किनेर फर्किएँ । तर अरू बिरामीहरूको हालत यहाँ लेखिसाध्य छैन् । आकस्मिक कक्ष खोलिए पनि बिरामी लिएर जाँदा डाक्टरले नहेर्ने भनेपछि बिरामीहरू मेडिकलमा उपचार गराउन बाध्य भए । साधारण बिरामीलाई त मेडिकलले दिएको औषधीले ठीक गर्ला तर थलिएका बिरामी, आकस्मिक चोटपटक लागेका बिरामी, आठ महिनासम्म अस्पातलमा महिनै पिच्छे जाँच गराउन गएकी गर्भवती महिलाको नौ महिना पुरा भए लगाएतका बिरामी अब कहाँ जाने ? दशैँको बेलामा घरमा मानिस बिरामी भएपछि कसरी खुसीले चाड मनाउने ? जनताले कहिले होला आनन्दले रमाउन र कमाउन पाउने । हामीकहाँ अचम्मको व्यवस्था छ ! जसलाई जे मन लाग्यो त्यही गर्न छुट छ । कुनै कुरा मिलेन भने बाटो बन्द, कुनै माग पूरा भएन भने स्कुल बन्द, कहिले नाका बन्द, हुँदाहुँदा अब त अस्पताल पनि बन्द ? के बन्दले नै सबै माग हुन्छ ? सोचौं । वार्ता, छलफल र संवादका माध्यमबाट समस्याको समाधान गरौं । अनाहकमा जनतालाई दुःख दिनु अपराध हो ।
यो पनि पढ्नुहोस् ।
http://news-nepal.com/%e0%a4%af%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%a0%e0%a4%97%e0%a5%8d%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%80-%e0%a4%9a%e0%a4%be%e0%a4%b2/
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












