उखेल्नैपर्छ भ्रष्टाचारको जरा
सर्वोच्च अदालतले नेपाल आयल निगमबाट बर्खास्त गरिएका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्काल पदबाट नहाटाउन अन्तरिम आदेश जारी गरेपछि यसले मिडिया, विश्लेषक र सामाजिक संजालमा व्यापक चर्चा पाएको छ । विभिन्न संचारमाध्ययममा आएको समाचारमा निगमले ९० दिनलाई पुग्ने इन्धन भणडारण गर्ने भैरहवा, झापा, चितवन र सर्लाहीमा जग्गा खरिदमा व्यापक अनियमितता गरेको वनाइएको छ । मुलुकमा भ्रष्टाचार मौलाउदै गएको यस अवस्थामा खड्काको यस्तो निच कार्यले मुलुकमा भ्रष्टाचार बढेको पुष्टि हुन्छ । खड्काको अनियमितताप्रति अदालतले समेत उचित निर्णय नदिंदा अदालतको न्यायिक कार्यप्रति जनविश्वास घटेको छ । चुडामणि शर्मा हुन वा लोकमानसिंह कार्कीको प्रकरणले पनि यस्तो भनाईलाई प्रमाणित गरेको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भ्रष्टाचारिहरूलाई तह लगाउन खोज्दा महाअभियोज भोग्नु परेको उदाहरण पनि हामीकहाँ ताजै छ ।
भ्रष्टाचारलाई नेताहरू जतिसुकै निर्मुल बनाउन तम्से पनि भ्रष्टाचारको मुख्य जग नै ऊनीहरू नै भएको नेताका व्यवहारले पटक–पटक देखाइरहेको छ । नेताहरू विभिन्न योजना तथा ठेक्कापट्टामा मुछिएका समाचार बाहिर आउँछन् । लोकमान र चुडामणिको प्रकरणमा त नेताको हात रहेको सतहमै देखियो । भ्रष्टाचार सम्बन्धी शुन्य सहनशीलता वा अन्य योजना ल्याए पनि नेता आफै भ्रष्ट हुने र भ्रष्टचारीलाई संरक्षण गर्ने हो भने मुलुकमा भ्रष्टाचार कहिल्यै रोकिदैन ।
मुलुकमा भ्रष्टाचार मौलाउनुको कारण यस्ता छन् – दण्डहीनता, गरिबी, छिट्टै धनी हुने चाहना, फितलो कानुन र भएको कानुनको पनि सही कार्यन्वयन हुन् नसक्नु,राजनीतिक अस्थिरता, प्रशासनिक ढिलासुस्ती, ढिलो अदालत प्रकृया, दण्डहिनता,सुस्त छानविन, राजनैतिक हस्तक्षेप आदि कारणले भ्रष्टाचार मौलाएको देखिन्छ । त्यसैगरी भ्रष्टाचारलाई समाधान गर्ने उपायाहरू पनि छन् ः सरकारी कर्मचारीहरूले सेवा सुरु गर्नुभन्दा पहिलेको सम्पति विवरण राख्ने र प्रत्येक वर्षको आयब्याय विवरणको अभिलेख राख्ने नियम बनाईनुपर्छ । नेताहरूले व्याक्तिगत सम्पति जोड्न नपाईने नियम बनाईनुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई राजनैतिक हस्तक्षेपरहित र विशेषाधिकार दिएर सक्रिय बनाईनुपर्छ । छिटो फैसला हुने अदालती प्रकृया अपनाईनुपर्छ । भ्रष्टचारी ठहर भएमा सर्वस्वसहित आजीवन कारावासको सजाय तोकिनुपर्छ । भ्रष्टाचारीलाई बिगो हेरी आजीवन काराबास र सर्वस्वहरणसम्म गर्ने कानुन बनाउने हो भने कसले भ्रष्टाचा गर्ने हिम्मत गर्छ ? तर हाम्रो देशम भ्रष्टाचारी कारबाही गर्ने फैसला भए पनि त्यो राजनीतिक मुद्दा बन्छ र छोटो अवधिमै छुटकारा पाउँछन् । यदि कानुनमा बिगोको १० गुनासम्म ज्यादा सजायको व्यवस्था गरिनु आजको आवश्यकता हो ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












