सर्वेन्द्र खनालले ल्याए नयाँ नियमः सबै स्कुल बसको एउटै रङ्ग, ड्राइभरले ड्रेस लगाउनुपर्ने
काठमाडौं, २३ असोज । विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पुर्याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
विद्यालयका बस चालकले विद्यार्थीसँगै अरू यात्रु पनि बोक्ने गरेको जनगुनासो आएपछि प्याब्सन, एनप्याब्सन, हिसान र ट्राफिक प्रहरीले चालकलाई अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागेका हुन् । महाशाखाका प्रमुख खनालले पोशाकको प्रयोगसँगै विद्यालय र सार्वजनिक सवारी साधनका चालक छुट्याउन सहज हुने बताउनुभयो । महाशाखाले विद्यालयका बसमा क्षमताभन्दा धेरै विद्यार्थी ओसार्ने वा धेरै धुवाँ फाल्ने पुराना बसलाई कडा कारबाही गर्ने भएको छ ।
यस्तै बैठकमा सबै विद्यालयका बस एउटै रङ्गको बनाउनुपर्ने, विद्यार्थीलाई बिहान ९ बजेभन्दा पहिले नै विद्यालय पुर्याइसक्नुपर्ने लगायतको विषयमा समेत छलफल भएको थियो । हाल काठमाडौँ उपत्यकामा विद्यालय तथा कलेजका एक हजारभन्दा बढी बस सञ्चालनमा छन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











